विद्यालय स्तरीय भक्तपुर जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले उचालेको छ । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्दै भक्तपुर नगरपालिकाले उपाधी हात पारेको हो । भक्तपुर नगरपालिका ३२ स्वर्ण सहित प्रथम भएको आयोजक भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक थापाले पुष्टि गरेका छन् । १९ स्वर्णसहित मध्यपुर थिमी […]
Author: Nonstop Khabar
१७ वर्षपछि हत्यारा पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हत्या गरी फरार रहेका दुईजनालाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका–१२ स्थित गैरीगाउँका ४५ वर्षीय रामचन्द्र स्याङ्तान र ५० वर्षीय कालु गोले छन् । कार्यालयका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरीले उनीहरुलाई गैरीगाउँबाट पक्राउ गरेको हो । पक्राउ परेका स्याङ्तन र गोलेले २०६३ साल जेठ […]
ललितपुरका दुई स्वास्थ्य सहकारी मर्ज, अध्यक्षमा बजगाईँ
ललितपुर । सहकारीमा समस्या भइरहेका बेला ललितपुरमा दुई प्रतिष्ठित सहकारी मर्ज भएका छन । शुक्रबार ललितपुरको महालक्ष्मीस्थानमा रहेको डिलाई पार्टी भेन्यूमा सम्पन्न भएको वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी संस्था र नयाँ आशा स्वास्थ्य सहकारी एक आपसमा मर्जर भएका हुन् । ललितपुरमा सम्पन्न सभाको उद्घाट गर्दै प्रमुख अतिथि संस्थाको उत्कृष्ट कारोबारी सदस्य पुष्पप्रसाद घिमिरेले सरकारीहरू सरकारको नीति–नियमअनुसार […]
दाङमा रात्रिबस दुर्घटना
नेपालगञ्जबाट काठमाडौँतर्फ आउदै गरेको यात्रुबाहक रात्रि बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ५ जनाको ज्यान गएको हो । […]
संघीयता अनुभूति हुनेगरी काम गर्न बागमती प्रदेशका कर्मचारीलाई निर्देशन
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले संघीयता अनुभूति हुनेगरी सेवाप्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन । राष्ट्रिय कर्मचारी संगठन बागमती प्रदेश समितिको प्रशिक्षण कार्यक्रमलाई शुक्रवार धुलिखेलमा सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन । कार्यक्रममा मुख्यमन्त्री जमरकट्टेलले प्रदेश गौरवको आयोजना कार्यान्वयनमा कर्मचारीतन्त्रले तदारुकता नदेखाएको गुनासो समेत गरेका छन । एकात्मक ब्यवस्थामा जागिर खाएका केही उच्च […]
अनेसास अफ्रिकाले मनायो अनेसास दिवस
सेसेल्स, १२ जनवरी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को स्थापना दिवस अनेसास अफ्रिका महादेशीय च्याप्टरले एक भर्चुअल कार्यक्रमको आयोजना गरि मनाएकोछ । सन् १९९१ जनवरी ११ मा साहित्यकार होमनाथ सुबेदीले अमेरिकामा स्थापना गरेको अनेसासले आज तेत्तीसौं वसन्त पार गर्दैछ । त्यही दिनको जगमा उभिएर अनेसासले नेपाली भाषा, साहित्य, संस्कृति र सम्पदाको सम्बर्द्धन, प्रबर्द्धन र […]
अनेसासद्वारा पूर्व केन्द्रीय सचिव हरि मानन्धरलाई आर्थिक सहयोग प्रदान
पुस २७, २०८० । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व सचिव हरि मानन्धरलाई अनेसासले २ हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको छ । विगत तीन वर्षदेखि किड्नीमा समस्या आई डाइलासिस गराइरहेका मानन्धरलाई अनेसासले दाताहरूबाट संकलित रकम सहयोग गरेको हो । विभिन्न देश विदेशमा रहनुभएका अनेसासका पदाधिकारी, सदस्यहरू, च्याप्टर अध्यक्ष एवं अन्य पदाधिकारी एवं सदस्यलगायतका साहित्यानुरागीहरूबाट […]
अनेसास स्थापना दिवस, आरम्भ वर्ष २०२४ भव्य रुपले सम्पन्न
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले अनेसास स्थापना दिवस, आरम्भ वर्ष २०२४ भव्य रुपले मनाएको छ । जनवरी ११ लाई अनेसास स्थापना दिवसको रुपमा मनाउने निर्णय भएअनुसार अनेसासले स्थापना दिवस आरम्भ वर्षको रुपमा मनाएको हो । मंगलवाचनद्वारा सुरुवात गरिएको यस समारोहको अवसरमा अनेसासले संस्थापक अध्यक्ष होमनाथ सुवेदी, उपाध्यक्ष, शिव सत्याल पीठ, महासचिव अच्युत श्रेष्ठ, सचिव राजु […]
नेपाल च्याप्टरले मनायो अनेसासको स्थापना दिवस
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ३३ औँ स्थापना दिवस नेपाल च्याप्टरले भव्य रुपले मनाएको छ । यस अवसरमा नेपाल च्याप्टरले अनेसासका संस्थापक सदस्य तथा नेपाल च्याप्टरका प्रथम अध्यक्ष लव गाउँले र दार्जिलिङ निवासी प्रसिद्ध गीतकार दुर्गा खरेललाई सम्मान गरेको छ । जनवरी ११ का दिनलाई अनेसासले दिवसको रुपमा मनाउने निर्णय गरेपछि अनेसासले यो स्थापना दिवसको आरम्भ […]
डुवर्स, भारतमा “Thinker’s And Writers’ Peace Meet” कार्यक्रम सम्पन्न
२०८० पुस २३ डुवर्स, भारतको लाटागुड़ीमा ६-७ जनवरी, २०२४ मा आयोजित “Thinker’s And Writers’ Peace Meet” कार्यक्रम हिजो सम्पन्न भयो । नेपाल, भारत, बंगलादेश र भुटानका स्रष्टाहरु सहभागी रहेको सो कार्यक्रम एसोसिएसन फर कन्जेर्वेसन एण्ड टुरिजमको सहयोगमा “त्रिस्रोता साहित्य ओ संस्कृति प्रवाह” र “इन्टरनेसनल सोसाइटी फर इन्टर कल्चरल स्टडीज एण्ड रिसर्च” को संयुक्त आयोजनामा सम्पन्न […]











