काठमाडौं तराई दुर्तमार्ग निर्माणको काम सेनाले २०८१ मा सकाउने

काठमाडौं २३ मंसिर । नेपाली सेनाले काठमाडौं तराई दुर्तमार्ग निर्माणको काम २०८१ साल सम्ममा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । नेपाली सेनाले एक कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी दिएको हो । नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्म दुर्तमार्ग निर्माण सकिने जानकारी दिए । सेनाले दिएको जानकारीअनुसार दुर्तमार्गको ३ ठाउँमा सुरुङमार्ग हुनेछ […]

असुरक्षित वैदेशिक रोजगार, चार महिनामै २५१ नेपालीको मृत्यु

काठमाडौं, २३ मंसिर । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न पहलकदमी लिइरहँदा पछिल्लो समय वैदेशिक रोजगारी झन् असुरक्षित बन्न थालेको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण १० वर्षका अवधिमा सात हजार ५ सय बढी नेपालीले ज्यान गुमाइसकेका छन् ।चालू आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक रोजगारीमा रहेका २५१ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा आठ […]

कार दुर्घटनामा ग्लोबल आइएमई बैंकका प्रवन्धकको निधन

कपिलवस्तु, २३ मंसिर । सोमवार विहान भएको कार दुर्घटनामा ग्लोबल आइएमई बैंकका प्रवन्धकको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको वोर्डगाउँ नजिकै भएको दुर्घटनामा बैंकका कार बनगाई शाखा प्रबन्धकको ज्यान गएको हो । बा ६ च ६३९ नम्बरको कार दुर्घटनामा परी कपिलवस्तु नगरपालिका ९ हरनामपुरनिवासी २९ वर्षीय सुरज पाण्डेको ज्या […]

सुनको भाउमा आज पनि गिरावट

काठमाडौं २३ मंसिर। साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रु ५०० ले घटेको सुनको मूल्य सोमबार प्रतितोला रु २०० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावालको मूल्य प्रतितोला रु ७१ हजार तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७१ हजार २०० मा खरिदबिक्री […]

शिक्षकको लिखित परिक्षा तीन चरणमा, पहिलोमा ५० र दोस्रोमा ४० अंक ल्याउनैपर्ने

काठमाडौं २३ मंसिर । अब स्थायी शिक्षक हुनका लागि तीन चरणमा परिक्षा दिनुपर्ने भएको छ । गत असोज १३ गते संशोधन भएको शिक्षक सेवा आयोग नियमावली २०५७ १० औं संशोधन ले तीन चरणमा परिक्षा दिनुपर्ने व्यवस्था गरेको छ ।जस अनुसार अब सामान्य परीक्षा– एक सय पूर्णाङ्क र विषयगत परीक्षा– एक सय पूर्णाङ्कको दिनुपर्ने व्यवस्था गरेको […]

३४ वर्षीया युवती बनिन् फिनल्याण्डको प्रधानमन्त्री

एजेन्सी, २३ मंसिर । नेपालका राजनीतिक दलका नेतृत्व राज्य सरकारको नेतृत्वमा पुग्दा केश पुलिसक्ने भन्दै बहस, चर्चा चलिरहेका बेला फिनल्याण्डमा भने ३४ वर्षीया महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् ।प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन् । मरिन यसअघि यातायात मन्त्री थिइन् । पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी […]

क्रिकेटमा नेपालले जित्यो कांस्य पदक

काठमाडौं २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागको पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जितेको छ । सोमबार माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले कांस्य जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६।१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आरिफ शेखले ३२ र कप्तान […]

खानेपानीको ट्यांकीमा एक किशोर मृत फेला

पाल्पा, २३ मंसिर । खानेपानीको ट्यांकीमा एक किशोर मृत फेला जिल्लाको तिनाउ गाउँपालिका ६ मस्याममा आइतबार एक किशोर मृत फेला परेका छन् । स्थानीय १६ वर्षीय रवीन पुन खानेपानीको ट्यांकीभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताए । उनी आइतबार मध्यान्न १२ बजेतिर फेला परेका हुन्। गाउँमा पानीको धारा […]

झडपका क्रममा फायर गरेका सिसा र ढुङ्गा सफा गर्दै राष्ट्रिय युवा संघ

कोहलपुर, २३ मंसिर । आइतबार बाँकेको कोहलपुरमा प्रर्दशनकारी र प्रहरीबिच दिनभर जसो झडप भयो । झडपको क्रममा प्रर्दशनकारीहरुले ढुङ्गा, इट्टा र सिसाका बोत्तल लगायत फरार गरे । प्रहरीलाई प्रहार गरेका ढुङ्गा, इट्टा र सिसाका बोत्तल लगायतका साम्रगीहरुले कोहलपुरको सडक भरिएको थियो । सडकमा सिसा लगायतका साम्रगीका कारण आवगमनमा समस्या भएपछि राष्ट्रिय युवा संघले बिहानैदेखि सरसफाई […]

विद्यार्थीमाथि प्रहरीले चलायो सय राउन्ड गोली

कोहलपुर, २३ मंसिर । स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आन्दोलित विद्यार्थी र स्थानीयलाई नियन्त्रण गर्न प्रहरीले बाँकेको कोहलपुरमा करिब सय गोली चलाएको छ । भिडतर्फ रबरका ५० गोली प्रहार गरेको प्रहरीले करिब ५० हवाई फायर गरेको हो । ५० भन्दा बढी अश्रुग्यास पनि प्रहार गरेको छ । स्थानीय त्रिभुवन माविमा सात कक्षामा पढ्ने १२ […]