एट्लेटिकोसँग उपाधि विजेता रियल मड्रिड पराजित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत एट्लेटिको मड्रिडले उपाधि विजेता रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ । घरेलु मैदान मड्रिड डर्बीमा आइतबार राति भएको खेलमा एट्लेटिकोलाई जिताउन खेलको ४०औं मिनेटमा यान्निक कारास्कोले पेनाल्टी मार्फत गोल गरे । यूइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको रियलले यसअघिनै ला लिगाको उपाधी जितिसकेको छ । पराजित भए […]

एक वर्षअघि जेलबाट छुटेका युवकको गएराति भरतपुरमा हत्या

चितवन । चितवनको भरतपुरमा गएराति हत्या गरिएका युवक एक वर्षअघि मात्रै जेलबाट छुटेको खुलेको छ। एक वर्षअघि जेलबाट छुटेका उनको दुई पक्षबीचको झगडाका कारण धारिलो हतियार प्रहार गरेर हत्या भएको हो। आइतवार साँझ साढे ७ बजे भरतपुर महानगरपालिका-१२ निवासी अनिल परियार ‘कान’ को धारिलो हतियारबाट हत्या गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए। […]

कांग्रेसले एमालेले लगाएका आरोपको पत्रकार सम्मेलन गरेर प्रतिवाद गर्दै

काठमाडौँ, २६ बैशाख । सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूविरुद्ध लगाएका आरोपको प्रतिवाद गर्ने भएको छ। एमालेले मतदाताका लागि जारी गरेको ६७ बुँदे अपिलमा आरोपै आरोप लगाएपछि कांग्रेसले पत्रकार सम्मेलन गरेर प्रतिवाद गर्न लागेको हो। कांग्रेसले मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। […]

मतगणना स्थलमा सिसीक्यामरा जडान

रसुवा । रसुवामा स्थानीय तह निर्वाचनको मतगणना जिल्ला समन्वय समितिको हलमा गरिने भएको छ । हललाई मतगणनास्थल तयः गरी आवश्यक पूर्वाधारसहित सिसीक्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए। मतगणना गर्दा जडित सिसीक्यामराको सहायताले निर्वाचन आयोगले समेत अनुगमन गर्नसक्ने व्यवस्था मिलाइएको नेपालले बताए। यस्तै गोसाइँकुण्ड गाउँपालिका–१ थुमनको वडा कार्यालयमा तोकिएको मतदानलाई निर्वाचन आयोगको […]

जनप्रतिनिधि नै असुली धन्दामा, नाफाको लोभ देखाएर सर्वसाधारणको लाखौ झ्वाम

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ब्राहबीसे नगरपालिकाका निवर्तमान मेयर निमफुन्जो शेर्पाले विभिन्न नाममा सर्वसाधारणबाट ठूलो पैसा असुल गरेको भेटिएको छ । सर्वसाधारणबाट ठूलो पैसा असुल गरेका शेर्पाले पैसा माग्दा भने धाकधम्की दिने गरेका छन् । मध्य भोटेकोशी जलविद्युत आयोजनासहितका कम्पनीमा शेयर हाल्न धेरै मानिससँग ठूलो रकम उठाएका शेर्पाले समाचार लेख्ने सन्चारमाध्यमलाई पनि विभिन्न मान्छे लगाएर धम्क्याउने गरेका […]

नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध

काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। शनिबार साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दुरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्म अधिकारीका अनुसार ठूलो पहिरो […]

चुनाव प्रचारमा हिँडेको गाडीबाट खसेर मृत्यु

सल्यान । नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ । कालीमाटी गाउँपालिका–२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो । कांग्रेसबाट कालीमाटी गाउँपालिका–२ को वडाध्यक्षका उम्मेदवार सवार लु१ज ४५९९ नंको जिपको छतबाट खसेका थापाको टाउकामा गम्भीर चोट लागेको र उपचारका लागि तुल्सीपुरमा लगेपछि […]

गोरखा कांग्रेसले गर्‍यो ६ जना बागीलाई कारबाही

गोरखा । नेपाली कांग्रेस गोरखाले ६ जना बागी उम्मेदवारलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । शनिबार जिल्ला अनुशासन समितिका संयोजक कृष्णबहादुर आलेले विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारलाई निष्कासन गरेको बताएका हुन् । कारबाहीमा पर्ने मध्ये आरुघाट गाउँपालिका वडा नम्बर-७ का रणबहादुर बराम, पालुङटार नगरपालिका वडा नम्बर-४ का […]

के मस्तिष्कलाई कार्बोहाईड्रेट चाहिन्छ ?

शुरुमा कार्बोहाइड्रेट (Carbohydrate) बारे सामान्य जानकारी हामीले दैनिक खाने खानाबाट प्राप्त हुने फाइबर (FIBER) बाहेक, खानाबाट प्राप्त हुने कार्बोहाइड्रेटलाई हाम्रो शरिरको लागि अत्यावश्यक मानिदैन । प्रत्येक प्रमुख पोषणयुक्त खानेकुराहरुमा शरिरलाई आवश्यक पर्ने धेरै कम्पाउण्डहरु रहेका हुन्छन् । जस्तै: नौ आवश्यक एमिनो एसिडहरु (AMINO ACID), दुई फ्याट एसिड (OMEGA 3, OMEGA 6) र अरु धेरै भिटामिन […]

शनिवार राष्ट्रिय सभागृहमा नमूना मतदान सम्पन्न

काठमाडौं । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा नमूना मतदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले शनिवार निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि नमूना मतदान कार्यक्रम राखेको हो । निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह निर्वाचनका लागि खटिने कर्मचारीलाई तालिम दिने सिलसिलामा नमूना मतदान गरिएको जनाएको छ । निर्वाचन आयोगले देशभरका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने कर्मचारीका लागि […]