बुटवलको एक होटेलमा एक व्यक्ति मृत अवस्थामा फेला

बुटवल, ७ असाेज । बुटवल उप-महानगरपालिका-९ ईट्टाभट्टी स्थित मनिषा होटेलमा एक ब्यक्ती मृत अवस्थामा फेला परेका छन ।

स्याङजा भिरकोट गाउपालिका-२ बस्ने ४८ बर्षका राजन खाँण भारत जाने भनि उक्त होटलमा बास बसेकोमा आज बिहान मृत अवस्थामा फेला परेका हुन । अनुसन्धान गर्ने क्रममा खांणले पेट सम्बन्धी औषधी सेबन गर्ने बताईएको छ ।

उनकाे शव पोष्ट मार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

Loading...