दैनिक करिब ५ घण्टा मोबाइलमै बित्न थाल्यो अचेलका मानिसको समय

काठमाडौं, १ माघ । एप मनिटरिङ फर्म एप एन्नीका अनुसार मानिसहरूले दैनिक औसत ४।८ घण्टा मोबाइलमा बिताउन थालेका छन् । उक्त कम्पनीको रिपोर्ट अनुसार सन् २०२१ मा सबै एप दुई खर्ब ३० अर्ब पटक डाउनलोड भए । जसका लागि १७० अर्ब डलर खर्च भयो । विश्वव्यापी रुपमा टिकटक सबैभन्दा धेरै डाउनलोड हुने एप बन्यो । […]

दैनिक कति कपसम्म चिया-कफी पिउँदा राम्रो ?

  काठमाडौं, १ माघ । चिया वा कफी सेवन नगर्ने मानिस शायदै भेटिएलान् । कसै–कसैलाई चिसो मौसममा चिया वा कफी नपिइकन जाँगर नै चल्दैन । तर ठिक्क मात्रामा चिया-कफी पिउँदा हुने फाइदा र अत्यधिक सेवन गर्दा हुने बेफाइदाबारे सबैलाई थाहा नहुन सक्छ । लामो समयदेखि कफी र चिया सेवनबाट हुने फाइदारबेफाइदाबारे विभिन्न अध्ययन हुँदै आएका […]

प्रमोसनल गीत खिच्दै ‘म यस्तो गीत गाउँछु २’ टिम, रिलिज भने अन्योलमा

काठमाडौं, १ माघ । ‘म यस्तो गीत गाउँछु २’को टिम चलचित्रको प्रमोसनल गीत छायांकनका लागि चितवनको माडी पुगेको छ । निर्देशक सुदर्शन थापा, अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मा लगायतको टिम माडी पुगेको हो । त्यहाँ छायांकन भइरहेको गीतको भिडियोमा पूजा थारु संस्कृति झल्कने पहिरनमा छिन् । चलचित्रकै लागि ‘भन्छु आज मनका कुरा’ बोलको गीतको […]

‘पारस’को तयारीमा अनमोल, ‘एक्स ९’को निर्माण अनिश्चित

काठमाडौं, १ माघ । नायक अनमोल केसीले विगत केही महिनादेखि चलचित्र ‘एक्स ९’को तयारी गरिरहेका छन् । यो चलचित्रका लागि तौल बढाइरहेका अनमोलले आफ्नोे शरीर पनि सुगठित बनाएका छन् । योे चलचित्रमा अनमोलको साथमा नायकहरु सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल लगायतका कलाकारकोे मुख्य भूमिका रहने बताइएकोे थियोे । साथमा, निर्माणपक्षले त बलिउड नायक सुनिल […]

एमबिबिएसका लागि आयोगले तोकेभन्दा बढी शुल्क लिन नपाउने निर्णय

काठमाडौं, १ माघ । चिकित्सा शिक्षाको स्नातक तहको एमबिबिएस कार्यक्रमका लागि शिक्षण संस्थाहरूले चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरिएको छ। शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक एवम् विद्यार्थीहरूको बीचमा भएको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, […]

आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

काठमाडौं, १ माघ । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति […]

बन्दीपुरमा जिप दुर्घटना हुँदा ९ महिने बालिकासहित ६ जनाको मृत्यु

पोखरा, १ माघ । तनहुँको बन्दीपुर गाउँपालिकामा जिप पल्टिँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको जीप वडानम्बर ६ हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको हो । सधैं हिँडिरहने रुटमा ग१ज ६५५५ नम्बरको जिप भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले […]

माघ २ गतेदेखि कोराना विरुद्धको बुस्टर डोज खोप दिइने

काठमाण्डौं । माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २८ गते बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने र माघ १४ गतेदेखि ६० वर्ष र त्योभन्दा माथिको […]

लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तीजनकः नेपाली कांग्रेस

काठमाण्डौं । सत्तारुढ दल नेपाली कांग्रेसले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्नू आपत्तिजनक भएको बताएको छ । कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार साँझ कांग्रेसको धारणा सार्वजनिक गर्दै लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा आपत्ति प्रकट गरेका हुन् । कांग्रेसले लिपुलेकमा भारतले गरिरहेको सडक निर्माण गम्भीर भएको भन्दै निर्माण कार्य रोक्न माग […]

रेडियो तहल्का सल्यानको ट्रान्समिटर चोरी

सल्यान, ३० पुस । रेडियो तहल्का सल्यानको ट्रान्समिटर चोरी भएको छ । सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ३ पुतलीबासमा रहेको १०० वाटको ट्रान्समिटर गएराति चोरी भएको स्टेसन म्यानेजर डिल्लीराज रावतले बताएका छन् । ट्रान्समिटर चोरी भएपछि अहिले रेडियोको प्रसारण बन्द भएको छ । चोरी ट्रान्समिटर खोजतलासको लागी प्रहरीमा उजुरी गरिएको स्टेसन म्यानेजर रावतले बताए […]