काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्री ओलीले शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका हुन् । दिउँसो २ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षको अवधीमा हाँसिल गरेका उपलब्धीबारे जानकारी गराउने […]
Author: Nonstop Khabar
कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ३०० नाघ्यो
एजेन्सी, कोरोना भाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा मात्र एकै दिनमा २४२ जनाको ज्यान गएको एक समाचारमा बताइएको छ । हुबेइ प्रान्तको वुहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको बताइएको थियो । यस भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकहरुले ‘कोभिड–१९’ नाम दिएका छन् । प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा ज्यान […]
कोरोना भाइरस संक्रमणको त्रासलेबसाइँ सर्ने तयारीमा खरिपाटीवासी
काठमाडौँ, १ फागुन । नेपाल सरकारले चीनबाट उद्धार गरी फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने भएपछि नोवल कोरोना भाइरस संक्रमणको त्रासले स्थानीय बसाइँसराइको तयारीमा जुटेका छन्। चीनको हुबेई प्रान्तको वुहानबाट एक सय ८० भन्दा बढी नेपालीलाई स्वदेश ल्याई खरिपाटीस्थित विद्युत् तालिम केन्द्रलगायत स्थानमा क्वारेन्टाइनमा राख्ने भएपछि रोग सर्ने डरले बसाइँ सर्न लागेको स्थानीयले बताएका छन्। स्थानीयका […]
डेढ खर्बले घट्यो बजेट , वृद्धिदर लक्ष्य नजिक पुग्ने
काठमाडौँ, १ फागुन । सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ । बुधबार चालू आर्थिक वर्ष २०७६ र ७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवका लागि कुल विनियोजित १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखबाट १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपियाँ खर्च […]
कम्युनिष्टहरुबीचको सहकार्यसहित बुर्जुवाको साथ लिएर गणतन्त्र स्थापना गरेका छौँ: अध्यक्ष दाहाल
काठमाडौँ, १ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका छन । नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभामा अध्यक्ष दाहालले जनयुद्ध र विद्रोह एक […]
प्रियंका कार्की र आयुष्मानले विवाहको मिति सार्वजनिक गर्दै
काठमाडौँ,१ फागुन । आउदै गरेको भ्यालेनटाइन डेको दिन नेपाली फिल्मका ‘लभ बर्डस्’ प्रियंका कार्की र आयुष्मान देशराज जोशीले विवाहको मिति सार्वजनिक गर्दैछन् । उनीहरु यही फागुनमा विवाह गर्दैछन् । उनीहरु यही वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर, विदेशमा रहेका परिवारका सदस्यहरुको समय नमिलेपछि विवाह सरेको थियो । असारमा विवाह नभएपछि प्रियंकाले यस वर्ष […]
कुवेतमा चार नेपालीको मृत्यु
एजेन्सी, कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थलमा कार्यरत चार नेपालीको ज्यान गएको छ । कुवेत टाइम्सका अनुसार निर्माणस्थलमा कार्यरत उनीहरुमाथि बालुवा र ग्राभल खस्दा मृत्यु भएको हो। सो दुर्घटनामा अन्य तीन जना कामदार हराइरहेका छन्। उनीहरुको परिचय भने खुलाइएको छैन। समाचारमा ज्यान गुमाएका नेपालीहरु त्यहाँको चिनियाँ कम्पनीमा कार्यरत थिए । ब्लक १, एन फाइभमा काम गर्ने […]
यही फागुन २, ३ र ४ गते भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी हुँदै
भक्तपुर १ फागुन । भक्तपुरको कमलविनायकस्थित लामगाल चउरमा तीन दिने पुस्तक प्रदर्शनी हुने भएको छ । फागुन २, ३ र ४ गतेसम्म सञ्चालन हुने प्रदर्शनमीमा विभिन्न विधाका ३ लाख बढी पुस्तकहरु उपलब्ध हुने आयोजक आरम्भ नेपालले जनाएको छ । आरम्भ नेपालले बुधवार पत्रकार सम्मेलन गर्दै प्रदर्शनीकोबारेमा जानकारी दिएको हो । भक्तपुर जिल्ला र वरीपरीका जिल्लाहरुमा […]
बसको ठक्करबाट नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु
काठमाडौं, १ फागुन । बुधबार साँझ करिब पौने ५ बजे भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा नायिका महिमा चढेको स्कुटरलाई ठक्कर दिँदा नायिका महिमाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए। बसको ठक्करबाट ढलेकी महिमालाई उपचारका लागि गजुरी […]
केजरीवालले रामलिला मैदानमा मुख्यमन्त्रीको शपथ लिने
एजेन्सी । दिल्ली विधानसभा चुनावमा भारी बहुमतका साथ जित हात पारेपछि आम आदमी पार्टीले अरविन्द केजरीवाललाई विधायक दलको नेता चयन गरेको छ। केजरीवालले आइतबार (फेब्रुअरी १६) मा दिल्लीको रामलिला मैदानमा तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीको सपथ लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले बुधबार बिहान राजभवन पुगेर उपराज्यपाल अनिल बैजलसँग भेट गरेका थिए। करिब १५ मिनेट भएको […]











