ट्राफिक प्रहरीले १ लाख ४६ हजार लाइसेन्समा प्वाल पार्यो

काठमाडौँ ८ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक–पकट मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने ३४८ जनाको चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पाँचौं पटकसम्म लाइसेन्समा प्वाल पार्ने र छैटौँ पटकमा पनि मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने गरिएको बताए । महाशाखाले विस २०६९ […]

मौसमी रुघाखोकीबाट अर्को एकजनाको मृत्यु

पोखरा, ८ भदौ । मौसमी रुघाखोकीबाट पोखरामा अर्को एक नाबालकको मृत्यु भएको छ । पोखरा–लेखनाथ महानगरपालिका–१७ छोरेपाटनस्थित शीतल चौतारीका ११ महिनाका नाबालकको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले जानकारी दिए । उनलाई पोखराको ओम अस्पतालमा उपचारका लागि ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ लगिएको थियो । […]

बाढीबाट १५ हजार बालबालिकाको पढाइ प्रभावित

बाँके, ८ भदौ । जिल्लाको राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका १० वर्षीय समिर थारु भाइरल ज्वरोले ३ दिनदेखि थलिएका छन् । राप्ती नदीमा आएको बाढीले घर गल्र्यामगुर्लुम ढलेदेखि उनलाई सन्चो छैन । बाढी आउने बेला ओत लाग्ने ठाउँ नभएपछि समिर पनि पानीमा भिजेका थिए । र, बाढीले दूषित बनाएको पानी शुद्धीकरण नगरेर पिएपछि उनलाई रुघाखोकीले समात्यो । […]

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नभएको विभागको दावी

काठमाडौँ, ८ भदौ । बाढी÷पहिरो प्रभावित क्षेत्रमा कुनै रोग तथा स्वास्थ्यको समस्या वा महामारीको अवस्थामा नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रभावित जिल्लामा स्वास्थ्य शिविर, अस्थायी केन्द्र तथा आफ्ना अन्तर्गतका निकायबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हालसम्म करिब २४ हजार १६९ स्वास्थ्य सेवा प्रदान गरिसकिएको मन्त्रालयले जनाएको छ । केन्द्र, क्षेत्रीय तथा जिल्ला […]

पहिरोले भत्कायो विद्यालय भवन

दमौली, ८ भदौ । तनहुँको म्याग्दे गाउँपालिका–७ सर्वलाङ्गस्थित शान्ति प्राविको भवनमा पहिरोले क्षति पु¥याएको छ । केही दिनअघि आएको वर्षापछिको पहिरोले सो विद्यालयको भवनमा क्षति पु¥याएको हो । पहिरोले विद्यालयका कोठामा क्षति पु¥याएको हो । पहिरोले उक्त विद्यालयमा तीन लाख ५० हजार बराबरको क्षति पु¥याएको जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले बताए । पहिरोले विद्यालय भवनमा […]

५ लाखसहित जुवाको खालबाट १० जुवाडे पक्राउ

पोखरा, ८ भदौ । पोखरा लेखनाथ महानगरपालिका–३१ बेगनासबाट रु चार लाख ७९ हजार ६३५ सहित दशजना जुवाडेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, शिशुवाबाट खटिएको टोलीले प्रमोद रानाभाटले संचालन गरेको शिशा होटल एण्ड रेष्टुरेन्टबाट जुवा खेलिरहेको अवस्थामा पाँच बुक ताससहित पोखरा २७ का सइबहादुर दुरा, निराजन बराल, नवराज श्रेष्ठ, बुद्ध गुरुङ, निरज […]

कार्की व्यापार संघको अध्यक्षमा निर्विराेध

काठमाडौँ, ८ भदौ । नेपाल व्यापार संघको अध्यक्षमा कुमार कार्की पुनः निर्वाचित हुनुभएको छ । संघको बुधबार राति सम्पन्न २७ औँ महाधिवेशनबाट कार्की निर्विरोध निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा हरि गौतम, महेन्द्रकुमार रायमाझी, गोपीचन्द्र अग्रवाल, श्यामसुन्दर रुङ्गटा र गिरीराज पोखरेल तथा महासचिवमा कृष्णप्रसाद अधिकारी निर्वाचित भएका छन । यस्तै, सचिवमा रुक्मिणी सेढाइँ, रामशरण तिमल्सीना, […]

परीक्षा नियन्त्रकविहीन भयो त्रिवि

काठमाडौँ, ८ भदौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको छ । विगत तीन दिनदेखि त्रिविमा परीक्षा नियन्त्रक नहुँदा विद्यार्थीको ट्रान्सक्रिप्ट, मूल सर्टिफिकेटजस्ता महत्वपूर्ण कागजात बनेका छैनन् । कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले तीन दिनदेखि परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको बताए । “नियन्त्रक नहुँदा अहिले विद्यार्थीको ट्रान्सक्रिप्ट, मूल सर्टिफिकेटजस्ता काम […]

फाइनलमा पुगे सशस्त्र र यू डायमण्ड एकेडेमी

पोखरा, ८ भदौ । पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं १९ लामाचौरमा जारी रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी टिम फाइनलमा पुगेका छन् । नव आदर्श सामुदायिक विकास समाजको २१औँ वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा मंगलबारदेखि शुरु भएको सोे प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्यू डायमण्ड एकेडेमीले पश्चिमाञ्चल भलिबल सङ्घलाई २५–१६, […]

अमेरिकाको एक रेल्वे स्टेशनमा नेपाली महिलालाई धकेलेर हत्या प्रयास

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी एक नेपाली महिलालाई अमेरिकाको एक रेल्वे स्टेशनमा हत्या प्रयास भएको छ । अमेरिकाको इस्ट भिलेज सववे स्टेशनमा ट्रेन कुरेर बसरिहेकी ४९ वर्षीय नेपाली महिला कमला श्रेष्ठलाई एक युवकले रेलको लिकमा धकेलेर हत्या गर्ने प्रयास गरेका हुन् । अमेरिकी प्रहरीले युवकले हत्या गर्ने प्रयास स्वरुप नै धकेलेको पुष्टि गरेको छ […]