काठमाडौँ । योग गुरु बाबा रामदेवले पशुपतिनाथ मन्दिर क्षेत्रमा योग अभ्यास गराएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषको आयोजनमा रामदेवले मन्दिर परिसरस्थित हंस मण्डपमा योगाभ्यास गराएका हुन् । शिविरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पनि सहभागी थिए । शिविरमा योग गर्न चाहनेलाई निःशुल्क प्रवेश दिइएको […]
Author: Nonstop Khabar
नेपाल प्रहरीका १३ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शनिबार राति १३ जना इन्सपेक्टरलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिका सदस्य सचिव एआईजी विश्वराज पोखरेलकाअनुसार एक नम्बरमा अनिशकुमार कर्ण (साइबर ब्यूरो) सिफारिस भएका छन् । यस्तै […]
इजलास फर्केका पाँच न्यायाधीशद्वारा फेरि इजलासमा नबस्ने घोषणा
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै इजलास बहिस्कार गरेका मध्ये इजलासमा फर्किएका ५ जना न्यायाधीशहरु अब भने राजीनामा नआएसम्म इजलासमा नबस्ने भएका छन् । सर्वोच्च अदालतका ५ जना न्यायाधीश मंगलबार र बुधबार इजलासमा बसेका थिए । उनीहरुसँग बुधबार नेपाल बार एशोसिएशनले गरेको छलफलपछि उनीहरु पनि अब इजलासमा नबस्ने निष्कर्षमा पुगेका हुन् । सबै […]
महिला क्रिकेटलाई ऐतिहासिक शृंखला
काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीन टी–ट्वान्टी खेलको शृंखला जितेको छ । बुधबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई ६१ रनले पराजित गर्दै एक खेल अगावै शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो । योसँगै नेपालले पहिलो पटक खेलेको अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हात पारेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई एक […]
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, चार कम्पनीको शेयरमा सर्किट
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि दोहोरो अङ्कले बढेको छ । लगातार उकालो लागेको नेप्से परिसूचक बुधबारको वृद्धिसँगै पुनः दुई हजार ८०० को बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.९५ अङ्कले बढेर दुई हजार ८०१.५२ मा पुगेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५२५.४४ […]
अत्यधिक प्रदुषण बढेपछि दिल्लीका विद्यालय र कलेज अनिश्चितकालीन बन्द
काठमाडौँ । वायु प्रदूषण बढेपछि दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बुधबार यस्तो घोषणा गरेका हुन् । त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म सम्पूर्ण निर्माण कार्य नगर्न भनिएको छ । तर, यातायात र रक्षासम्बन्धी निर्माण कार्यका हकमा यो प्रतिबन्ध लागू हुने छैन् । दिल्लीमा एक सातादेखि सरकारी कर्मचारीले […]
मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदैछन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन् । गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत दिन सांसलाई ‘ह्वीप’ नै लगाएका छन् । विराटनगरको बिग होटलमा सांसदलाई सोमवार भेला गरेर ह्वीप जारी गरेका थिए । सोमबार नै प्रदेशको सत्तासाझेदार […]
स्विट्जरल्यान्ड र इंग्ल्यान्ड विश्वकप छनोट
काठमाडौं । स्विट्जरल्यान्ड र इंग्ल्यान्डले फिफा विश्वकप फुटबलमा स्थान पक्का गरेका छन् । युरोपियन छनोट अन्तर्गत सोमबार राति बुल्गेरियालाई ४-० गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड र सान मारिनोलाई १०-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो । यस जितसँगै स्विट्जरल्यान्डले समूह ‘सी’ बाट शीर्ष स्थानमा रहँदै विश्वकपको यात्रा पक्का गरेको हो । […]
चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द
काठमाडौँ । सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन फेरि बन्द भएको छ। यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अत्यधिक चाप भएकाले आवेदन बन्द गरिएको जनाएको छ। प्रणालीमा चाप व्यवस्थापनपछि फेरि अनलाइन आवेदन खुला हुने विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन्। कोरोनाका कारण गत वैशाख १६ गते बन्द भएको आवेदन असोज ८ गते खुलेको थियो।
८ एसपी, एसएसपीमा बढुवाका लागि सिफारिस
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका सुदिप राजभण्डारी, योगबहादुर पाललाई बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपी बिरुद्ध कुनै उजुरी नपरे उनीहरु स्वतः बढुवा हुनेछन् । गृहमन्त्रालयलेएसपी विकासराज खनाल,सुदिपराज भण्डारी, […]










