शितलहर र हिमपातको प्रभावबाट जोगिन मधेशी आयोगको आग्रह

काठमाडौं २७ मंसिर । मधेशी आयोगले शितलहर र हिमपातको प्रभावबाट बच्नका लागि न्यानो लुगा लगाउन र सो समयमा घर बाहिर ननिस्कन तथा आगो तापी बस्न सर्वसाधारणलाई आग्रह गरेको छ । आयोगले मौसम पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमान अनुसार विहिवारदेखि शितलहर र हिमपात शुरु भएको हुनाले त्यस्तो आग्रह गरेको हो ।

आयोगले विज्ञप्ति जारी गर्दै समयमै प्रभावकारी कदम उठाई शितलहरर हिमपात प्रभावित नागरिकहरुको जिउन्यानको सुरक्षा सुनिश्चिततामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुको पहललाई थप प्रभावकारी र नेतृत्वदायी बनाई प्रभावकारिता हासिल हुने अपेक्षा गरिएको आयोगले जनाएको छ ।

Loading...