काठमाडौँ, ६ पुस । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पारित गरेको छ । साउन २१ गतेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको आइतबारको बैठकले पारित गरेपछि अब केन्द्रीय कमिटीमा यो एजेन्डाबारे थप छलफल हुनेछ। नेकपाले पुस […]
Author: Nonstop Khabar
चिसो बढेसँगै जनजीवन प्रभावित, काठमाडौंबाट भद्रपुर चन्द्रगढीको उडान ठप्प
झापा, ६ पुस । पाँच दिनअघिदेखि झापामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । बिहानदेखि नै बाक्लो हुस्सुसहित शीतलहर चलेको हुँदा सडकमा यातायातका साधन कम चलेका छन् भने सर्वसाधारणको हिंडडुल पनि कम भएको छ । आजको भद्रपुरको अधिकतम तापक्रम १२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ भने बिहान ९ डिग्री सेल्सियस रहेको थियो । नागरिक उड्डयन […]
दुग्ध व्यावसायमा इलामका युवाको आकर्षण
इलाम, ६ पुस । इलामका डेरी उद्योगमा पछिल्लो समय युवाको आकर्षण बढ्दै गएको छ । थोरै लागनीमा गाउँमा नै स्वरोजगार बन्न सकिने भएकाले डेरी उद्योगमा युवाको आकर्षण बढेसँगै बर्सेनि लगानी पनि थपिँदै गएको हो । घरेलु तथा साना उद्योग शाखा कार्यालय इलामको तथ्याङ्कअनुसार डेरी उद्योगमा मात्रै बर्सेनि ११ करोड रुपैयाँभन्दा बढी लगानी थपिएको छ । […]
कुमारी बैंकले १४ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै
काठमाडौं ६ पुस। कुमारी बैंक लिमिटेडले पुस १४ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुका लागि सार्वजनिक निष्कासनको माध्यमबाट र बाँकी एक अर्ब ८० करोड […]
ट्रम्पविरुद्ध पक्षपातपूर्ण रुपमा तथा आक्रोशमा आएर यस्तो काम गरेको रिपब्लिकन दलको दाबी
वासिङटन, ६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको महाभियोग एक पक्षपातपूर्ण काम भएकोे सिनेटका एक जना रिपब्लिकन नेताले बताएका छन् । सिनेटमा रिपब्लिकनतर्फका नेता मिच मक्कनलले सो कुरा बताएका हुन् । उनले डेमाक्र्याटहरुको पहलमा आएको यो महाभियोगको प्रस्ताव अमेरिकाको राजनीतिक इतिहासमा सबैभन्दा धेरै हतार गरेर ल्याइएको प्रस्ताव […]
सरकारी र सार्वजनिक जग्गा पहिचान गर्नुस्, सरकारी किल्ला ठोक्न म आफै आउँछु: मन्त्री अर्याल
चितवन – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरेर संरक्षण गर्न आग्रह गरेकि छन । चितवनको रत्ननगर नगरपालिकाले शनिबार रत्ननगरमा आयोजना गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सजग गराएकि हुन । सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण तथा दोहनको गुनासो आइरहेका बेला सरकारले जग्गा […]
बीबीएलुमा सन्दीपले लिए एक विकेट, मेलबर्नको लगातार दोस्रो जित
काठमाण्डौँ, ६ पुस । अस्ट्रेलियाको घरेलु क्रिकेट लिग ुबिग बाशु मा सन्दीप लामिछाने राम्रो बलिङ गरेका छन् । होबार्ट हुरिकेन्सविरुद्ध आइतबारको खेलमा सन्दीपले महत्वपूर्ण एक विकेट लिए । तीन ओभर बलिङ गरेका सन्दीपले १८ रन दिँदै एक विकेट हात पारे । प्रतियोगितामा मेलबर्न स्टार्सले लगातार दोस्रो जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ गरेको […]
विरोध प्रदर्शनबाट भारतले पाकिस्तानमा आक्रमण गर्न सक्छ : खान
काठमाण्डौ,६ पौष । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नागरिकता विधेयकको विरोधमा भारतभर भइरहेको विरोध प्रदर्शनबाट ध्यान मोड्न भारतले पाकिस्तानविरुद्ध आक्रमण गर्न सक्ने अनुमान गरेका छन् । यदि भारतले त्यसो गरेमा पाकिस्तानले गतिलो जवाफ फर्काउने उनले चेतावनी दिएका छन् । भारतले हिन्दु राष्ट्रवादलाई बढावा दिन आन्दोलन भड्काउन चाहेको इमरान खानको आरोप छ । यदि यस्तो भएमा कडा […]
पिकअप जिप बडिगाडमा दुर्घटना ५ घाइते
बाग्लुङ, ६ पौष । बाग्लुङको खर्वाङ देखि शिसाखानी तर्फ जाँदै गरेको लु १ च ७५१५ नंं को पिकअप जिप शनिबार बडिगाड गापा २, सक्न्यार टुटिफेदमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । खर्वाङबाट विरामी लिएर शिसाखानी तर्फ जाँदै गरेको जिप सडक वाट झण्डै ३०० मिटर तल खसेको छ । दुर्घटनामा परिवडिगाड […]
सिङ्गो गाउँ जहाँ सुन्तलाबाट करोडौ बढि आम्दानी हुन्छ
बाग्लुङ, ६ पौष । यसरी चाल्दै गरिएको सुन्तला बिक्रि गरि पोखरा पठाउन थालिएको सुन्तला हो । सुन्तला नबिक्ला भन्नेनै छैन । रुखमा छँदादेखिनै ठेक्कामा दिईन्छ । सुन्तला पाक्न थाल्दादेखिनै टिप्न सुरु हुन्छ । विगत वर्षदेखि सुन्तला खेति गर्दै आएकी सोही ठाउँकी तुलसी खड्का भन्छिन्–‘सुन्तला यहाँका मानिसहरुको राम्रो आम्दानीको स्रोत हो, प्राय सबैका घरमा सुन्तला रोपिएका […]











