काठमाण्डु, १० पुस । सुदूरपश्चिम प्रदेशबाट भारत हुँदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ । बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन् २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका महिला तथा बालबालिकालाई भारत र तेस्रो मुलुक लैजाने कुराकानीका लागि सामाजिक सञ्जालको दुरुपयोग […]
Author: Nonstop Khabar
श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
सुनसरी, १० पुस । सुनसरीको धरान उपमहानरपालिका– १५ मा श्रीमानको कुटाइबाट श्रीमतीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । श्रीमान् काजीमान र श्रीमतीबीच घरायसी बादविवाद भई कुटपिट भएको थियो । कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा […]
काष्ठमण्डप पुनर्निर्माण तीव्र गतिमा आधाभन्दा बढी काम पुरा
काठमाडौँ, १० पुस । ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माणको काम आधाभन्दा बढी सकिएको छ । वि.सं. २०७५ वैशाखबाट सुरु भएको पुनर्निर्माणको काम समयसीमाभित्रै सम्पन्न हुने दाबी गर्दै काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले निर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको जानकारी दिए । प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा […]
बसको ठक्करबाट गम्भीर घाइते प्रजाको मृत्यु
चितवन, १० पुस । बसले ठक्कर दिदा चितवनमा एक जनाको मृत्यु भएको छ। राप्ती नगरपालिका १३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका १ दियालोरोडमा पुलचोकबाट बसपार्क तर्फ जाँदै गरेको ना ४ ख ६३३० नम्बरको बसले प्रजालाई आज विहान ७ बजे ठक्कर दिएको थियो। गम्भीर घाइते प्रजाको […]
सरकार सकारात्मक भएन भने संघर्षको बाटो तय;महतो
काठमाडौँ १० पुस । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकार सकारात्मक तरिकाले आएमा सरकारलाई सहयोग गर्न सकिने बताएका छन्।राजपा अध्यक्ष मण्डलका संयोजक महतोले पार्टीले राखेका मागहरु सम्बोधन गर्न तयार भएमा वर्तमान सरकारलाई सहयोग र समर्थन गर्न सकिने बताए। हाम्रा मागहरु पुरा गर्ने सन्दर्भमा सरकारले आधारहरु तयार पार्यो भने हामी सँगै जान पनि […]
‘प्रहरी हूँ’ भन्दै सेट वाकीटकी देखाएर धम्क्याउने पक्राउ
काठमाडौं, १० पुस। ‘प्रहरी हूँ’ भन्दै सेट वाकीटकी देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनका अनुसार उनलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै […]
महाविर पुनको आविष्कार केन्द्रमा चिनियाँ बिजुली बसका सिइओको अवलोकन
काठमाडौं, १० पुस। चिनियाँ सिचुवान गुवान अटोमोवाइल्सका सिइओ च्यङलिङ लोले महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगेका छन् । बुधवार विहान उनी त्यहाँ पुगेको आविष्कार केन्द्रका अधिकारीहरुले बताए । लोले चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओ हुन् । कीर्तिपुरस्थित पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगेका लोलेले निमार्णाधीन विद्युतिय सवारीमा विशेष चासो देखाएका थिए। विद्युतिय सवारी साधन बनाउन […]
पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन
काठमाडौं १० पुस, काठमाडौं । पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । श्रेष्ठको बिहीबार बिहान साढे ५ बजे त्रिवि शिक्षण अस्पताल टिचिङमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । श्रेष्ठलाई निमोनिया भएको थियो । निमोनियापछि उनलाई उपचारका लागि बुधबार अस्पताल लगिएको थियो । त्यही उपचारका क्रममा बिहीबार उनको निधन भएको हो । पाल्पा […]
ग्रहण ११:३१ बजे सकिने : खुला आँखाले हेर्न नहुने ग्रहणमा निम्न राशीलाई लाभ हुने भविष्यवाणी
आज पुस १० गते बिहीवार तदनुसार छब्बीस डिसेम्बर । आजको दिन तिथि अनुसार पौष कृष्ण औशी परेको छ भने पूर्वनिर्धारीत सूर्यग्रहण विहान ८स्४२ बजेबाट शुरु समेत भैसकेको छ ।आजको सूर्यग्रहण खण्डग्रास सूर्यग्रहण हो । सूर्य र पृथ्वीको बीच चन्द्रमा पर्दा चन्द्रमाले सूर्यको प्रकाश छेके पछि पृथ्वीमा लाग्ने ग्रहण नै सूर्यग्रहण हो । पनचाङ्ग निर्णायक समितिका […]
काठमाडौं उपत्यका थप चिसिँदै न्यूनतम तापक्रम ०.९
काठमाडौं १० पुस, काठमाडौं । काठमाडौं उपत्यका थप चिसिँदै गएको छ । बुधबार न्यूनतम तापक्रम २.९ मापन भएको काठमाडौंको तापक्रम बिहीबार अझै घटेर ०.९ मा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार बिहान ८ः४५ बजे काठमाडौं उपत्यकाको तापक्रम ०.९ मापन भएको हो । मौसमविद् सजिना शाक्यका अनुसार, बिहीबार बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम […]










