काठमाडौ, १० माघ । सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितीको बैठक बोलाएका छन्। आइतबार बिहान ११ बजे वीरेन्द्र अन्तरास्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा परामर्श समितिको बैठक डाकिएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन्। ‘भोलि बिहान ११ बजे सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ,’ न्यौपानेले भने, ‘दशौँ अधिवेशनका हरेक बैठक बस्नुअघि […]
Author: Nonstop Khabar
लामो समयसम्म लगातार खोकी लाग्नु फोक्सोको क्यान्सरको संकेत
काठमाडौं, १५ माघ । खोकी लाग्नुलाई मानिसहरु हल्का रुपमा लिने गर्छन् । कतिपय खोकीको समस्या लिएर अस्पताल पनि जाने गर्दैनन् । चिसो मौसममा खोकीको समस्या हुनुलाई सामान्य रुपमा नै लिने गरिन्छ । तर, कहिले काँही लामो समयसम्म खोकी लागिरहन्छ । यसलाई गम्भीर रुपमा लिन आवश्यक भएको डाक्टरहरु बताउँछन् । यस्तो अवस्थामा डाक्टरलाई देखाउन आवश्यक हुन्छ […]
ट्र्याक्टरले किचेर दुई वर्षीया बालिकाको मृत्यु
झापा, १५ माघ । कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहेकी छिन् । बुबा बालकृष्णले चलाएको मे १ त ७५९ नंको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् । घरअगाडि पार्किङ गरेर राखिएको ट्रयाक्टर स्टाट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकी आरुची घाइते भएकी थिइन् […]
नेपाल र मौरिसस बीचको पहिलो खेल आज, रंगशालामा दर्शकलाई अनुमति
काठमाडौं, १५ माघ । नेपाली राष्ट्रिय फुटबल टिम र मोरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । नेपाल र मोरिसस बीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल खेल्न लागेको हो । कप्तान किरण चेम्जोङले पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्न लागेकाले यो फरक अनुभव हुने र […]
सरकारले शिक्षासम्बन्धी ३ वटा कानुन बनाउँदैछ – राज्यमन्त्री श्रेष्ठ
काठमाडौं, १५ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षा क्षेत्रमा लगानीको वातावरण बढाउने गरी कानूनी व्यवस्था गर्ने बताएका छन् । शनिबार काठमाडौंको सानो भर्याङस्थित स्वस्तीश्री गुरुकुल विद्यालयले आयोजना गरेको एक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रेष्ठले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षासम्बन्धी छुट्टाछुट्टै कानुन बनाउन लागेको जानकारी दिए । ती कानुन […]
प्रधानमन्त्रीको युटर्न – ऐन संशोधन नगरौं, तत्काल स्थानीय निर्वाचन गरौं
काठमाडौं, १५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र स्थानीय तहको निर्वाचन चाँडै नै गर्ने प्रस्ताव राखेका छन् । स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गर्न प्रस्ताव गरेको छ । तर सत्तारुढ पाँच दलले संविधानसँग बाँझिएको भन्दै […]
शैक्षिक संस्था माघ मसान्तसम्म भौतिक उपस्थितिमा नगराउन सिफारिस
काठमाडौं, १५ माघ ।कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ। शुक्रबार बसेको सिसिएमसीको बैठकले शिक्षक संस्थाहरू भौतिक रूपमा माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको प्रवक्ता तथा सहसचिव सुनिता नेपालले जानकारी दिइन्। उनका अनुसार शिक्षण संस्थाहरूले वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्न भने सक्ने बताइन्। यसअघि […]
सम्बन्ध राम्रो देखाउने प्रयासमा वर्षा
काठमाडौं, १५ माघ । अघिल्लो साता एकाएक अभिनेत्री वर्षा राउत चर्चामा आइन्। अभिनेतासमेत रहेका श्रीमान सञ्जोग कोइरालासँग सम्बन्ध चिसिएको खबरले उनलाई चर्चामा ल्यायो। सामाजिक सञ्जाल इन्स्टाग्राममा श्रीमानको फोटो हटाएपछि यो हल्ला भुसको आगोझैँ फैलिएको थियो। धेरैले वर्षा र सञ्जोगको सम्बन्ध बिग्रिएर एक्लाएक्लै बस्न थालेको समेत हल्ला गरे। यो हल्ला चिर्न वर्षालाई अहिले सकस परिरहेको छ। […]
कसैको सम्बन्ध धरापमा : कसैको कसियो लगनगाँठो
काठमाडौ, १५ माघ । फिल्म क्षेत्रमा कलाकारको प्रेम सम्बन्धको मात्रै चर्चा हुँदैन। सम्बन्ध बिग्रिएको प्रसङ्गले पनि उत्तिकै स्थान पाउने गरेका छन्। पछिल्लो समय अभिनेत्री वर्षा राउत र उनका श्रीमान् कलाकार संजोग कोइरालाको सम्बन्धलाई लिएर फिल्म उद्योग तातेको छ। उनीहरुको सम्बन्धमा दरार आएको खबरको राप वर्षा र संजोगसम्म पुग्न समय लागेन। वर्षा र संजोगलाई फिल्म उद्योगको […]
सत्ता गठबन्धनको बैठक फेरि अपराह्न ४ बजे बस्ने
काठमाडौं, १५ माघ । स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न शनिबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। करिब एक घण्टाको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छुट्टै छलफल भएको थियो। उक्त छलफलबाट पनि निर्वाचनको मितिबारे टुंगा नलागेपछि पुनः गठबन्धनको […]











