सुनको मूल्य तोलामा तीन लाख अठार हजार आठ सय पुग्यो, चाँदीको कति ?

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको छ । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल छ […]

प्रदेश सभा निर्वाचनका उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेस प्रवेश

सर्लाही । नेपाली कांग्रेसका सभापति एवम् सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई जिताउन भन्दै प्रदेश सभा सदस्यका उम्मेदवार र चार जना वडाध्यक्ष कांग्रेस प्रवेश गरेका छन् । प्रदेश सभा निर्वाचनमा बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं ४ (ख) बाट उम्मेदवार बनेका कृष्णकुमार कुशवाह र गोडैता नगरपालिकाका चार वडाध्यक्ष कांग्रेस प्रवेश गरेका हुन् । सर्लाहीमा […]

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु

काठमाडौँ । विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ। पुणेको बारामतिमा बुधबार बिहान उनी सवार विमान दुर्घटना भएको थियो। दुर्घटनामा परी उनको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ। पवार सवार विमान ल्यान्डिङको प्रयास गर्दा गर्दै दुर्घटना भएको र उनलाई मृत घोषणा गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। प्रारम्भिक विवरणमा विमानमा उपमुख्यमन्त्रीका साथै चार […]

माघ २१ देखि निर्वाचन लक्षित ‘विशेष रणनीति’ लागू गर्दै नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गरेर २१ माघबाट ‘विशेष रणनीति’ लागू गर्दैछ । जसअनुसार कांग्रेसका विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू २१ फागुनसम्म आ-आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने छन् । कांग्रेसको ‘निर्वाचन परिचालन निर्देशिका’ मा ‘विशेष रणनीति’बारे उल्लेख गरिएको छ । निर्देशिकामा चुनावको अन्तिम ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति समेटिएको […]

हिमपातका कारण मध्यपहाडी लोकमार्ग पुन: अवरुद्ध, यात्रु अलपत्र

रुकुमपूर्व । बागलुङ र पूर्वी रुकुमको सीमावर्ती क्षेत्रमा परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भूमे गाउँपालिका–१ स्थित पातीहाल्ने क्षेत्रमा झन्डै दुई फिटसम्म हिउँ जमेपछि यातायात ठप्प भएको हो । ​जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार हिमपातसँगै त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। मौसम प्रतिकूलताका कारण सञ्चार सम्पर्क समेत […]

महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त, अवस्था गम्भीर

काठमाडौं । भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ । प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते भएका छन् । उनी जिल्ला परिषद् निर्वाचनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए । विमानमा […]

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात, विभिन्न सडक अवरुद्ध

मुस्ताङ । मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । सशस्त्र भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने […]

रवि लामिछाने अस्पताल भर्ना, चोटका कारण खुट्टामा संक्रमण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको देब्रे खुट्टामा चोट लागेको छ । माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा लामिछानेको खुट्टामा सामान्य चोट लागेको थियो । उक्त सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण भएको स्वकीय सचिव अविनाश आचार्यले बताए । उनका अनुसार लामिछाने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन् । […]

सरकार–जेनजीबिचको १० बुँदे सम्झौता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस हुने

काठमाडौँ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौता विरुद्ध दायर रिट पूर्ण सुनुवाइका लागि पेस हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिटलाई पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको हो । यसअघि सर्वोच्च अदालतले सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताको सक्कल फाइल […]

सामाजिक सञ्जालमा गाली बेइजती गरेको आरोपमा युवराज सफल पक्राउ

काठमाडौं । युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्द, गाली गलौज गरेको आरोप छ । महान्यायधिवक्ता र कार्यालयलाई लक्षित गरी अभिव्यक्ति दिएपछि माघ ८ गते […]