चिनियाँ गुप्तचर निकायको चेतावनी : एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुनसक्छ

काठमाडौँ । चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक तथा सामाजिक सुरक्षामा खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। चीनको राज्य सुरक्षा मन्त्रालय (एमएसएस) ले आइतबार पहिलोपटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे विस्तृत धारणा सार्वजनिक गरेको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। मन्त्रालयका अनुसार एआईको दुरुपयोगबाट […]

त्रिभुवन राजपथको अघोर बजार नजिकै सडक भासियो, राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर भिमफेदी गाउँपालिका-९ अघोर बजार नजिकैको सडक खण्ड भासिएको छ । उक्त राजमार्ग अन्तर्गतको सडकको तल्लो भाग भसिन जाँदा राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ । सोमबार बिहान ९:४० बजेको समयमा भासिएको सडकखण्ड दुईतर्फी सञ्चालनमा ल्याउनका लागि सडक विभागसँग समन्वय गरी ट्रयाक बनाउने पहल भइरहेको प्रहरीले जनाएको छ […]

भोटेकोशी विपद्का टुहुरा तथा प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले गर्ने

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भोटेकोशी विपद्का कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताएकी छन्। राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले भोटेकोशी बाढीबाट धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले आफ्ना प्रियजन गुमाउनुका […]

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ। यतिबेला देशका अधिकांश भू-भागमा सामान्यतया बदली भएको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा दर्ता […]

देवादिदेव महादेवको पूजा–आराधना गरी आज हरितालिका तीज मनाइँदै

काठमाडौँ । आज हिन्दू धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत (तीजको व्रत) बस्ने परम्परा छ। महर्षि आपस्तम्बले उल्लेख गरेअनुसार चतुर्थीसहितको तृतीया तिथि यस व्रतका लागि उत्तम फलदायक मानिन्छ। द्वितीया तिथिसँग योग भएको दिन भने हरितालिका व्रत गर्नु हुँदैन। यस दिन विवाहित महिला पतिको दीर्घायु […]

अर्को सूचना नआएसम्म कार्यालय परिसरबाट ग्यास बिक्री वितरण बन्द, बिक्रेता र डिलरमार्फत नियमित हुने

काठमाडौँ। नेपाल आयल निगमसँगको समन्वयमा खाना पकाउने ग्यासको अभावका कारण समस्यामा परेका उपभोक्तालाई लक्षित गरी कार्यालय परिसरबाट हुँदै आएको ग्यास बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक बिदाका दिनमा विशेषगरी डेरामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिला र साना बालबालिका भएका […]

सुन भन्दै पहेँलो धातु देखाएर करोडौँ ठगी, कारागारबाट भागेका व्यक्ति पक्राउ

काठमाडौं । सुनजस्तो देखिने पहेँलो धातुलाई सक्कली सुन भन्दै देखाएर ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापा रहेका छन्। प्रहरीका अनुसार थापाले नक्कली सुन देखाएर एक व्यक्तिबाट १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले उनलाई […]

बेलायतको एकतामाथि नयाँ दबाब, स्कटल्यान्ड–वेल्स–उत्तरी आयरल्यान्डका नेताहरू एक ठाउँमा

कार्डिफ । संयुक्त अधिराज्य (यूके) को संवैधानिक भविष्यलाई लिएर बहस फेरि चर्किएको छ। स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा आत्मनिर्णय तथा थप स्वायत्तताको पक्षमा रहेका राजनीतिक शक्तिहरू बलियो बनेपछि यी क्षेत्रका नेताहरूबीच सहकार्यको सम्भावना पनि बढेको छ। यही पृष्ठभूमिमा स्कटल्यान्डका प्रथम मन्त्री जोन स्विनी, वेल्सका प्रथम मन्त्री रुन आप इओर्वेर्थ र उत्तरी आयरल्यान्डकी प्रथम मन्त्री मिशेल […]

प्रेमिकासँगको भिडियोपछि विवादमा आएका भिक्षुमाथि करोडौँको आर्थिक अनियमितताको आरोप

बैंकक । थाइल्यान्डमा एक वरिष्ठ बौद्ध भिक्षु यौनसम्बन्धी विवाद र मन्दिरको करोडौँ रकम हिनामिना गरेको आरोपमा पक्राउ परेपछि धार्मिक क्षेत्रमा पुनः ठूलो बहस सुरु भएको छ। ६६ वर्षीय फ्रा वाचिरायन वी (Phra Wachirayan Wi), अयुथायास्थित ऐतिहासिक वाट फुत्थाइसावानका पूर्व प्रमुख भिक्षु हुन्। प्रहरीले उनलाई मन्दिरका लागि संकलन गरिएको रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको र त्यसलाई […]

मलेसिया रोजगारीबारे प्रश्न उठेपछि मन्त्रालयले भन्यो : कूटनीतिक पहल भइरहेको छ

काठमाडौँ । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको समस्यालाई लिएर सरकारको भूमिकामाथि प्रश्न उठेपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले यस विषयमा कूटनीतिक तथा प्रशासनिक पहल भइरहेको जनाएको छ । मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा नेपाली वैदेशिक रोजगार व्यवसायी आबद्धताको विषयमा समस्या देखिएपछि सरकारले कूटनीतिक समाधानका लागि पहल नगरेको भन्दै प्रश्न उठिरहेको छ […]