काठमाडौँ । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य सडक तथा राजमार्गको आवागमन प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा बन्द छन् भने केही खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। नेपाल प्रहरीले बुधबार बिहान ६ बजेसम्म संकलन गरेको विवरणअनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा यातायात प्रभावित […]
Author: ननस्टप संवाददाता
बुधबारको मौसम : देशभर बदली, पहाडदेखि हिमालसम्म वर्षाको सम्भावना
काठमाडौँ । बुधबार देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। केही प्रदेशका विभिन्न भू–भागमा वर्षासँगै मेघगर्जन र चट्याङको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका हिमाल, पहाड र तराई तथा बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। यसैगरी, […]
बैतडीको मेलौलीमा जिप दुर्घटना, चार घाइतेको अवस्था गम्भीर
बैतडी । मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा मंगलबार साँझ जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। मेलौलीबाट सोही वडाको झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका १३ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। बाँकी […]
तीन संसदीय समितिको बैठक आज, विधेयकदेखि नीति कार्यान्वयनसम्म छलफल
काठमाडौँ । संघीय संसद्अन्तर्गतका तीन वटा संसदीय समितिको बैठक बुधबार बस्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्न लागेको हो। अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ […]
रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सर्वदलीय बैठक बस्ने भएको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजना गरिएको छ। बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्थासँगै उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ। यस्तै, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायतका […]
मुगुमा लगातार दुई भूकम्प, दुवैको केन्द्रबिन्दु एउटै क्षेत्रमा
काठमाडौँ । मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान १ बजेर ५१ मिनेटमा गएको थियो। उक्त भूकम्पको म्याग्निच्युड ४.५ रहेको केन्द्रले जनाएको छ। त्यसैगरी, बिहान ४ बजेर २८ मिनेटमा पुनः भूकम्प गएको थियो। दोस्रो भूकम्पको म्याग्निच्युड ४.२ मापन गरिएको छ। दुवै भूकम्पको […]
देशभर मनसुनी वायुको प्रभाव : आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले कोशी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल तथा तराई भूभागमा आंशिक देखि साधरणतया बादल लागेको छ । कोशी बागमती र लुम्बिनी प्रदेशको थोरै तथा गण्डकी, कर्णाली […]
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज (मंगलबार) अपराह्न १ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको […]
रसुवागढीको विकल्पको रूपमा तातोपानी र हिल्सा नाकाको प्रयोग बढ्यो
काठमाडौँ । रसुवाको रसुवागढी नाका अवरूद्ध भएपछि विकल्पको रूपमा तातोपानी र हिल्सा नाका प्रयोगमा आएको छ। भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले रसुवागढीको नाकामा क्षति पुग्दा सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको हिल्सा नाकाको प्रयोग बढेको अध्यागमन विभागले जनाएको छ। रसुवागढी हुँदै चीनको तिब्बत क्षेत्र पुगेकाहरू पनि यही वैकल्पिक नाकाबाट नेपाल प्रवेश गरेका छन्। विशेषगरी तिब्बतको कैलाश–मानसरोवर […]
अदालतको फैसला नपर्खी एकलौटी रूपमा अगाडि बढ्नु उचित मान्न सकिन्न : देउवा समूह
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले अदालतमा विचाराधीन विषयलाई बेवास्ता गर्दै एकतर्फी रूपमा अगाडि बढ्नु उचित मान्न नसकिने बताएको छ । समूहले बनाएको महाधिवेशन आयोजक समितिका संयोजक डा.शशाङ्क कोइरालाले पार्टीभित्रको वर्तमान विवाद र जारी विवादित कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै त्यस्तो बताएका हुन् । सोमबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै कोइरालाले पार्टी अहिले असहज र […]










