भक्तपुर, ९ पुस । विश्वका करिब सय बढी देशमा क्रिसमस पर्व हर्ष उल्लास सहित मनाइदैछ । पच्चीस डिसेम्बरमा प्रत्येक वर्ष क्रिसमसलाई प्रभु यशु ख्रिस्ट ईसा मसीह को जन्मोत्सवको रुपमा मनाइने धार्मिक प्रचलन रहिआएको पाइन्छ । यो पर्व इसाई अर्थात् क्रिस्चियन धर्मावलम्बीले आफ्नो प्रभु यशुको सम्झनामा मनाउने भएपनि नेपालमा अन्य धर्माबलम्बीले पनि यसलाई मनोरन्जनकोरुपमा मनाउदै आएका देखिन्छन । यो दिन ईसाईहरु तरह तरहको मिष्ठान्न भोजन र अमोद प्रमोद गर्दै उत्सवको आयोजना गर्दछन ।
सामान्यतः २५ डिसेम्बरलाई ईसा मसीहको जन्मदिवस मानिन्छ परन्तु प्रारंभमा स्वयं धर्माधिकारीहरु नै यो दिनलाई यशुको जन्मदिनको मान्यता दिन तैयार थिएनन । त्यतिबेला यो वास्तवमा रोमन जातिको एक पर्व थियो ,जसमा यो दिन सूर्य देवताको जन्मदिवस भएको भनेर सूर्यदेवताको आराधना गरिन्थ्यो ।
जब ईसाई धर्मको प्रचार भयो तब केही धर्माधिकारीले इसा मसिहलाई नै सूर्यका अवतार मानी आराधना गर्न थाले । ३६० ईस्वी सम्बत आसपास रोमको एक चर्चमा ईसा मसीहको जन्मदिवस भनेर २५ डिसेम्बरमा प्रथम समारोह आयोजना गरियो, जसमा स्वयं पोप नै सहभागी भए तरपनि तारीखको बारेमा मतभेद कायम थियो ।
ईसाई धर्मको प्रचारपछि मानिसहरु आफ्नो जनावरको पहिलो बच्चा ईसाको नाममा चढाएर बलि दिन लागे र उनको नाममा भोजको आयोजना हुन लाग्यो । कालान्तरमा क्रिसमस पर्व मिष्ठान्न भोजन र हासखेलको पर्व बन्न पुग्यो ।
ईसाइहरुको सबभन्दा ठूलो पर्व क्रिसमसको उमंग २४ दिसंबर बाटै शुरु हुन्छ । क्रिसमसको पूर्व संध्यामा मानिसहरु प्रभु इसुको प्रशंसा गर्दै प्राथना गर्दछन र क्रिसमसको दिन प्यार र भाईचाराका साथ् एक अर्काको घर जाने र रमाइलो गर्ने गर्दछन । नेपालमा पनि क्रिसमस मनाउनका लागि विभिन्न चर्च, विद्यालय, होटल तथा सार्वजनिक स्थल लगायतमा ‘क्रिसमस ट्रि’ राखेर क्रिसमसको अवसरमा शुभकामना आदानप्रदान भैरहेको छ ।