प्रहरी प्रधान कार्यालयले ग¥यो ९५ डीएसपीको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आज विभिन्न क्षेत्रमा कार्यरत ९५ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आजको निर्णयानुसार उपत्यकासहित विभिन्न जिल्लामा कार्यरत प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीको मानव स्रोत तथा प्रशासन विभागले सूचना जारी गरी जनाएको छ।

नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा अनन्तराम शर्मा, प्रहरीवृत्त कालीमाटीमा अनिलकुमार घिमिरे, नगर प्रहरी कार्यालय काठमाडौँमा कौशलकुमार बुढाथोकी, प्रहरीवृत्त बालाजुमा गौतम मिश्र र प्रहरीवृत्त थानकोटमा डिल्लीनारायण पाण्डेलाई सरुवा गरिएको छ।

यस्तै प्रहरीवृत्त दरबारमार्गमा विश्वराज खड्का, प्रहरीवृत्त जगाती भक्तपुरमा रामबहादुर केसी, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रामहरि पाण्डेलगायत अन्य प्रहरी नायब उपरीक्षकलाई विभिन्न जिल्ला तथा प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ।

Loading...