एस्तो देखियो सागमा पदक जित्ने खेलाडीलाई नगर परिक्रमा ( 32 फोटो फिचर )

काठमाण्डौ– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीहरुलाई शुक्रबार नगर परिक्रमा गराइको छ ।

मंगलबार काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९० कांस्यसहित २ सय ६ पदक जितेको छ ।

पदक विजेता खेलाडीहरुलाई शुक्रबार त्रिपुरेश्वरको दशरथ रंगशालाबाट नगर परिक्रमा गराइएको हो ।

त्रिपुरेश्वरबाट सुरु हुने परिक्रमा न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे राधे, सल्लाघारी, सूर्यविनायक पुगेका थिए । अकस्मात बर्ष संगै चिसो बढेको कारण र्यालीका रुटमा केहि छोट्याईएको राष्ट्रिय खेल कुद परिषदले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

   

 

 

Loading...