काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको हो । उडेको तीन मिनेटमै हेलिकप्टर सम्पर्कविहिन बनेको थियो । हेलिकप्टरमा क्याप्टेनसहित चार जना विदेशी सवार रहेको बताइएको छ । प्रहरीले हेलिकप्टरमा सवार चार यात्रु […]
Author: Nonstop Khabar
निष्क्रिय सार्कलाई नयाँ जीवन दिनुपर्ने पाकिस्तानी राजदूतको जोड
काठमाडौँ, २१ साउन २०८१ । नेपालका लागि पाकिस्तानका राजदूत अब्रर एच हास्मीले दक्षिण एसियाको समृद्धिका निम्ति दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई नवजीवन दिनुपर्नेमा जोड दिएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा उनले आपसी एकता र सहयोग कायम गर्दै क्षेत्रीय सहयोगको माध्यमबाट यस क्षेत्रका जनताको जीवनस्तर उठाउने उद्देश्यका साथ स्थापना भएको सार्कलाई निष्क्रिय बनाउन […]
बङ्गलादेशकी प्रधानमन्त्रीले छोडिन् देश, निवासमा लुटपाट
न्यूजकारखाना । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छोडेकी छन् । बिबिसीका अनुसार प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर तोडफोड गरेपछि उनी देश छोडेर ‘सुरक्षित ठाउँ’तर्फ लागेकी छन् । मिडिया रिपोर्टका अनुसार शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतला प्रस्थान गरेकी छन् । उनी हेलिकप्टरमा भारत गएकी हुन् । उनले आफ्नी बहिनीलाई साथमा लिएर देश […]
चक्रपाणि खुला कथा प्रतियोगिताका लागि इमेलमार्फत कथा माग
साहित्यकार चक्रपाणि चालिसेको स्मृतिमा राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिताका लागि कथा आह्वान गरिएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानले चक्रपाणी राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता – २०८१ घोषणा गर्दै कथा आह्वान गरेको हो । प्रतियोगिताबाट छानिने प्रथम द्वितीय र तृतीय स्थानमा पर्ने कथाका लागि क्रमशः रु. ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार सहित […]
लोकप्रिया पुरस्कार लीलादेवी श्रेष्ठलाई प्रदान गरिने
२०८१ साउन २१ गते, काठमाडौं । साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले वि. सं २०८१ को लोकप्रिया पुरस्कार साहित्यकार लीलादेवी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । सो पुरस्कारका लागि साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा पद्मावती सिंह र […]
बंगलादेशभरी कर्फ्यु, इन्टरनेट पनि बन्द
बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ । प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबार साँझ ६ बजेदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ३२ जनाको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् । बंगलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि […]
पानीजहाज र रेलमै अड्किए प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्न प्राथमिकता दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आब २०८०÷०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सीमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन भनेका छन् । नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि […]
सीपयुक्त जनशक्तिका लागि सीटीईभीटी, वर्षेनी ५ हजार बढी विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था
अजय कठायत । आवश्यक पर्ने सीपयुक्त दक्ष प्राविधिक जनशक्तिको उत्पादन, व्यवस्थापन, सीपको स्तर निर्धारण र प्रमाणीकरण गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ बमोजिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को स्थापना भएको हो । परिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी नीति निर्धारण, पाठ्यक्रम निर्माण तथा परिमार्जन, संस्था सम्बन्धन, अनुगमन र नियमन, […]
कोटेश्वरमा रहेको कलेज अफ नेशनल एकेडेमी स्क्वायरका विद्यार्थीलाई अभिमुखिकरण
काठमाडौंको मुटु कोटेश्वरमा रहेको कलेज अफ नेशनल एकेडेमी स्क्वायर (CNAS)ले आज आफ्ना कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उपत्यका र बाहिरका जिल्ला बाट समेत सिनासमा भर्ना हुन आएका विद्यार्थीहरुलाई शुक्रबार अभिमुखिकरण गरिएको हो । कार्यक्रममा कलेजका अध्यक्ष सहित विभिन्न वक्ताहरुले विद्यार्थीहरुलाई कलेजमा स्वागत गर्दै शिक्षाको महत्व र […]
बानियाँलाई परास्त गरेका बहादुरसिंह बने काँग्रेसबाट बागमतीमा पहिलो मुख्यमन्त्री
बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थन देखाउदै उनले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।नुवाकोटबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य समेत रही सकेका लामा २०७९ सालमा वागमती प्रदेश सभा सदस्य उम्मेदवार […]











