काठमाडौँ । नेपाल चेम्वर अफ कमर्सले द्वन्द्वग्रस्त सार्क मुलुक अफगानिस्तानका जनताका लागि सहयोग प्रदान गरेको छ ।
कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको तर्फबाट अफगानिस्तानका जनताका लागि मानवीय सहयोगार्थ करिव २० लाख मूल्य वरावरको राहत सामाग्रीहरु परराष्ट्र मन्त्री डा. नारायण खडकालाई हस्तान्तरण गरेका छन् ।
उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको पुनित कार्यमा सहभागी हुन चेम्वरलाई अवसर प्रदान गरेकोमा आभार व्यक्त गरे ।
मन्त्री डा. खडकाले राहत सामाग्री उपलब्ध गराइ मानवीय सहयोग कार्यमा सघाउ पु¥याएकोमा धन्यबाद दिए ।