थुनुवा भगाउन एक करोडको डिल, ६ लाख बुझेर प्रहरीले नै भगाए

काठमाडौं । लागूऔषध मुद्दाका एक थुनुवालाई भगाउन एक प्रहरीले एक करोडबाट डिल गरी रु छ लाख २५ हजार रकम बुझेको पाइएको छ । थुनुवालाई भगाएर १६ वर्षपछि पक्राउ परेका तत्कालीन प्रहरीले रु एक करोड मागेका र कुराकानी गर्दा रु १० लाखमा डिल भएको भए पनि रु छ लाख २५ हजार लिएर थुनुवालाई भगाएको खुलेको हो […]

धरहरामा निःशुल्क पार्किङ सुरु

काठमाडौं । सुन्धारास्थित धरहरामा निःशुल्क पार्किङ सुरू भएको छ। काठमाडौं महानगरपालिकाले धरहरामा आजदेखि सुरू हुनेगरी निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको हो। काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि विकल्पका रूपमा धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको हो। महानगरले यसअघि काठमाडौं टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउँदै आएको थियो। अब धरहरामा पनि पार्किङको व्यवस्था गरिएपछि थप […]

ग्यालेक्सी टिभीका मालिक राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

काठमाडौं । ग्यालेक्सी टेलिभिजनका मालिक जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । बिभिन्न सहकारीमा अर्बौ रकम अपचलन गरेको आरोप लागेपछि फरार भएका राईका विरुद्ध डिफ्यूजन नोनिस जारी गर्न नेपाल प्रहरीले इन्टरपोलको सचिवालयलाई अनुरोध गरी पत्राचार गरेको हो । केही दिन अघि मात्रै जिल्ला प्रहरी कार्यालय, कास्कीले प्रहरी प्रधान कार्यालयलाई सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी […]

उपत्यकामा यसवर्षकै जाडो, २ डिग्रीमा झर्यो तापक्रम

काठमाडौं, १४ माघ । काठमाडौं उपत्यकाको तापक्रम २ डिग्रीमा झरेको छ । तापक्रम निरन्तर घटेसँगै उपत्यकामा यो वर्षकै बढी जाडो महशुस भएको छ । जल तथा मौसम विज्ञान विभागले आज आइतबार बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको जनाएको छ । गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ […]

YAV -Nepal द्वारा ‘जलवायु न्यायः किशोरीहरूको सवाल’ विषयक् एक दिने कार्यशाला यही शनिवार सम्पन्न भएको छ

युवाका साथ साथ आवाज, नेपाल र कन्सोर्टिमय नेपाल, बागमती प्रदेश कार्यालयको संयुक्त आयोजनामा भक्तपुरको सिटि गाउँ होटलमा ‘जलवायु न्यायः किशोरीहरूको सवाल’ विषयक् एक दिने कार्यशाला यही शनिवार सम्पन्न भएको छ। कार्यक्रमलाई प्लान इन्टरनेसनल, युवालय, बियोण्ड बेइजिङ कमिटी, गुडह्वुएव फाउन्डेशन, जेसिवाइसिएन, नेसनल कोलिएसन फर गर्ल्स राइट्सको सहयोग तथा ऐक्यवद्धता रहेको थियो।  यस कार्यक्रममा ४० जना सहभागीहरूको […]

बालसाहित्यकार विमला निरौलाको ‘यात्रामा देश’ कृति सार्वजनिक

मिति २०८० माघ १२ शुक्रबार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका महासचिव तथा बाल साहित्यकार विमला निरौलाको यात्रामा देश बालकविता संग्रहको लोकार्पण गरिएको छ । साहित्यकार तथा समाजसेवी सुश्री भद्रा घलेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व अनेसास, नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीेले गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर तथा नेपाल बाल […]

काठमाडौंमा अत्यधिक चिसो, तापक्रम यस वर्षकै न्यून

काठमाडौं, १२ माघ । काठमाडौं उपत्यकामा अत्यधिक चिसो महशुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको जनाएको छ । यो यस वर्षकै न्यून तापक्रम हो । महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । यसअघि यही माघ ८ […]

स्वास्थ्य शाखा प्रमुखलाई कालोमोसो

बाग्लुङ्ग । बाग्लुङ्गको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसी (विजय) लाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले कालोमोसो दलेको छ । आइतबार कार्यालय समयमा केसीलाई कालोमोसो दलिएको हो । म्याद गुज्रेको औषधि खुवाएर बडिगाड बासीहरुको जीवनमाथि खेलवाड गरेको भन्दै कारबाही स्वरुप कालोमोसो दलेको उक्त पार्टीका जिल्ला इन्चार्ज अजनवीले बताएका छन् । बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य […]

१५ लाख घुससहित बनेपाका वडाध्यक्ष रङ्गेहात पक्राउ

घुस रकम सहित काभ्रेपलान्चोक जिल्लाका एक वडाध्यक्ष भक्तपुरमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार राति उनलाई मध्यपुर ठिमीबाट पक्राउ गरेको हो ।                                                              […]

माओवादी नेतृत्व रहेको मरिण गाउँपालिका वित्तीय सुशासनमा सर्वोत्कृष्ट

marin gaupalika

सिन्धुली । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन(FIDUCIARY RISK ASSESSMENT) मा सिन्धुली जिल्लाको मरिण गाउँपालिका उच्चत्तम अंक हासिल गर्दै प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० को वित्तीय सुशासन जोखिम मूल्यांकन गर्दा देशैभरका स्थानीय तहमा मरिण गाउँपालिका सर्वोत्कृष्ट भएको हो ।  कार्यविधि नै बनाएर स्थानीय तह वित्तीय सुशासन जोखिम […]