एजेन्सी । विश्व फुटबलमा अहिलेसम्मको रेकर्ड तोड्दै चर्चित ब्राजिलियन स्टार नेमारले आफूले बार्सिलोना छोड्नुको कारणबारे पहिलो पटक मुख खोलेका छन् । फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कीर्तिमानी रकमको प्रस्ताव गरेपछि बार्सिलोना छोडेका नेमारले पीएसजीसँगको सम्झौतामा हस्ताक्षर गरेपछि यसबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । पीएसजीसँग नेमारले शुक्रबार बिहानमात्र सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् […]
Author: Nonstop Khabar
भरतपुर–१९ को पुनः मतदानमा कसले मार्ला बाजी ?
चितवन, २० साउन । पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान शुरु भएको छ । बिहान ७ बजेपछि सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए । सर्वोच्च अदालतको अन्तिम फैसला आएपछि भरतपुर १९ मा […]
चिउरीखोला दोभानमा थुनिएका २७ को उद्धार । रामपुर-उदयपुर बस्ती पूरै डुबानमा
कञ्चनपुर, २० साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चिउरी खोलाको दोभानमा थुनिएका २७ जनाको गएराति अबेर उद्धार गरिएको छ। गोठाला गएकाहरु निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव उच्च भएपछि थुनिएका थिए। वडाध्यक्ष जगतबहादुर सिंह, जेपी स्पोर्टस् क्लबका पदाधिकारी र सशस्त्र प्रहरी सहितको टोलीले थुनिएकाको चार घण्टाको अथक प्रयासपछि सकुशल उद्धार गरेको जेपी स्पोर्टस् क्लबका अध्यक्ष दीपक […]
भावुक हुँदै नेयमारले वार्साका साथीहरुसँग विदा मागे । मेसी भए भावुक
एजेन्सी । ब्राजिलियन फरवार्ड नेमारलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध हुने बाटो खुलेको छ । बुधबार बार्सिलोनाको प्रशिक्षण शिविरमा केहीबेर बिताएका नेमारलाई पिएसजीमा जान बार्सिलोनाले स्वीकृति दिएको हो । पिएसजीले नेमारलाई विश्वकीर्तिमानी रकम १९ करोड ६० लाख पाउन्डको प्रस्ताव गरेको छ । साथीसँग बिदा मागे आफ्ना दुई ब्राजिलियन साथीसँगै नेमारले ४३ मिनेट […]
वैदेशिक रोजगारकै क्रममा मृत्यु हुनेका छोराछोरीले अब छात्रवृत्ति पाउने
रुकुम, २० साउन । वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले त्यस्ता बालबालिकाका लागि छात्रबृत्ति रकम पठाएको छ । यहाँका १४ जना छात्रछात्रालाई छात्रवृत्तिबापत एक लाख १६ हजारको चेक जिल्ला शिक्षा कार्यालयमा आएको सूचना अधिकारी लालबहादुर घर्तीले बताए । एकजना […]
भरतपुर कारागारमा ४२ वर्षीय कामतको मृत्यु
चितवन, २० साउन । चितवनको भरतपुरस्थित जिल्ला कारागारमा एकजना कैदीको बिहीबार मृत्यु भएकोछ । विराटनगर घर भएका ४२ वर्षीया कैदी अम्बिका कामतको स्तन क्यान्सरका कारण मृत्यु भएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले जानकारी दिए । उनका अनुसार रोगबाट गम्भीर भएपछि क्यान्सर अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले नसकिने भनेर पठाएपछि फर्काइएकी कामतको भरतपुर अस्पतालमा ल्याएपछि […]
रुस र अमेरिकाबीच के ‘ट्रेड वार’ सुरु भएकै हाे ?
अमेरिकन कंग्रेसबाट पारित भइ बाध्यवस राष्ट्रपति डाेनाल्ड ट्रम्पले हस्ताक्षर गरिएकाे भनिएकाे नाकाबन्दीकाे प्रस्तावप्रति रुसले कडा शब्दमा विरोध जनाएकाे छ । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले भनेका छन् कि रुसमाथि अमेरिकी प्रतिबन्ध पूर्ण रूपले ‘ट्रेड वार (व्यापार युद्ध) को घोषणासरह हो । मेदभेदेवले अगाडि भनेका छन्— डोनाल्ड ट्रम्पका तर्फबाट नयाँ प्रतिबन्धमाथि हस्ताक्षर गरिनुले देखाउँछ कि उनी कति […]
निगममा सेटिङ मिलाउन ५४ गुणा महङ्गो मुल्य सिफारिस गरेर करोडौ घोटाला
काठमाडौं, २० साउन । नेपाल आयल निगमले अर्बौं रुपैयाँको जग्गा किन्दा भएको करोडौं घोटालालाई ढाकछोप गरी कानुनी प्रक्रिया पुर्याउन स्थानीय तहका कर्मचारीलाई समेत प्रयोग गरेको खुलासा भएको छ। निगम अधिकारी र एजेन्टले जग्गा खरिद गर्दा स्थानीय तहका कर्मचारीबाट चलनचल्तीको बजार मूल्य महँगो देखाएर कानुनी प्रक्रिया पुर्याउन खोजेका हुन्। स्थानीय तहका कर्मचारीले धेरै महँगो सिफारिस गरे […]
फेसबुकको आम्दानी ७१ प्रतिशतले बढ्यो
एजेन्सी । विश्वमा करिब एक चौथाई प्रयोकर्ता भएको सामाजिक सञ्जाल फेसबुकको आम्दानी ७१ प्रतिशतले बढेको छ। फेसबुक कम्पनीका अनुसार गत महिना रहेका १।९४ अर्ब सक्रिय फेसबुक प्रयोगकर्ताहरुको संख्या बढेर दुई अर्ब पुगेको छ। फेसबुक प्रयोगकर्ताहरूको संख्यामा अनुमान गरे भन्दा १७ प्रतिशतले वृद्धि भएको फेसबुक कम्पनीको दाबी रहेको छ । फेसबुकमा क्रियाशिल प्रयोगकर्ताको संख्या बढ्दै जाँदा […]
दुरुस्तै मान्छेजस्तै रोबोटबाट यौन आनन्द लिन पाइने
एजेन्सी । यौन मानव जीवनको एक महत्वपूर्ण पक्ष मानिन्छ । उक्त आवश्यकताको परिपूर्ति नहुदाँ मानिसहरूमा डिप्रेसनको समस्या आउन सक्ने कतिपय अध्ययनले समेत पत्ता लगाएको छ । अब यस्तो समस्याको उन्मुक्तिका लागि रोबोटको प्रयोग गर्न सकिने छ । स्पेनमा युवाहरूको आकर्षण रोबोट सेक्स डल प्रति बढ्दै गएको देखिन्छ । यौन सुखको प्राप्ती नहुदाँ मानव शरीर आउन […]









