१३ उपसचिवको काज सरुवा

काठमाडौं । गृह मन्त्रालयले १३ उपसचिवको काज सरुवा गरेको छ । गृह मन्त्रालयमा रहेका उपसचिव श्रीधर केसी सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएका छन् । लक्ष्मण ढकाल कारागार व्यवस्थापन विभागमा, मोहनप्रसाद अर्याल इलाका प्रहरी कार्यालय सिमरामा, बासुदेव घिमिरे राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, हरिप्रसाद पन्त जिल्ला प्रशासन कार्यालय ललितपुरमा, ललितकुमार बस्नेत राष्ट्रिय परिचयपत्र तथा […]

रुबिनाको कप्तानीमा राष्ट्रिय महिला क्रिकेट टिम घोषणा

काठमाडौँ । रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले बुधबार मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा रहेको टोलीमा क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । नेपालले आईसीसी महिला टी ट्वान्टी विश्वकपको एसियाली छनोट खेल्नेछ । प्रशिक्षक टमाटाले २४ जना खेलाडीबाट अन्तिम १४ जना […]

इन्डोनेसियाकी पूर्वराष्ट्रपति सुकार्नोकी छोरी हिन्दू बनिन्

जाकार्ता । इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले मुस्लिम धर्म परिवर्तन गरेर हिन्दू बनेकी छन् । मंगलवार बालीस्थित सुकार्नो सेन्टर हेरिटेजमा आयोजित एक कार्यक्रमबीच कर्मकाण्ड गरी हिन्दू धर्ममा प्रवेश गरेकी हुन् । उनलाई हिन्दू बन्न तत्कालिन हजुरआमा इडा आयु नोम्यान राई स्रिम्बेनको मुख्य प्रभाव रहेको सीएनएनले जनाएको छ । सुकमावतीलाई हिन्दू धर्मबारे पर्याप्त ज्ञान […]

शिक्षकको पदपूर्ति छिट्टै: आयोग

काठमाडौं । शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको प्रक्रिया छिट्टै अगाडि बढाउने भएको हो । आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले आफूहरू नयाँ पदपूर्ति प्रक्रियाकै तयारीमा रहेकाले नयाँ विज्ञापन तत्काल खोलिने जानकारी दिनुभयो । उहाँका अनुसार, […]

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै

काठमाडौं । बाग्मती प्रदेशसभाको आज ९बुधबार० बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । सभामा विश्वासको मतका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । विश्वासको मतसम्बन्धी मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ । गत असोज २४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव […]

भोलिदेखि नेपाल–भारत द्विपक्षीय परामर्श समूहको बैठक बस्ने

काठमाडौं । नेपाल–भारत द्विपक्षीय परामर्श समूह (एनआइबीसीजीएसआइ) को १४औँ बैठक भोलिदेखि भारतको बेंगलुरुमा शुरू हुँदैछ । उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा रक्षा मन्त्रालयका प्रतिनिधि र नेपाली सेनसहितको टोली आजै त्यसतर्फ जाने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल तथा भारतबीच सुरक्षासम्बन्धी विषयमा नियमित रुपमा छलफल गर्ने उद्देश्यले सन् २००३ मा उक्त […]

‘दोहोरी च्याम्पियन’को फाइनल पोखरामा हुने

काठमाडाैं । रियालिटी सो ‘दोहोरी च्याम्पियन’को अन्तिम स्पर्धा आगामी शनिबार पोखरामा आयोजना हुँदैछ । बाराही घाटमा आयोजना हुने फाइनल स्पर्धामा दुई टिम उपाधिका लागि भिड्दैछन् । फाइनलमा पुगेको टिममा एक प्रकाश पराजुली र मीना बुढाथोकीको टीम रहेको छ, भने अर्काे बालचन्द्र बराल र शोभा कार्कीको टीम रहेको छ । यी मध्ये विजेताले शीर्ष उपाधि उठाउने […]

कर्णालीमा अध्यादेशबाटै लोकसेवा आयोग ऐन संशोधन

सुर्खेत । कर्णाली प्रदेशमा लोकसेवा आयोग ऐन संशोधन गर्न पनि अध्यादेशको बाटो रोजिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा प्रमंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश लोकसेवा आयोग ऐन २०७५ संशोधन गर्न बनेको अध्यादेश –२०७९ जारी गरेका हुन् । प्रदेश सरकारले कार्तिक ७ गते ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो। […]

जाजरकोटमा नेपाली सेनाले बनायो रातमा पनि अवतरण गर्ने मिल्ने हेलिप्याड

जाजरकोट । जाजरकोटमा नेपाली सेनाले रातमा पनि हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ । सेनाको चन्दननाथ गणले श्रमदानसहित नौ लाखमा उक्त रात्रीकालीन हेलिप्याड निर्माण गरेको हो । चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेका अनुसार भेरी नगरपालिकाको सहकार्यमा हेलिप्याड निर्माण गरिएको हो । पटकपटक बाढी पहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएको […]

बार सल्लाहकार समितिले माग्यो प्रधानन्यायाधीशको राजीनामा

काठमाडौँ । नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेको छ । मंगलबार बसेको सल्लाहकार समितिको बैठकले न्यायालयको गरिमा जोगाउन नसकेको र न्याय सम्पादनमा आँच आएको भन्दै प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने निर्णय भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिए । ३७ सदस्यीय समिति बैठकमा धारणा राखेकामध्ये ३६ जनाले प्रधानन्यायाधीश राणाको राजीनामा मागेको […]