सम्बन्ध राम्रो देखाउने प्रयासमा वर्षा

काठमाडौं, १५ माघ । अघिल्लो साता एकाएक अभिनेत्री वर्षा राउत चर्चामा आइन्। अभिनेतासमेत रहेका श्रीमान सञ्जोग कोइरालासँग सम्बन्ध चिसिएको खबरले उनलाई चर्चामा ल्यायो।

सामाजिक सञ्जाल इन्स्टाग्राममा श्रीमानको फोटो हटाएपछि यो हल्ला भुसको आगोझैँ फैलिएको थियो।

धेरैले वर्षा र सञ्जोगको सम्बन्ध बिग्रिएर एक्लाएक्लै बस्न थालेको समेत हल्ला गरे। यो हल्ला चिर्न वर्षालाई अहिले सकस परिरहेको छ।

अहिले वर्षा कहिले श्रीमानसँगको भिडियो पोस्ट गर्छिन् त कहिले तस्बिर। सञ्जोगसँग आफ्नो सम्बन्ध पूर्ववत् रहेको जानकारी दिँदै वर्षाले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरमा उनका शुभचिन्तकले सम्बन्ध राम्रो रहिरहोस् भनेर कामना गरेका छन्।

पछिल्लो पटक सञ्जोगसँगको तस्बिर राख्दै वर्षाले लेखेकी छिन्, ‘कसले के के भने रे?’ उनले सञ्जोगसँग मोबाइलमा केही हेर्दै गरेको तस्बिर राख्दै उक्त क्याप्सन लेखेकी हुन्।

उनका फ्यानले उक्त फोटोमा पनि सम्बन्ध टिकाउको कामना गरेका छन्। लामो समयको प्रेम सम्बन्धपछि वर्षा र सञ्जोगको चार वर्षअघि विवाह गरेका थिए।

Loading...