हुम्ला । लकाडाउनको लामो समयपछि शुरु भएको हवाई सेवालाई अझै आमनागरिकको पहुँचमा पुगाउनको लागि हुम्लामा पहिलो पटक माउन्टेन फ्लाइट शुरु गरिएको छ । कोरोनाको कहरले बाहिरी पर्यटक नआएपछि केही मात्रामा भए पनि आन्तरिक पर्यटनबाट लाभ लिनका हुम्लामा पहिलो पटक पर्यटन प्रबद्र्धनका लागि माउन्टेन फ्लाईट शुरु गरिएको पर्यटन व्यवसायी विजय लामाले जानकारी दिएका छन् । मंगलबार […]
Author: Nonstop Khabar
एसिडको बिक्रि वितरण तथा आक्रमण सम्बन्धी अध्यादेश पारित
काठमाडौँ । सरकारले एसिडको बिक्रि वितरण तथा त्यसको आक्रमण सम्बन्धी कसुरलाई नियमन गर्न अध्यादेश पारित गरेको छ। बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एसिडको बिक्री वितरणलाई व्यवस्थित गर्ने तथा आक्रमणका घटनालाई नियमन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। कानुन न्याय तथा संसदीय मामिला […]
चिनियाँ जलक्षेत्रनजिक पुगेका बेला अमेरिकी जासुसी विमानले हेक्सकोड बदल्यो
एजेन्सी । एउटा अमेरिकी जासुसी विमानले फिलिपिन्सको विमानजस्तो देखिनेगरी आफ्नो हेक्स कोड परिवर्तन गरेको छ। बेइजिङस्थित साउथ चाइना सी स्ट्रटेजिक सिचुएसन प्रोबिङ इनिसियटिभ र एयरक्राफ्ट स्पट्स नामक संस्थाका अनुसार सो विमानले पित सागरमाथि उडिरहेको बेला हेक्स कोड परिवर्तन गरेको हो। इन्टरनेसनल सिभिल एभियसन अर्गजनाइजेसनले सबै विमानलाई परिचयका रुपमा हेक्स कोड दिने गर्छ। जसलाई बदल्न पाइँदैन। […]
बिहीबार १४९७ जना कोरोना संक्रमित थपिए, आधा बढी उपत्यकामै भेटिए
काठमाडौं, ८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये सबैभन्दा बढी काेराेना संक्रमित उपत्यकामा नै देखा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा बिहीबार अनुसार ७५५ जना संक्रमित फेला परेकाे जनाएकाे छ । त्यसमध्ये पनि सबैभन्दा बढी संक्रमित काठमाडाै जिल्लामा छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं […]
विद्यालय शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहमा गएमात्रै दिगो विकास लक्ष्य पूरा हुने
काठमाडौं । दिगो विकास लक्ष्य–४ (एसडिजि गोल–४)का लक्ष्य पुरा गर्न संविधानतः विद्यालय शिक्षाका अधिकार स्थानीय तहमा हस्तान्तरण हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । स्थानीय तहमा कार्यान्वयनमा नलगेसम्म एसडिजिका लक्ष्य पुरा नहुनेमा उनीहरुको जोड थियो । दिगो विकास लक्ष्य सप्ताहाका अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसिइ)ले आयोजना गरेको ‘दिगो विकास लक्ष्य ४ को राष्ट्रिय प्रारुप कार्यान्वयन कसरी […]
त्रिविका सबै परीक्षा छठलगत्तै सञ्चालन गर्ने तयारी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो । त्रिविले विद्यार्थीलाई पायक पर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक […]
नेपाल-चीनका बीच हराएको भनिएको ११ नम्बर सीमास्तम्भ भेटियो
हुम्ला । नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । लामो समयदेखि हराएको भनिएको उक्त पिलर हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार भेटाएकाे हाे । ११ नम्बर सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा भेटिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । उनले पिलर खाेज्दै जाँदा हिउँ र माटोले पुरिएको अवस्थामा […]
पहिरोमा परेर एकै पाँचजनाको मृत्यु, ४ वेपत्ता
स्याङ्जा, ८ असाेज ।घरका स्याङजामा पहिरो जाँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका– १४ तमादीमा पहिराे गएकाे हाे । मृत्यु हुनेमा घरधनी माया नेपाली, दीपक नेपाली, सेनी नेपाली, जीवन नेपाली र उमा नेपाली छन् । उमा उक्त घरमा पाहुना बस्न गएकाे बताइएकाे छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्र […]
बुटवलको एक होटेलमा एक व्यक्ति मृत अवस्थामा फेला
बुटवल, ७ असाेज । बुटवल उप-महानगरपालिका-९ ईट्टाभट्टी स्थित मनिषा होटेलमा एक ब्यक्ती मृत अवस्थामा फेला परेका छन । स्याङजा भिरकोट गाउपालिका-२ बस्ने ४८ बर्षका राजन खाँण भारत जाने भनि उक्त होटलमा बास बसेकोमा आज बिहान मृत अवस्थामा फेला परेका हुन । अनुसन्धान गर्ने क्रममा खांणले पेट सम्बन्धी औषधी सेबन गर्ने बताईएको छ । उनकाे शव […]
फिल्म सुटिङका लागि टम क्रुज अन्तरिक्षमा जाँदै
काठमाडौं, ७ असोज । हलिउड चलचित्रमा हामीले धेरैपटक विभिन्न अभिनेता अन्तरिक्षमा गएको देखेका छौं। तर उनीहरु वास्तविक जीवनमा भने अन्तरिक्षमा पुगेका थिएनन्। चर्चित हलिउड अभिनेता टम क्रुज भने अब साँच्चिकै चलचित्र सुटिङका लागि अन्तरिक्षमा जाने भएका छन्। एलन मस्कको स्पेसएक्स कम्पनीसँग टम क्रुज अन्तरिक्षमा जाने विषय सहमति भइसकेको छ। सन् २०२१ मा टम क्रुज अन्तरिक्षमा […]











