पहिरोमा परेर एकै  पाँचजनाको मृत्यु, ४ वेपत्ता

स्याङ्जा, ८ असाेज ।घरका स्याङजामा पहिरो जाँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका– १४ तमादीमा पहिराे गएकाे हाे ।

मृत्यु हुनेमा घरधनी माया नेपाली, दीपक नेपाली, सेनी नेपाली, जीवन नेपाली र उमा नेपाली छन् । उमा उक्त घरमा पाहुना बस्न गएकाे बताइएकाे छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले पहिरोमा परी अझै ४ जना बेपत्ता रहेको जानकारी दिएका छन् ।

पहिराेबाट माया नेपालीकी छोरी मनिषाको जीवितै उद्धार गरिएकाे छ । उनकाे उपचारका लागि वालिङ अस्पताल पठाइएको छ । त्यसैगरी स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतमडाँडाका १६ वर्षीय विष्णु दमाईको पनि पहिरोमा परी मृत्यु भएको छ ।

Loading...