काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका खेल्दैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपराह्न २ बजे सुरु हुनेछ । आर्मी चन्द्रपुरलाई हराएर उपाधि दाबेदार अर्को टोली एपीएफलाई दबाबमा राख्न चाहन्छ । ९ खेल खेलेको आर्मी २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एपीएफ २७ अंक जोडेर शीर्ष […]
Author: Nonstop Khabar
दुई करोड हिनामिना आरोपमा प्राविधिक सहायक निलम्बित
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा रु दुई करोड बराबरको रकम अनियमितता गरेको भन्दै निलम्बन गरिएको छ । निलम्बन नगरेको खण्डमा […]
कुस्ती केन्द्रमा गोली हानाहान हुँदा पाँचको मृत्यु, थुप्रै घाइते
काठमाडौं । भारतको हरियाणास्थित रोहतकमा शुक्रबार राति गोली हानेर ५ जनाको हत्या गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय एक निजी कलेजनजिक रहेको कुस्ती केन्द्रमा गोलाबारी भएको हो। घटनामा ५ जनाको मृत्यु भएको छ भने अन्य धेरै व्यक्ति घाइते भएका छन्। जसमध्ये २ जनाको अवस्था गम्भीर छ। रोहतक रेन्जका आईजी सन्दीप खिरवारका अनुसार फरेन्सिक विशेषज्ञ र […]
मुख्यमन्त्री कार्यालयको कारको ठक्करले टेम्पो चालकको मृत्यु
लहान, १ फागुन । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चोकमा प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स १ ह ३०४३ नम्बरको टेम्पोलाई शुक्रबार ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ […]
राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लव र चन्द्रपुर नगरपालिका भिड्दै
काठमाडौँ । काठमाडौँमा जारी राष्ट्रिय महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लव र चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्दैछन् । खेल अपराह्न २ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । पुलिस चन्द्रपुरलाई हराउँदै तेस्रो स्थानको वालिङसँग अंक बराबरी गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ । पुलिस ११ अंकसहित चौथो स्थानमा छ । ६ अंक जोडेर छैटौँ स्थानमा रहेको चन्द्रपुर […]
एकसाथ सय बढी सवारी दुर्घटना हुँदा अमेरिकामा ६ जनाको मृत्यु
टेक्सास । अमेरिकाको टेक्सास राज्यमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । बरफ जमेर सडक चिप्लो भएका कारणले दुर्घटना भएको बताइएको छ । स्थानीय समयअनुसार बिहान ६ बजेतिर भएको दुर्घटनाका कारण दर्जनौं मानिसहरू आफ्नो सवारीभित्रै थुनिएका थिए । दुर्घटनामा घाइते भएका ३६ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको […]
आज देशभर सार्वजनिक विदा, सोनाम ल्होसार मनाइदै
काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, […]
यसपटक असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी
काठमाडौं । सरकारले यसपटक विद्यालय तहको शैक्षिक सत्र १ असारबाट सुरु गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ संशोधन स्विकृति दिएपछि मन्त्रालयले काम अघि बढाएको हो । यसअघि सधै १ वैशाखमा सुरु हुने शैक्षिक सत्र कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दुई महिनापछि धकेलिने लगभग निश्चित प्रायः भएको हो । शिक्षा […]
वरिष्ठ साहित्यकार प्रश्रितद्वारा ‘स्मृतिमा प्रेमनारायण प्रेमी’ विमोचन
काठमाडौं, २९ माघ । ‘स्मृतिमा प्रेम नारायण प्रेमी’ स्मृतिग्रन्थ –२०७७ पुस्तक बिमोचन भएको छ । आज रिपोर्टस् क्लब नेपालमा पुर्व शिक्षामन्त्री समेत रहेका वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले पुस्तक बिमोचन गरेका हुन् । ६७२ पृष्ठको पुस्तकमा ओखलढुगांका पुराना कम्युनिष्ट नेता प्रेम नारायण पे्रमीका योगदानहरु उल्लेख छन् । उनी पत्रकारीतामा समेत सक्रिय थिए । पुस्तकमा प्रेमीलाई चिन्ने […]
कोरोनाले अमेरिकामा मृत्यु हुने ४ लाख ७९ हजार नाघे
काठमाडौँ । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २६५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ७९ हजार ७७२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९५ हजार ५४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै […]











