अन्ना स्टिरले पाउने भइन् कालीभक्त पन्त लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार

फलेवास पर्वत, २०८० साल फागुन ६ गते, कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा स्थापित कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८० अमेरिकन नागरिक अन्ना स्टिरले पाउने भएकी छिन् ।

कालीभक्त पन्तको बत्तिसौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त पुरस्कार अन्नालाई दिने घोषणा गरिएको हो ।

नेपाली लोकगीतको विधामा विद्यावारिधी (Ph. D) गरेकी, नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अध्ययन, अनुसन्धान, कृतिहरु प्रकाशन, लोकवार्ता र संस्कृतिको विदेशमा समेत प्रचार-प्रसार गरी अव्दितीय योगदान पुर्याएकी उनी हवाई विश्विद्यालय सं.रा. अमेरिकाका सहप्राध्यापक एवं सोही विश्व विद्यालयको South Asian Studies का निर्देशक हुन् ।

विगत छ वर्षदेखि कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । नेपालमा रू १,०१,०००।– र विदेशमा १००१ अमेरिकी डलर राशि तथा सम्मानपत्र सहित यो पुरस्कार प्रदान गरिन्छ ।

यसअघि सत्यमोहन जोशी-(२०७५), कृष्ण कँडेल – (२०७६), तुलसी दिवस– (२०७७), प्रा. डा. चूडामणि बन्धु- (२०७८) र कुमार बस्नेत- (२०७९) लाई प्रदान गरिएको यस पुरस्कार पाउने पहिलो विदेशी नगरिक अन्ना स्टिर भएकी छिन् ।

स्मृति दिवस २०८० कै अवसरमा श्रष्टा सम्मान तथा विभिन्न विधामा स्थापित छात्रवृत्तीसमेत वितरण गरिएको थियो ।

Loading...