भाइटीकाको उत्तम साइत सार्वजनिक

आजको एकसातामा यो वर्षको भाइटीका परेको छ । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन पर्ने भाइटीका यो वर्ष २९ गते बुधवार परेको हो । दाजुभाइलाई दिदीबहिनीले स्नेहपूर्वक पूजा गरी सप्तरंगी टीका लगाइदिने यो पर्वले आयू आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । भाइटीकाको लागि यो वर्ष कार्तिक २९ गते बुधवार बिहान […]

फलेवासमा ‘उडेका पैताला’

maheshwar panta

सिर्जना र साहित्यका माध्यमबाट पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ कालीभक्त पन्त स्मृति प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय सांस्कृतिक समिति र अनेसास नेपाल च्याप्टरको आयोजनामा दुई दिने ‘पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा अनेसास बोस्टन च्याप्टरका अध्यक्ष, तथा अनेसास केन्द्रीय संस्कृति समितिका संयोजक  साहित्यकार महेश्वर पन्तको कवितासङ्ग्रह “उडेको […]

कीर्तिपुर नगरपालिकालाई समाजवादी मोर्चाको १९ बुँदे ज्ञापनपत्र

समाजवादी मोर्चा, कीर्तिपुर नगर समितिले कीर्तिपुर नगरपालिकालाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ । मोर्चाले विकासमुखी, जनमुखी, र प्रभावकारीे कार्यसम्पादनको माग गर्दै १९ बुँदै ज्ञापनपत्र बुझाएको हो । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीलाई सोमबार एक कार्यक्रमकाबीच मोर्चाको अनुगमन समितिका संयोजक प्राडा शिवशरण महर्जनले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । ज्ञापनपत्र बुझ्दै कीर्तिपुर नगरप्रमुख नकर्मीले नगरपालिकाको कार्यक्षेत्रभित्र पर्ने […]

भूकम्पका कारण माओवादी केन्द्रको जनपरिचालन कार्यक्रम स्थगित

नेकपा (माओवादी केन्द्र)ले पूर्वनिर्धारित जनपरिचालन कार्यक्रम स्थगित गरेको छ । काठमाडौँमा आगामी मंसिर २२ गते गर्न लागेको उक्त कार्यक्रम स्थगित गरिएको हो । पार्टीको आइतबारबसेको पदाधिकारी बैठकले जनपरिचालन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिएका हुन् । जाजरकोट भूकम्पका कारण देश प्राकृतिक प्रकोपको बिपत्तीसंग जुध्नुपरेकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको महासचिव गुरुङले […]

सय मिलियनको राहत सामाग्री पठाउँदै छिमेकी मित्र राष्ट्र चीन

छिमेकी राष्ट्र चीनले भूकम्प प्रभावित क्षेत्रका लागि सय मिलियन रुपैया बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेको छ। नेपालका लागि चिनियाँ राजदूत छन सङले सामाजिक सञ्जालमार्फत् सो घोषणा सुनाएका हुन् । चीनले नेपाललाई भूकम्प प्रभावित क्षेत्रमा बाड्न टेन्ट, कम्बललगायत अत्यावश्यकीय सामग्री उपलब्ध गराउने र ती सामान दुई दिनमै नेपाल आइपुग्ने उनले प्रष्ट पारेका छन् । […]

भूकम्प प्रभावितको खोजी, उद्धार र उपचारमा सम्पूर्ण संयन्त्र परिचालित

सरकारले भूकम्पबाट प्रभावितको खोजी, उद्धार र उपचारमा स्थानीय प्रशासनको नेतृत्वमा सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै सबै सुरक्षा निकाय, सरकारी संयन्त्र र गैरसरकारी क्षेत्रलाई प्रभावितको उद्धार तथा राहतमा केन्द्रित गरिएको जानकारी दिए। जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु रहेको सो भूकम्पमा परी हालसम्म जाजरकोटमा एक सय पाँच […]

भूकम्पले जाजरकोटमा ठूलो क्षति, घटनास्थल पुगे प्रधानमन्त्री प्रचण्ड

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका रामिडाडा केन्द्र विन्दु भएर गएराती मध्यरातमा गएको ६.४ म्याग्निच्यूटको भूकम्पमा परी कम्तीमा १ सय जनाको ज्यान गएको छ भने अन्य सयौं मानिस घाइते भएका छन् । भूकम्पमा परि नलगाड नगरपालिकाकी उप प्रमुख सरिता सिंहसहित सय जनाले ज्यान गुमाएका छन् भने घाइतेहरुको उद्धार र उपचारमा कमी हुन नदिन प्रधानमन्त्री पुष्प कमल दाहाल […]

नेपाल टि-ट्वान्टी विश्वकप खेल्न छनोट, हेर्नुस स्कोरकार्ड

nepalcricket

आईसीसी टि-ट्वान्टी विश्वकप छनोट एसिया फाइनल प्रतियोगिताको सेमीफाइनलमा युएईलाई पराजित गर्दै नेपाल २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टि-ट्वान्टी विश्वकप खेल्न छनोट भएको छ। हेर्नुस स्कोरकार्ड सन् २०१४ पछि नेपाल दोश्रो पटक टि-ट्वान्टी विश्वकप छनोट भएको हो। दुई वर्ष अघि ओमानमा आयोजित टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गत सेमीफाइनलमा युएईसंग पराजित हुँदा टि-२० विश्वकप छनोट […]

विषाक्त धुवाँले नयाँदिल्लीका विद्यालय बन्द

भारतको राजधानी नयाँदिल्ली लाई विषाक्त धुवाँले दुख दिएको छ । धुवाँको प्रकोपबाट बच्न दुईदिन विद्यालय बन्द गरिएको छ । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार राजधानीका सबै प्राथमिक विद्यालय कम्तीमा दुई दिनका लागि बन्द रहने घोषणा गरेका थिए । विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको स्थानीय संचार माध्यमले बताइरहेका छन् ।सवारी साधन र […]

आज शुक्रबार र भोलि शनिबार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइदै

सरकारले ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदैछ । आज शुक्रबार र भोलि शनिबार दुई दिन सरकारले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी निशुल्क खुवाइरहेको हो। भिटामिन ‘ए’ र जुकाको औषधी नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत् खुवाउन सकिने जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। सरकारले २०५० सालदेखि भिटामिन […]