पोखरा, २० साउन । फेवातालको एक हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ। फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा समिति गठन गरेको थियो। यही समितिको अध्ययनपछि यस्तो तथ्य पत्ता लागेको हो। समितिले करिब ९ सय ५० […]
Author: Nonstop Khabar
नेपाल–चीनबीच चार नाकामा क्रस वोर्डर ट्रान्समिसन लाईन निर्माण
काठमाडौं, २० साउन । चारवटा नाकाबाट नेपाल–चीनबीच क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने भएको छ। ऊर्जा मन्त्रालयले रसुवागढी–केरुङ, तातोपानी–खासा, कोराला–तिब्बत र किमाथान्का–चेन्ताङ नाकाबाट अन्तरदेशीय ४०० केभी ट्रान्समिसन लाइन निर्माण गर्ने भएको हो। विद्युत आयात–निर्यातका लागि चीनसँग क्रस–बोर्डर ट्रान्समिसन लाइनका लागि दुई देशबीच समझदारीपत्र (एमओयू)को मस्यौदा चीन पठाइएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताएका छन्। नेपालका तीन […]
बरिष्ठको विवादले राजपा फेरि फुटको संघारमा । आधा दर्जनले गरे बैठकै बहिस्कार
काठमाडौं, २० साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ। त्रिपाठी समूहमा सांसदहरू सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता, अकवालअहमद साह, कमलेशवर पुरी गोस्वामीसहित आधा दर्जन नेता छन्। पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक नेताले बताए । बैठकको दोस्रो दिन बिहीबार […]
विशाल चौधरीको अपहरणमा बाबुका घनिष्ठ साथी
काठमाडौं, २० साउन । विजय चौधरी र राजु विश्वकर्मा कक्षा ४ देखिका साथी हुन्। १४ वर्ष भयो दुवैको घनिष्ठ मित्रताको। काठमाडौंको शान्ति शिक्षा माध्यमिक विलालयमा उनीहरु सँगै पढे। चौधरी हार्डवेयरको ब्यापारमा लागे भने विश्वकर्मा मार्बलसम्बन्धी काम गर्न थाले। रामेछापका विश्वकर्मा ललितपुर, थसिखेल बस्थे। बुटवलका चौधरी काठमाडौं नयाँ बजार बस्थे। गत बिहिबारको घटनापछि दुबैको मित्रता टुंगिएको […]
सुन्दर बन्न आमाहरु बच्चालाई स्तनपान गराउनै छाडेको डरलाग्दो तथ्य
काठमाडौं, २० साउन । नेपालमा पूर्ण स्तनपान दर घट्दै गएको पाइएको छ। स्तनपान गराए सुन्दरतामा ह्रास आउने, तौल बढ्ने, स्तनको आकार बिग्रिने जस्ता भ्रम र कामकाजी आमासँग बच्चालाई दुध चुसाउने समय नहुँदा आधुनिक आमाहरूले आफ्नो दुधको सट्टा बजारमा पाइने कृत्रिम दुध खुवाउने प्रवृत्तिका कारण पूर्ण स्तनपान दर घट्दै गएको हो। हरेक एक सय जना शिशुमा […]
अस्ट्रेलियन क्रिकेटर र एसोसिएसनबीच लामो युद्ध समाप्त भएको घोषणा
एजेन्सी । अस्ट्रेलियन क्रिकेटर, अस्ट्रेलियन क्रिकेट एसोसिएस (एसिए) र अस्ट्रेलियन क्रिकेट (सिए)बीचको त्रिपक्षीय युद्ध समाप्त भएको छ । एसिए र सिएले खेलाडीसँग सम्झौता गर्दै एक महिनादेखि चलेको विवाद अन्त्य गरेका हुन् । एसिए र सिएले सम्झौता नगर्दा अस्ट्रेलियन क्रिकेटर १ जुलाईदेखि बेरोजगार बनेका थिए । सम्झौता नहुँदासम्म खेलाडीहरूले वैदेशिक भ्रमण नगर्ने चेतावनी दिएका छन् । […]
सर्पको टोकाइबाट एक सातामै तीनको मृत्यु
बर्दिवास, २० साउन । महोत्तरी जिल्लाको बर्दिवास नगर क्षेत्रमा एक साताभित्रै विषालु सर्पको टोकाइबाट तीनजनाको मृत्यु भएको छ । गत आइतबारदेखि आजसम्ममा बर्दिवास नगरपालिका–१ को मुख्यचोक आसपासमै तीनजनाको सर्पको टोकाइबाट मृत्यु भएको हो । बिहीबार बर्दिवास–१ कै १९ वर्षीया रबिना गौतमको सर्पको टोकाइबाट मृत्यु भएको छ । जनता बहुमुखी क्याम्पस बर्दिवासमा स्नातक तहमा अध्ययनरत गौतमलाई […]
त्रिमूर्ति पुरस्कार चटौत, चन्द र दिवसलाई
काठमाडौँ, १९ साउन । त्रिमूर्ति निकेतनले ‘प्रभास–गीता–महाकाव्य’का रचनाकार आरडीप्रभास चटौत, प्रथम नेपाली नायिका भुवन थापा चन्द र वरिष्ठ कवि तुलसी दिवसलाई लेखनाथ, सम र देवकोटा पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ । ताम्रपत्रका साथै ती पुरस्कारका राशि जनही रु पचास हजार रहनेछन् । नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य […]
चीनमा सात लाखभन्दा बढी सामाजिक संस्था सक्रिय
बेइजिङ, १९ साउन । चीनमा सन् २०१६ को अन्त्यसम्ममा झण्डै सात लाख दुई हजार सामाजिक सङ्घसस्था रहेको तथ्यांक सार्वजनिक भएको छ । चीनको नागरिक मामिला हेर्ने मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार तीन लाख ३६ हजार सामाजिक समूह र सङ्घ तथा समिति रहेका छन् । त्यसैगरी पाँच हजार पाँच सय ५९ प्रतिष्ठान र तीन लाख ६१ […]
बूढी हाब्रेले जन्माई जुम्ल्याहा
बेइजिङ । सन्तानको इच्छा कुनै पनि प्राणीले गरेको हुन्छ । उमेरमा सन्तान जन्मिनु भनेको प्राकृतिक मानिन्छ । चीनमा भने एउटा बूढी हाब्रेले आफ्नो उमेरको उत्तराद्र्धतिर अर्थात् २३ वर्षमा बच्चा जन्माएकी छ त्यो पनि जुम्ल्याहा । एउटा केटो र अर्को केटी । पोथी बच्चाकोे वजन १७५ ग्राम तथा भालेको १२३.१ ग्राम रहेको छ । हाब्रेका गतिविधिलाई […]







