त्रिभुवन आर्मी र चन्द्रपुर नगरपालिका राष्ट्रिय महिला लिगमा आज भिड्दै

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका खेल्दैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपराह्न २ बजे सुरु हुनेछ । आर्मी चन्द्रपुरलाई हराएर उपाधि दाबेदार अर्को टोली एपीएफलाई दबाबमा राख्न चाहन्छ ।

९ खेल खेलेको आर्मी २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एपीएफ २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । ६ अंक जोडेर छैटौं स्थानमा रहेको चन्द्रपुर आर्मीलाई हराएर चन्द्रपुर अंक तालिका सुधार गर्न चाहन्छ ।

Loading...