सबैभन्दा कम तापक्रम जुम्लामा, न्यूनतम तापक्रम १ डिग्रीभन्दा पनि तल

जुम्ला । यस वर्षको सबैभन्दा कम तापक्रम मापन गरिएको छ । देशभरमा सबैभन्दा कम तापक्रम जुम्लामा रेकर्ड भएको मौसमविदले जनाएका छन् । तापक्रम घटेसँगै चिसो बढिरहेको छ । केही दिनमा अझै तापक्रम घट्ने र चिसो बढ्ने मौसमविदले जनाएका छन् । जुम्लामा बिहीबार न्यूनतम तापक्रम १ डिग्रीभन्दा पनि तल अर्थात् ०.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान […]

नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ। कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन्। नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रशिक्षणमा ३० […]

चेला र सिङमच्छिउ सामुदायिक वनमा भीषण आगलागी

सिमकोट । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ। चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन्। बिहीबार दिउँसो १२ बजेतिर लागेको आगो प्रहरी र स्थानीयवासीको सहयोगमा साँझतिर नियन्त्रणमा आएको थियो। सुख्खा मौसम शुरु भएसँगै हुम्लामा आगलागीका घटना […]

रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादसैँ समापन हुँदै

काठमाडौँ । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादसैँ समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ। शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै हुनेछ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप […]

कोरोनाबाट मृत्यु पहिलो हुम्ली कालु सिंह 

हुम्ला । पहिलो पटक कोरोनाबाट हुम्लीको मृत्यु भएको छ । उनी लामो समयदेखि स्वास्थ्यकर्मीका रुपमा बीर अस्पताल काठमाडोंमा कार्यरत थिए ।   लामो समयदेखि स्वास्थ्यकर्मीको रुपमा कार्यरत हुम्ला खार्पुनाथ गाउँपालिका वडा नं १ प्युस गाउँका कालु सिंहको कात्तिक ११ गते बिहान ५ बजे कोरोनाका कारण मृत्यु भएको जानकारी खार्पुनाथ १ प्युस गाउँका स्थानीयबासी तथा मानसरोवर […]

खस भाषाको पहिलो टेलिशृङ्खला भागा-भाग (भिडियो )

आजभोलि दिनप्रतिदिन नयाँ-नयाँ हास्य टेलिशृङ्खलाहरु प्रसस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरुमा आउने क्रममा छन्। जसमध्ये एक हो अर्को के छ खबर टि.भि. (K Chha Khabar TV)ले उत्पादन गरेको खस भाषाको पहिलो टेलिशृङ्खला “भागा-भाग”। उक्त खस भाषाकाे पहिलाे टेलि शृङ्खला “भागा-भाग” मा समाजको सत्यतथ्य र वास्तविकतालाई चिरोफारो गर्दै विद्यामान समस्याहरुको समधान गर्ने उदेश्य अनुसार ब्याङ्गात्मक शैलिमा […]

बाँदरलाई हानेको बन्दुकको गोली लाग्दा वृद्धको मृत्यु

झिमरुक । प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लाग्दा सोमबार एक वृद्धको मृत्यु भएको छ । घटनामा नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले सोमबार बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकको गोली नातामा काका पर्ने दलबहादुरलाई लागेको थियो। बन्दुक […]

भेडा/च्याङ्ग्रा चराउन चीन पुग्छन् नेपाली

काठमाडौं । बझाङको हिमाली भेग साइपाल क्षेत्रका किसानको भेडा/च्याङ्ग्रा मासुका रूपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन भएको छ। कुनै बेला खाद्यान्न ढुवानीमा बढी प्रयोग हुने च्याङ्ग्राहरू विगत पाँच वर्षयता काठमाडौँ, पोखरा लगायतका शहरमा चाडपर्वका बेला बिक्री हुन थालेपछि साइपाल गाउँपालिकामा व्यावसायिक रूपमा भेडा/च्याङ्ग्रा पाल्ने क्रम बढेको छ। यसबाट किसानले मनग्य आम्नादी गर्न थालेका छन्। […]

१२ सय वर्ष पुरानो गुम्बा व्यवस्थापनको तितो व्यथा सुन्ने कसले ?

हुम्ला । लाग्छ बाहिरबाट हेर्दा यो गुम्बा नेपालको आफैमा एक अनमोल र ऐतिहासिक सम्पदा हो तर होइन रहेछ राज्यले नाम मात्र दिएर काम नदिएको लामो व्यथा र कथा पनि रहेको छ । यो हो हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं ६, हल्जी गाउँमा अवस्थित करीब १२ वर्ष पुरानो गुम्बा व्यवस्थापनको मार्मिक कथा ? असोजमहिनाको पारिलो […]

दसैँको टीकाको साइत आज बिहान १० बजेर १९ मिनेटमा

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व सोमबार हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मनाइन्छ । नेपाल […]