सरकार र मेडिकल सञ्चालकबीच पाँच बुँदे सहमति

काठमाडौँ । सरकार र मेडिकल कलेज सञ्चालकबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ । एमबीबीएस लगायतका स्नातक तहमा अध्ययनरत विद्यार्थीले सुनील शर्माको केएमसी र नोबेल कलेजले चर्को शुल्क असुल गरेको भन्दै आन्दोलन गरिरहेका बेला शिक्षा मन्त्रालयले शुक्रबार शिक्षामन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा सर्वपक्षीय बैठक गरेको थियो । चिकित्सा शिक्षा आयोग, मेडिकल कलेज सञ्चालक, विद्यार्थी र अभिभावकसहितको […]

नेपाल चेम्वर अफ कमर्सद्वारा अफगानिस्तानलाई सहयोग

काठमाडौँ । नेपाल चेम्वर अफ कमर्सले द्वन्द्वग्रस्त सार्क मुलुक अफगानिस्तानका जनताका लागि सहयोग प्रदान गरेको छ । कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको तर्फबाट अफगानिस्तानका जनताका लागि मानवीय सहयोगार्थ करिव २० लाख मूल्य वरावरको राहत सामाग्रीहरु परराष्ट्र मन्त्री डा. नारायण खडकालाई हस्तान्तरण गरेका छन् । उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको पुनित कार्यमा सहभागी हुन चेम्वरलाई […]

बतासको बचाउमा उद्योग वाणिज्य महासंघ

काठमाडौं । नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धी विवादमा आएको बतास अर्गनाइजेसनको बचाउमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) पनि अघि सरेको छ । शुक्रबार महासंघले बतास अर्गनाइजेनप्रति सञ्चार माध्यमबाट एकतर्फी रुपमा चरित्र हत्या र मान मर्दन भएको भन्दै विज्ञप्ति निकालेको हो । ‘नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहार, चरित्र हत्या र मान […]

आईएमएफले स्वीकृत गर्‍यो नेपालले लिने ४६ अर्ब ७० करोड ऋण

काठमाडौ । अन्तर्राष्ट्रिय मुद्रा कोषले (आईएमएफ)मार्फत नेपालको लागि २८२.४२ मिलियन एसडीआर (३९५.९ मिलियन अमेरिकी डलर करिब रू.४६ अर्ब ७० करोड) बराबरको शून्य ब्याज दरको सहुलियतपूर्ण क्रण स्वीकृत गरेको छ । उक्त क्रण सहायतामध्ये ११० मिलियन अमेरिकी डलर बराबर रकम तत्काल पहिलो किस्तामा प्राप्त हुनेछ र बाँकी रकम विभिन्न किस्तामा क्रमशः प्राप्त हुने अर्थ मन्त्रालयले जनाएको […]

काठमाडौँ । तालिवानले अगस्टमा सत्तापलट गरेपछि पहिलो पटक बजेट सार्वजनिक गरेको छ । तर, बजेटमा विदेशी सहयोगबारे केही उल्लेख गरिएको छैन। सरकारले बुधबार सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी (५० करोड ८० लाख डलर) अनुमोदन गरेको हो । सम्पूर्ण खर्च सरकारी संस्थाहरुबाट बेहोर्ने जनाएको छ । महिनौंदेखि तलब नपाएका कर्मचारीहरुले […]

मेडिकल कलेजले शक्ति केन्द्र धाएर छुट पाउँदैनन् : शिक्षामन्त्री पौडेल

२९ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुले कुनै शक्तिकेन्द्र धाएर छुट नपाउने बताएका छन् । बिहीबार विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँगको छलफलमा उनले जथाभावी शुल्क उठाउने मेडिकल कलेजहरुले शक्ति केन्द्र धाएर कानुन विपरीतको काममा छुट नपाउने बताए । ‘नियम विपरीत काम कसैबाट भएको रहेछ र […]

साउथ फिल्म ‘थिरिमाली’ को ट्रेलरमा स्वस्तिमाको ठुम्का

काठमाडौं, ३० पुस । नेपालमा छायांकन भएको साउथ (मलयालम) फिल्म ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४१ सेकेन्ड लम्बाईको ट्रेलरमा नेपाली अभिनेत्री स्वस्तिमा खड्का र कलाकार माओत्से गुरुङलाई देख्न सकिन्छ । ट्रेलरमा स्वस्तिमाको आइटम डान्स समावेश छ । फिल्ममा उनी एक आइटम गीतमा मात्र देखिनेछिन् भने माओत्सेको महत्त्वपूर्ण भूमिका रहेको जानकारी प्राप्त […]

एमालेको नयाँ कीर्तिमान

काठमाडौं, ३० पुस । प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो । त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको थियो । त्यस अवरोधलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समेत […]

निर्वाचन आयोगमा आज सर्वदलीय बैठक : राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनबारे छलफल हुने

काठमाडौं, ३० पुस । निर्वाचन आयोगको आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाइएको हो । ‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । उनका अनुसार संघीय संसद, प्रदेश संसद […]

६ वर्षीया बालिकामाथि जबरजस्ती करणी, आरोपीलाई जन्मकैदको फैसला

रसुवा, ३० पुस । रसुवामा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेका एक युवालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भई हाल रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ धुन्चेमा बस्ने वर्ष २२ का यमप्रसाद भट्टराईलाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो । बिहीबार जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले भट्टराईलाई जन्मकैदको […]