एजेन्सी । एसियाली मुलुक लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । सरकारले सूचना जारी गर्दै भौतिक उपस्थितिमै विद्यालयहरूमा पठनपाठन सुरु गर्न आह्वान गरेपछि देशभरका विद्यालयमा पढाइ सुरु भएको हो । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि भौतिक उपस्थितिमा पठनपाठन ठप्प भएकोमा सोमबारदेखि फेरि सूचारु भएको हो । महामारी नियन्त्रणसम्बन्धी सरकारी उच्च अधिकारीहरू, सरोकारवालाहरू […]
Author: Nonstop Khabar
कोलम्बियालाई हराउँदै ब्राजिल कतार विश्वकपका लागि छनोट
ब्राजिल कतारमा हुने फिफा विश्वकपका लागि छनोट भएको छ। शुक्रबार बिहान भएको दक्षिण अमेरिकी टोलीको छनोट खेलमा कोलम्बियालाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो। दक्षिण अमेरिकाबाट कतार विश्वकपका लागि छनोट हुने ब्राजिल पहिलो टोली हो। खेलको ७२ औं मिनेटमा ब्राजिलका लुकास पकेटाले निर्णायक गोल गरे। यससँगै १० टोली सामेल […]
अमेरिकी पत्रकारलाई म्यानमारमा एघार वर्ष जेल सजायको फैसला
एजेन्सी- म्यानमारको जुन्टा अदालतले शुक्रबार एक अमेरिकी पत्रकारलाई एघार वर्षको जेल सजाय सुनाएको छ । उनका वकिलहरुले गैरकानूनी संगत, सेनाविरुद्ध उक्साउने र भिसा नियम उल्लंघन गरेको लगायतका आरोपमा दोषी ठहर गर्दै उनलाई जेल सजायको फैसला सुनाएको जानकारी दिएका छन् । सेनाले गत फेब्रुअरीमा ‘कू’ गरी सत्ता लिएपछि प्रेसलाई पनि नियन्त्रणमा लिएको छ । सैन्य कूविरुद्ध […]
प्रधानन्यायाधीशमाथिका आरोप छानविन गर्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूको आह्वान
काठमाडौँ- नेपालमा न्यायिक स्वतन्त्रता र अखण्डता संकटमा परेको भन्दै तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले त्यसको रक्षा गर्न आह्वान गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभा र न्यूयोर्कबाट शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै इन्टरनेशनल कमिसन अफ जुरिस्ट, ह्यूमन राइट्स वाच र एम्नेष्टी इन्टरनेसनलले मानवअधिकार तथा विधिको शासन कायम न्यायपालिकाको स्वतन्त्रता र अखण्डताको रक्षा गर्न आह्वान गरेका हुन् । प्रधानन्यायाधीशमाथि […]
तरलता अभावको समस्या तत्काल समाधान गर्न महासंघका उपाध्यक्ष ढकालको आग्रह
भक्तपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् । ‘दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट थला परेको अर्थतन्त्र विस्तारै उठ्दैछ, मुलुकको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा देखिएको छ । यही समयमा बैंकिङ क्षेत्रमा […]
ईयूले बेलारुसविरुद्ध प्रतिबन्ध थप विस्तार गर्ने
बर्लिन– युरोपेली सङ्घले बेलारुस र त्यहाँ अवैध आप्रवासीहरू ओसारपसारमा संलग्न व्यक्ति र कम्पनीहरूमाथि क्षेत्रगत प्रतिबन्धहरूसहित अन्य प्रतिबन्धहरू विस्तार गर्ने भएको छ । कार्यवाहक विदेशमन्त्री हेको मासले बिहीबार जनाएअनुसार ईयूले बेलारुसका राष्ट्रपति अलेक्जेन्डरे लुकाशेन्कोको शासनविरुद्ध प्रतिबन्धहरू थप विस्तार गर्दै कडा बनाउने छ । मन्त्री मासले जर्मन संसद्लाई बताएअनुसार सोमबार ब्रसेल्समा परराष्ट्र मन्त्रिपरिषद्मा यसबारे निर्णय लिइने छ […]
मदिराको विज्ञापन तत्काल नहटाए कारबाही गर्ने चेतावनी
काठमाडौं । विज्ञापन बोर्डले मदिरा कम्पनीको विज्ञापन गर्ने र गराउनेलाई कारबाहीको चेतावनी दिएको छ । चाडपर्वको समयमा सर्वसाधारणको जनस्वास्थ्यमा असर पर्ने मदिरा तथा सुर्तीजन्य वस्तुको विज्ञापनले व्यापकता पाएपछि बोर्डले यस्तो चेतावनी दिएको हो । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने व्यवस्था […]
प्रहरी प्रधान कार्यालयले ग¥यो ९५ डीएसपीको सरुवा
काठमाडौं । प्रहरी प्रधान कार्यालयले आज विभिन्न क्षेत्रमा कार्यरत ९५ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आजको निर्णयानुसार उपत्यकासहित विभिन्न जिल्लामा कार्यरत प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीको मानव स्रोत तथा प्रशासन विभागले सूचना जारी गरी जनाएको छ। नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा अनन्तराम शर्मा, प्रहरीवृत्त कालीमाटीमा अनिलकुमार घिमिरे, नगर प्रहरी […]
प्रभु बैंकको शेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो । बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३ बजे)मा बैठक बसी धितोपत्र कारोबार तथा मूल्य प्रभावित पार्ने काम भएको भन्दै […]
ह्याकर पत्ता लगाउनेलाई अमेरिकाले एक करोड डलर दिने
काठमाडौँ – अमेरिकी सरकारले ह्याकर पत्ता लगाउनेलाई एक करोड डलर पुरस्कार दिने घोषणा गरेको छ । डार्कसाइड र्यानसमवेयरको कुनै पनि क्षेत्रको नेतृत्व गरिरहेको व्यक्ति अथवा उसका बारेमा कुनै पनि जानकारी दिने व्यक्तिका लागि अमेरिकी सरकारले यस्तो पुरुस्कारको घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । साथै यससँग सम्बन्धित व्यक्तिको कुनै देशमा गिरफ्तारी वा दोषी ठहरिने […]











