कोरोना रोकथामको पूर्व तयारीमा जुट्यो सरकार

काठमाडौँ, १८ फागुन । चीनको वुहान बाट सुरु भएको कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेको छ । उक्त सङ्क्रमणको रोकथामका लागि नेपालमा पनि सरकारले उच्च सतर्कता अपनाउने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको तथा नेपालमा बाक्लो आवातजावत रहेका चीनबाहेकका अन्य देशहरुमा समेत भाइरस देखिएपछि प्रधानमन्त्री […]

नवनियुक्त भारतीय राजदूत क्वात्रा आज नेपाल आउँदै

काठमाडौं, १८ फागुन । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आज ९आइतबार० नेपाल आउँदैछन् । उनी आफ्नो कार्यकाल सम्हालन आज नेपाल आउन लागेका हुन् । नेपालस्थित भारतीय दूतावासका अनुसार नवनियुक्त भारतीय राजदूत क्वात्रा आज बिहान १०ः१५ मा काठमाडौं आइपुग्ने छन् । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए ।  यसअघि आफ्नो तीन वर्षे कार्यकाल […]

शिक्षक लाइसेन्स मावि विज्ञान विषयको नतिजा सार्वजनिक (हेर्नुहोस नामावली)

काठमाडौं, १४ फागुन । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) विज्ञान विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेकाे थियाे । यसअघि नतिजा सार्वजनिक भएका बिषयहरु इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर […]

लालीगुराँस बाटिका विद्यालयको वार्षिकोत्सव : एक झलक

बालबालिकाहरु मोबाइल भनेपछि हुरुक्कै हुन्छन । बालबालिकाको मोबाइल हेर्ने र खेल्ने लतले प्राय: अभिभावकहरु हैरान भएका छन् । तर, शुक्रवार अचम्मै भयो । कोटेश्वरको नरेफाँटमा रहेको लालीगुराँस बाटिका माध्यमिक विद्यालयका विद्यार्थीहरुले मोबाइल हेरेनन् बरु फ्याकिदिए । उनीहरुले मोबाइलमा झुम्मिने बानीले आफूहरुको सृजनशीलता हराएको र खुशी हुन नसकिएको निष्कर्ष सहित मोबाइल फ्याकेपछी अभिभावकहरु दंग देखिए । […]

बच्चा बोकेकी महिलामाथि निर्दयी बन्यो इन्स्पेक्टरको लाठी

भैंसेपाटी, १६ फागुन । देशैभर नागरिक र प्रहरीबीचको दूरी बढाउन प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान चलाइरहेको छ । नागरिकको विश्वास जित्नका लागि प्रहरीले यस्तो अभियान चलाइरहेका बेला प्रहरीबाटै हुने एकाध व्यवहार र कार्यशैलीले उसैको अभियानलाई ‘खिल्ली’ उडाइरहेको भान दिन्छ । ‘प्रहरी मेरो साथी’ भन्ने नारा चलाएर प्रहरीलाई हेर्ने परिभाषा फेर्ने प्रयास गरेपनि प्रहरीको एउटा लाठी […]

गाली बेइज्जती सम्बन्धी मुद्दा लिएर जिल्ला अदालत पुगे बाँस्कोटा

काठमाडौं, १६ फागुन । निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा विजयप्रसाद मिश्रविरुद्ध गाली बेइज्जती सम्बन्धी मुद्दा लिएर जिल्ला अदालत पुगेका छन् । बाँस्कोटाले कमिसन डिल गरेको दाबी गर्दै अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् । बाँस्कोटाले आफुमाथि भ्रष्टाचारको झुठा आरोप लगाइएको भन्दै शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्। ‘म […]

कोरोनाभाइरस (कोभिड–२०१९) त्रास विश्वभरि नै

कोरोनाभाइरसको उच्च जोखिममा नेपाल पनि रहेको बताइएपनि उक्त सङ्क्रमणको रोकथामका लागि पूर्वतयारीमा चुनौती देखिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य आपत्‌कालीन कार्यसञ्चालन केन्द्रका प्रमुखका अनुसार सरकारले पूर्वतयारीका लागि देखिएका जटिलता अध्ययन गर्ने क्रम जारी रहेको छ। कोभिड–२०१९ नाम दिइएको खतरनाक कोरोनाभाइरसको उद्गम मानिएको चीनमा कोरोनाभाइरस सङ्क्रमितहरुको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको सुखद् […]

जन्मदर्ता प्रमाणित सिफारिस गरिदिएबापत २० हजार रुपैयाँ घुस लिदालिदै वडासचिव पक्राउ

धनुषा, १६ फागुन । जिल्लाको धनौजी गाउँपालिकामा कार्यरत वडासचिव घुससहित पक्राउ परेका छन् । धनौजी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा कार्यरत वडासचिव (खरिदार) सुशील ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । जन्मदर्ता प्रमाणित सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको […]

मंगलबारसम्म प्रधानमन्त्री ओलीले राजीनामा दिन सक्ने उच्च स्रोतको दावी

काठमाडौँ, १६ फागुन । देशमा यतिबेला सरकार परिवर्तनको हल्लाले राजनैतिक माहोल तातिरहेको समयमा एक सनसनीपूर्ण समाचार सार्वजनिक भएको छ । प्रचण्ड निकट उच्च स्रोतका अनुसार परिवर्तित सरकारको मोडालिटी तयार भएको छ । पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंगलबारसम्म राजिनामा गर्ने तयारी गरेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ । सत्तारूढ नेपाल […]

पेट्रोलियम पदार्थमा कर बढाउँदै सरकार, ४१ अर्ब बारे निकाय बेखबर

काठमाडौं, १६ फागुन । सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करबापत संकलित ४१ अर्ब रुपैयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३ र ७४ को बजेटमा पूर्वाधार विकास कर दिने […]