ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेमा ट्रकले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ ।

साइकलमा यात्रा गरिरहेका मोरङको लेटाङ नगरपालिका–२ का ६७ वर्षीय रत्नबहादुर श्रेष्ठलाई ना ३ ख ५६९१ नम्बरको ट्रकले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

Loading...