विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस कोभिड १९ को सन्त्रास अब प्रायः सबै मानिसको घरआँगनमा परिचित भइसकेको छ । सन् २०१९ को नोभेम्बरबाट चीनमा देखिएको कोरोना भाइरस कोभिड १९ क्रमिकरुपमा युरोप, अमेरिका हुँदै दक्षिण एसिया र पछि गएर दक्षिणी पूर्वी एसिया तथा अष्ट्रेलियासम्म फैलिएको छ । यस महामारीले समाजका हरेक तहतप्काका मानिसलाई असर पुर्याउँदै आएको […]
Author: Nonstop Khabar
पुष्पलालको ४२ औँ स्मृति दिवस मनाईँदै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२ औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले जानकारी दिए । उनका अनुसार स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ । […]
खासा नजिकैको केरुङ छ्यो तालको पानीको सतह एक मिटर घट्यो
सिन्धुपाल्चोक । खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबर सार्वजानिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो। चीनको न्यालम र खासा क्षेत्रका वैदेशिक विभागले वर्षा रोकिएपछि तालको सतह एक मिटर घटेको जानकारी आफूलाई […]
बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगायो
ताप्लेजुङ । अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ। फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए। उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो। बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा ओहोरदोहोर गर्न बन्द भएको […]
विषालु सर्पले राति सुतेको बेला टोकेर मृत्यु
महाेत्तरी । विषालु सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ। महोत्तरीकाे भंगहा नगरपालिका ५ सिद्धपुरका ४५ वर्षीय शम्भु माझी सरदारको बुधबार बिहान सर्पको टोकाइबाट मृत्यु भएको हाे । शारीरिक अपांगता भएका शम्भुलाई मंगलबार राति घरमै सुतेको बेला विषालु सर्पले टोकेको परिवारका सदस्यहरुले बताएका छन्। सर्पको टोकाइबाट सिकिस्त बनेका उनलाई उपचारको लागि बर्दिबास लगिएको थियो। त्यहाँ […]
त्रिभुवन विश्वविद्यालयले गर्यो आजबाट क्याम्पसहरु खोल्ने निर्णय
काठमाडौं, ७ साउन । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक÷कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ […]
नेपालका पुराना कम्युनिस्ट नेता थवाङका बरमन बुढाको निधन
काठमाडौं, ७ साउन । नेपालका पुराना कम्युनिस्ट नेता बरमन बुढाको निधन भएको छ । रोल्पाको थवाङ घर भएका नेता बुढाकाे राजधानीकाे एक अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे हाे । ९० वर्षका नेता बुढालाइ उपचारका लागि ललितपुरको पाटन अस्पतालमा भर्ना गरिएकाे थियाे । उनकाे बुधबार बिहान निधन भएको हो । आन्द्रामा क्यान्सर भएका उनको एक वर्षदेखि […]
अक्सफोर्डका वैज्ञानिकले कोरोना भ्याक्सिन बनाएपछि आपतकालीन प्रेस मिट गर्दै डब्ल्यूएचओले दियो बधाइ
काठमाडौं, ६ साउन । अक्सफाेर्ड विश्वविद्यालयका वैज्ञानिकले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बधाइ दिएकाे छ । जेनेभामा अापतकालीन प्रेस मिट गर्दै डब्ल्यूएचओले यसबाट सकारात्मक परिणाम प्राप्त भएको भएकाे जनाउँदै यसलाई स्वागत गरेको हाे । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई बधाइसमेत दिँदै डब्ल्यूएचओले भ्याक्सिन बने पनि फैलिँदो संक्रमणका विरुद्ध लड्नका लागि अझै धेरै […]
अनेसासको अध्यक्षमा पौडेल निर्विरोध निर्वाचित
टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिको सन् २०२० देखि २०२२ सम्मको दुई वर्षे कार्यकालका लागि प्रकाश पौडेल ’माइला’ (जापान) को नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । यस अघि वरिष्ठ उपाध्यक्ष रहेका माइला अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अनेसासको निर्वाचन कमिटीले सोमबार साँझ अनलाईनमार्फत नतिजा घोषणा गरेको हो । शुक्रबार, शनिवार र […]
राजधानीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगेहात पक्राउ
काठमाडौं, ५ असार । अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले राजधानीकै एक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाइ सेवाग्राहीबाट घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेकाे छ । विकास निर्माणकाे काम सम्पन्न भएकाे भुक्तानी दिएवापत लाख बढी घुस मागेकाे खुलेपछि अख्तियारले उनलाइ निगरानी राखेर पक्राउ गरेकाे बताइएकाे छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी छन् […]











