मकवानपुर । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । आइतबार बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री लामाको संविधानको धारा १६९ को उपधारा १ को खण्ड (क) […]
Author: ननस्टप संवाददाता
कक्षा १२ को नतिजा आउँदै, आज ५ बजे बोर्ड बैठक
भक्तपुर । सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशनको अन्तिम तयारेर गरिरहेको छ । १२ को परीक्षाफल आज साँझ सार्वजनिक गर्नेगरी तयारी गरिरहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जनाएका छन् परीक्षा प्रकाशनका लागि सोमबार साँझ ५ बजेलाई बोर्ड बैठक डाकिएको बताइएको छ । परीक्षा तालिका अनुसार १५ साउनभित्रै नतिजा सार्वजनिक गर्नुपर्ने भएपनि भए गत […]
कुलिङ पिरियड छानबिन समितिमा रस्साकस्सी जारी
काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक बिहान ७ बजेदेखि जारी छ । कुलिङ पिरियडको प्रावधान राख्ने गरी भएको सहमति निष्क्रिय हुने भाषासमेत निजामती विधेयकमा परेको विषयमा समिति सदस्यहरू कसलाई जिम्मेवार ठहर्याउने भन्ने छलफलमा छन् । छलफलमा प्रतिपक्षले राजनीतिक नेतृत्व समेत जोडिएकाले त्यसअनुसार कारबाही सिफारिस हुनुपर्ने अडान राखेको छ […]
हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको गाडी दुर्घटना, १ जनाको मृत्यु
सिराहा । खोटाङको हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको प्रहरीले जनाएको छ । सिराहाको नरहा गाउँपालिका–५ ,३ र २ नम्बर वडाका १७ जना हलेसी दर्शन गरी फर्किँदै गरेको प्र २–०–१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी […]
प्रचण्डले जवाफ दिएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज सकिँदै
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (सोमबार) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफसँगै समापन हुने तयारी छ। शुक्रबारदेखि सुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ। बैठकमा स्थायी कमिटी सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ अध्यक्ष प्रचण्डले दिनेछन्। प्रचण्डको जवाफअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले पनि आ-आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम […]
पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजको ५६ ढोकामध्ये २३ खोलियो
सुनसरी । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ। आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ९१ हजार २१० क्युसेक पानी प्रवाह मापन गरिएको थियो। आज (सोमबार) बिहान गरिएको मापनअनुसार कोशी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको सशस्त्र प्रहरी बलका उपरीक्षक निर्मल थापाले जानकारी दिए। उनका अनुसार […]
निर्मला पन्तको घटना नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान थाल्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएका छन्। आइतबार सिआइबीको कार्यालय निरीक्षणका क्रममा उनले भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सुक्ष्म रुपमा अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। ‘निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल […]
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंहले दिए राजीनामा
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन्। आइतबार उनले पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्। उनले पार्टी सभापति शेरबहादुर देउवाको अनुरोधलाई मानेर राजीनामा दिएको बताएका हुन्। ‘पार्टी सभापति शेरबहादुर देउवाज्यूले र दलभित्र विकसित पछिल्ला घटनालाई मनन गरी आपसी समझदारीमा सरकार सञ्चालन गर्न मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएकोले पार्टीको एक इमानदार सिपाहीको हैसियतले आज […]
मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिने तयारी गरेका छन् । मुख्यमन्त्री लामाको राजीनामा आजै आउने भएपनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा काठमाडौँमा उपचाररत रहेकाले प्रक्रिया केही ढिला हुनसक्ने देखिएको छ । प्रदेश प्रमुख देवकोटा हेटौँडा फर्किएपछि मुख्यमन्त्रीले राजीनामा बुझाउने तयारी छ । तर उहाँ समयमै नफर्किए राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा […]
सुनको मूल्य तोलामा ३४०० रुपैयाँ बढ्यो
काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा साताको कारोबारको पहिलो दिन सुनको मूल्य ३४०० रुपैयाँ वृद्धि भएको हो । महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । जवकि शुक्रबार तोलामा १ लाख ९३ हजार १०० रुपैयाँ कायम […]










