विषालु सर्पले राति सुतेको बेला टोकेर मृत्यु

महाेत्तरी । विषालु सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ। महोत्तरीकाे भंगहा नगरपालिका ५ सिद्धपुरका ४५ वर्षीय शम्भु माझी सरदारको बुधबार बिहान सर्पको टोकाइबाट मृत्यु भएको हाे ।

शारीरिक अपांगता भएका शम्भुलाई मंगलबार राति घरमै सुतेको बेला विषालु सर्पले टोकेको परिवारका सदस्यहरुले बताएका छन्। सर्पको टोकाइबाट सिकिस्त बनेका उनलाई उपचारको लागि बर्दिबास लगिएको थियो।

त्यहाँ उपचार सम्भव नहुँदा सर्पदंश उपचार केन्द्र बन्दिपुर लगिएका उनको उपचारकै क्रममा मृत्यु भएको थियाे ।

Loading...