जनकपुरधाम । मधेश प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीले सरकारबाट बाहिरिनेसम्मको चेतावनी दिएको छ। आफूले रोजेको मन्त्रालय नपाएको झोकमा जनमतका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका हुन्। सोमबार भएको मन्त्रीपरिषद् विस्तारमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा (एकीकृत समाजवादी) लाई दिइएपछि जनमत पार्टी असन्तुष्ट बनेको हो। २१ गते विनाविभागीय […]
Author: ननस्टप संवाददाता
तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी बढ्यो
काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा १७ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय […]
हर्षल पाठक नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । क्याले मंगलबार पाठकलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । पाठक भारतीय क्रिकेट प्रशिक्षक हुन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका प्रशिक्षक पाठक नेपाली महिला टिमको पहिलो विदेशी प्रशिक्षक बनेका छन् । यसअघि नेपाली महिला टिमले विदेशी […]
राजेन्द्र गौतमले लिए उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता
काठमाडौं । नेकपा एमालेका नेता राजेन्द्र गौत्तमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । हाल एमालेको प्रचार प्रसार विभाग प्रमुखको रुपका रहेका गौतमले केपी शर्मा ओली समुहबाट पदाधिकारीमा दाबी गरेका थिए । तर प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । ‘पार्टीका नेताहरूको, कार्यकर्ताको सुझाव र सल्लाहलाई ध्यानमा राखेर केपी शर्मा नेतृत्वको समुहलाई […]
काठमाडौंमा वायु गुणस्तर खराब स्थितिमा, नाघ्यो अस्वस्थको तह
काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थको तह नाघेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १५२ छ । १५१ नाघ्नुलाई अस्वस्थ मानिन्छ । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा […]
स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु
धनगढी । कैलालीमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको छ । घोडघोडी नगरपालिका-२ स्थित घोडाघोडी नगर अस्पताल नजिक भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । साडेपानी बस्ने ५७ वर्षीय भागी राम चौधरीले चलाएको बौनियाको सनराइज बोर्डिङ स्कुलको मप्र०३-००१ क २९४१ नम्बरको बसले सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत […]
एमालेको नयाँ नेतृत्व चुन्न आज मतदान, उम्मेदवारको अन्तिम नामावली प्रकाशन
काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आज मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन् । मतदान विद्युतीय मेसिनमार्फत् […]
सरकारले हटायो भारतीय ठूला दरका नोट प्रतिबन्ध
काठमाडौं । सरकारले ठूला दरका भारतीय नोटमाथिको प्रतिबन्ध हटाएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल लान/ल्याउन पाउने व्यवस्था गरेको हो । सरकारले भारतीय ठूला दरका नोटको प्रतिबन्ध हटाएसँगै सन् २०१६ नोभेम्बर ९ देखि निष्कासित नोटमात्र चलनचल्तीमा ल्याउन सकिने व्यवस्था गरेको सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश […]
एमाले महाधिवेशन : कार्यतालिकामा सामान्य हेरफेर, सर्यो मतदानको समय
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारी दर्ताको समय सकिएको छ । उम्मेदवारको प्रारम्भिक नामावली आजै साँझ ६ बजे प्रकाशन गर्ने तयारी छ । उम्मेदवारीउपर उजुरी लिने र निर्णय गरेर आजै राति साढे ८ बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । मतदान भोलि हुनेछ । यसअघि […]
सरकारले बनायो उच्चस्तरीय राजनीतिक संवाद समिति
काठमाडौं । सरकारले बिभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।










