एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा नापोलीले बेनेवेन्तोलाई २-१ ले पराजित गर्यो । उक्त खेलमा एउटा यस्तो संयोग थियो कि खेलमा एकै घरका दुई दाजुभाइ परस्पर विपरित टिमबाट खेलिरहेका थिए । संयोगले दुबै दाजुभाइले आआफ्नो टिमका लागि गोल पनि गरे तर अन्तिममा जित दाइको टिमको भयो । ३० औँ मिनेटमा […]
Author: Nonstop Khabar
दशैंको मुखमा टाउकोमा बञ्चरो हिर्काएर छोराले गरे आमाको हत्या
कञ्चनपुर । घरायसी विवादमा पुनर्वास नगरपालिका –३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन्। साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँंगै टाउकामा बञ्चराले हिर्काउँदा उपचारका क्रममा सेती प्रादेशिक अस्पताल […]
अचेल मलाई फूलहरुसँग रिस उठ्छ
मलाई अचेल, फूलहरुसँग रिस उठ्छ अर्थात बगैचाका फूलहरुसंग किनकि, मान्छे देख्नै हुँदैन मुस्कुराईदिन्छन बेमतलव ।। के काम छ र यी फूलहरूको न त भोक टर्छ न न्यानो दिन्छन फूलहरुले घरदेखी परसम्म, मन्दिरदेखी मसानसम्म पिछा नछाड्ने फूलहरू कोरोना भाईरस जस्तै छन हेर्दै भयानक र डरलाग्दा ।। फूलहरूले त, सुवास दिनु पर्ने हो खुसीमा मुस्कुराउनु पर्ने हो […]
चितवनमा कोरोनाबाट थप दुईजनाको मृत्यु
चितवन । कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको कोरोनाबाट ज्यान गएको हो। चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका सङ्क्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। निमोनियाका बिरामी उनलाई कात्तिक […]
दशैंका अवसरमा कांग्रेसले यो वर्ष चियापान नगर्ने
काठमाडौँ । नेपाली कांग्रेसद्वारा कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह यस वर्ष नहुने भएको छ। कोभिड—१९ का कारण यो वर्ष उक्त कार्यक्रम आयोजना नगरिने निर्णय भएको कांग्रेसले जानकारी दिएको छ। वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले […]
जनार्दन शर्मासहित परिवारका तीन जनालाई कोरोना संक्रमण
काठमाडौँ । पूर्वमन्त्री जनादर्न शर्मालाई कोरोना संक्रमण भएको छ। नेकपाका नेता शर्माले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। उनले आफूसँग केही समय यता सम्पर्कमा आएका व्यक्तिलाई कोरोना परीक्षण गरी ढुक्क रहन आग्रह गरेका छन्। नेता शर्माकी श्रीमतीलाई पनि कोरोना संक्रमण भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । साथै शर्माका भाई तथा नेकपाका नेता […]
देशभर २२२५ जना कोरोना संक्रमित भेटिँदा उपत्यकामा १११० जनामा संक्रमण पुष्टि
काठमाडौं, ८ कार्तिक । पछिल्लो २४ घन्टामा थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १३,८४६ जनाको नमूना परीक्षण गर्दा २२२५ जना संक्रमित देखिएका हुन् । स्वास्थ्य मन्त्रालयले शनिवार भेटिएका संक्रमित मध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको जनाएको छ । शनिवार उपत्यकामा १११० जना संक्रमित भेटिएका छन् […]
राजेश हमाल अभिनित ‘जुनमा हेरूँ तिमीलाई’ (भिडियो)
काठमाडौं । गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका भुटानी नेपाली गीतकार गोपाल लोहारको रहको छ। गीतमा संगीत वरिस्ठ संगीतकार सुरेश अधिकारीको रहेको छ। यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन्। चलचित्र देउतामा समावेश ‘अब यो […]
देशभर ४४९९ जनामा संक्रमण, उपत्यकामा मात्र २७२०
काठमाडौं, ७ कार्तिक । शुक्रबार नेपालमा थप ४४९९ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १६८६३ नमूना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुष गरी ४४९९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो। संक्रमित मध्ये सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामै रहेका छन् । उपत्यकामा शुक्रबार २७२० जनामा संक्रमण […]
सत्तारुढ नेकपाका दुई समूहबीच झडप, जिल्ला सदस्यको मृत्यु
काठमाडौं, ७ कार्तिक । पर्सामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा दूई समूहवीच झड्प हुँदा पार्टी जिल्ला सदस्यको मृत्यु भएको छ। पर्साको विन्दवासिनी गाउँपालिका–५मा बिहीबार आयोजित शपथग्रहण कार्यक्रममा झड्प हुँदा घाइते भएका सोही गाउँपालिकाका सचिव तथा जिल्ला समिति सदस्य मुकेश चौरसियाको शुक्रबार उपचारका क्रममा मृत्यु भएको हो। गाउँपालिकाको शपथग्रहण कार्यक्रममा केही व्यक्ति प्रवेश गरी व्यानर […]











