ओमानले दियो नेपाललाई १९८ रनको लक्ष्य

काठमाडौं, २२ माघ । आईसीसी क्रिकेट वल्र्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १९८ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनायो । उसको सुरुवात भने खराब थियो र ५७ रन […]

प्रदेश ५, प्रदेशसभाको दुई वर्ष पूरा, राजधानी र नाम तोक्न सकेन

बुटवल, २२ माघ । प्रदेश ५ को प्रदेशसभा गठन भएको दुई वर्ष पूरा भएको छ । २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो। प्रदेशसभाले दुई वर्ष बितिसक्दासम्म प्रदेशको नाम र राजधानी दिन सकेको छैन। प्रदेशसभाको आफ्नो मुख्य काम स्थायी राजधानी तोक्न र नामाकरण गर्ने भएपनि अहिलेसम्म संसदमा राजधानी र नामाकरणका लागि प्रस्तावसम्म […]

कुखुराको मासु र अन्डा अहिले सम्मकै महँगो

काठमाडौँ, २२ माघ । कुखुराको मासुको भाउ घटेको निहुँमा ह्याचरी व्यवसायीले चल्ला र अन्डा निर्मम रूपमा नष्ट गरेका छन् । डेढ महिनाको बीचमा उनीहरूले ३० लाख चल्ला मारेका छन् । मारिएका ३० लाख चल्लाको मूल्य मात्र करिब १५ करोड हुन आउँछ । त्यस्तै, चल्ला कोरल्न राखिएका ४५ करोड मूल्य बराबरका करिब ३ करोड ५० लाख अन्डासमेत नष्ट गरेका […]

वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन

काठमाडौं, २२ माघ । वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन भएको छ । नेपाल टेलिभिजनको स्थापनाकालका सञ्चारकर्मीमध्ये एक र चर्चित टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता दुर्गानाथ शर्माको बुधबार निधन भएको हो । नेपाल टेलिभिजनमा धेरै वर्षसम्म शर्माले प्रस्तुत गर्ने गरेको विश्व घट्ना निकै लोकप्रिय कार्यक्रममध्ये एक थियो । केही समययता मुटुसम्बन्धी समस्याले ग्रस्त शर्माको ७२ वर्षको […]

एउटै वडाबाट एक करोडको दूध बिक्री

कास्की, २२ माघ । माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमुना बन्दै गएको छ। व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन्। गाउँपालिकाको वडा नम्बर ३ घाचोक र वडा नम्ब ४ लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गर्दछ। लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ […]

अब फागुन भित्रै रेल आइपसग्नि २ सय २६ जनालाई रोजगारी

कुर्था, २२ माघ । जनकपुर जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो । नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद गर्न लागेको रेल ल्याउन मिश्रले डिसेम्बर १५ देखि २० सम्म भारत भ्रमण गरेका थिए । […]

आज पनि ओरालो लाग्यो सुनको मूल्य, हेर्नुहोस कतिमा हुदैछ कारोबार

काठमाडौँ, २२ माघ। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । केही महिनायता उतार चढावको अवस्थामा रहेको छापावाल सुनको मूल्य बुधबार ७५ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । यसअघि मंगलबार तोलामा ७६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन बुधबार रु ८०० घटेको हो । यस्तै तेजावी सुन तोलामा ७४ हजार ९०० […]

‘प्रचण्डजी र म भर्खर लभ परेको जोडी होइनौँ, अर्कालाई भेट्यो कि ठुस्किने’

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ बालुवाटरमा राष्ट्रिय दैनिक, राजधानीमा रहेका ठूला सञ्चार गृह र चर्चित अनलाइन न्युजपोर्टलका सम्पादकहरुसँग छलफल गरेका छन् । करिब एक घण्टा लामो सो कुराकानीका क्रममा प्रम ओलीले धेरैपटक सम्पादकहरुलाई हँसाएका थिए । उनले भनेका थिएः – भैसेँपाटीमा केही साथीहरु बैठक बस्नुभयो तर म त्यसमा थिइनँ भनेर […]

चीनबाट फर्केका नेपालीलाई खरिपाटीस्थित तालीम केन्द्रमा राख्ने तयारी

काठमाडौँ २२ माघ। सरकारले चीनबाट फर्किने नेपालीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी गरेपछि स्थानीयहरु त्रसित बनेका छन् । मङ्गलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सुरक्षा निकायका प्रमुखहरूको बैठकले खरिपाटीलाई सम्भावित स्थलका रूपमा छनोट गरेको हो । अन्तिम निर्णय गर्न भने बाँकी रहेको स्रोतले जनाएको छ । बैठकले तालिम केन्द्रको पूर्वाधार […]

आज नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

काठमाडौँ, २२ माघ। क्रिकेट खेल्ने हरेक मुलुकको सपना हुन्छ एकदिवसीय मान्यता प्राप्त गर्ने र विश्वकप प्रतियोगिता खेल्ने । नेपालले दुई वर्षअघि एकदिवसीय मान्यता पाइसकेको छ । अब उसको लक्ष्य विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने हो । विश्वकपकै सिँढीका रूपमा रहेको त्रिकोणात्मक सिरिज आजदेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुँदैछ । त्यसैले आजको दिन नेपाली क्रिकेटका लागि ऐतिहासिक […]