सेन्सरले रोक्यो राजागंज

न्यूजकारखाना, काठमाडौँ । नेपाल बाहिर प्रदर्शन भइसकेको फिल्म ‘राजागंज’ लाई सेन्सर बोर्डले रोकेको छ । आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको हो ।  सोमबार साँझ फिल्मको जाँचपछि बोर्डले केही दृश्य तथा शब्दहरुमा आपत्ति जनाउँदै त्यसलाई सच्चाएर ल्याउन निर्देशन दिएको […]

भ्रष्ट नेताका कारण जनताले राजसंस्था माग गरेका संयोजक राणाको भनाइ

बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले नेपालमा व्यवस्था बदल्ने बेला आएको बताएका छन्। नेपाली जनताले राजसंस्था माग गरेको राणाको भनाइ छ। ‘भ्रष्ट नेताहरूको बिदाइ गर्न र देशमा अमनचैन कायम गर्न राजसंस्था आवश्यक भएको छ, जनताको चाहना पनि यही देखिएको छ। धर्म, संस्कृति, परम्परा बचाउन सनातन हिन्दु अधिराज्य […]

आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा नेपाल : देउखुरी, धनगढी र उपत्यकामा बढी प्रदुषण

काठमाडौ । नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको छ। स्विट्जरल्यान्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार लामो समयदेखि पानी नपर्दा नेपालको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको हो । प्रदुषित शहरको शीर्ष स्थानमा भारत रहेको छ । आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब रहेको र त्यहाँको वायुको गुणस्तर १९२ […]

नेपालबहसका सम्पादक रिजाललाई पितृशोक

काठमाडौं । सदाबहार मिडियाद्वारा सञ्चालित नेपालबहस डटकमका अध्यक्ष एवं प्रधानसम्पादक एवं नेपाली कांग्रेस सूचना संचार तथा प्रचार विभागका सदस्य इन्द्रबहादुर रिजाललाई पितृशोक परेको छ ।  रिजालका पिता डिल्लीराज रिजालको फागुन २९ गते मंगलबार राती ९ बजे निधन भएको हो । स्याङजा जिल्लाको विरुवा गाँउपालिकास्थित आफ्नै निवासमा ८१ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको […]

कर्तव्य ज्यान कसुरमा ३७ वर्षदेखि फरार दुई पक्राउ

काठमाडौं । कर्तव्य ज्यानमुद्दामा ३७ वर्षदेखि फरार भएका दुई जना अभियुक्तलाई पर्वत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत महासिला गाउँपालिका-५ घर भएका ५७ वर्षीय गम्भीर गुरुङ र सोही ठाउँका ५५ वर्षीय तेजबहादुर गुरुङ रहेका छन्। फागुन २५ गते गम्भीरलाई रुपन्देही मायादेवी गाउँपालिका-८ बसडिलवा र तेजबहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरिएको पर्वतका प्रहरी प्रमुख […]

लागू औषध प्रयोग निरुत्साहित गर्ने समाचार संस्प्रेषण गर्न ललितपुरका पत्रकारलाई प्रशिक्षण

ललितपुर । ललितपुरमा लागू औषध दुर्ब्यशन न्युनीकरणमा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोदावरी नगरपालिका–३ सँगको सहकार्यमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाले सो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । मंगलबार ललितपुरको महालक्ष्मीमा आयोजित कार्यक्रममा लागू औषधसम्बन्धी समाचार सम्प्रेषण कसरी गर्नेलगायत पत्रकारको दायित्वसम्बन्धी सञ्चारकर्मीहरुलाई प्रशिक्षण समेत दिइएको पत्रकार महासंघ ललितपुर अध्यक्ष रामहरि कार्कीले […]

राजतन्त्रमा गणतन्त्र माग्दा टाउकाको मोल तोकिए, अहिले राजावादी संसदमै हुनु उदारता हो

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८१ फागुन २७ गते मंगलबार प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनको पूर्णपाठ : सभामुख महोदय, सबभन्दा पहिले त म संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि जीवन वलिदान गर्ने हजारौं वीर शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै, हजारौं बेपत्ता योद्धा र घाइतेहरु अनि लाखौं लाख जनसमुदायप्रति […]

चीनका एक सय फोटो पत्रकार नेपालमा

काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको एक सय सदस्यीय टोली नेपाल आएको छ । चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने “लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन” कार्यक्रमअन्तर्गत यो टोली नेपाल आएको हो । नेपाल भ्रमणमा आएका चिनियाँ […]

राष्ट्रिय परिचय पत्रको विवरण संकलन र कार्ड बितरण अवरुद्ध

काठमाडौ । राष्ट्रिय परिचय पत्र ब्यवस्थापन प्रणालीको सर्भर अवरुद्ध हुँदा सेवा स्थगित भएको छ । मंगलबारबाट सर्भर मर्मतको कार्य भैरहेकोले सेवा अवरुद्ध भएको हो । राष्ट्रिय परिचय पत्रको विवरण संकलन र कार्ड बितरण कार्य हाललाई रोकिएको राष्ट्रिय परिचय पत्र एवं पञ्जिकरण बिभागका अधिकृत खुमराज आचार्यले जनाएका छन् । बिभागले एक सूचना जारी गर्दै सर्भर मर्मत […]

वासु शशी साहित्य सम्मान मुखियालाई, पुरस्कार वैद्य र पहाडीलाई प्रदान गरिने

२०८१ फागुन २६, काठमाडौं ।   वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकार मनबहादुर मुखियालाई ‘वासु शशी साहित्य सम्मान–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ ।   यसैगरी साहित्यकारहरु विमल वैद्यलाई ‘वासु शशी साहित्य पुरस्कार–२०८१’, र सन्धा पहाडीलाई ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार–२०८१’ प्रदान गर्ने भएको छ । पुरस्कारको राशि पच्चीस हजार रहेको छ ।   सो निर्णय परिषद्का […]