मन्त्रीकोभन्दा सचिवको तलब दोब्बर बढी बनाउने तयारी

  काठमाडाैं, १२ भदाै । बरियताका हिसाबले सचिवभन्दा मन्त्री माथि हुन्छन् । छाेटाे छाेटाे अवधिका लागि मात्र रहने गरेकाे भए पनि अहिलेसम्म नेपालका मन्त्रीहरुले सचिवहरु खेलाउँदै अाएका छन् । तर, अब मन्त्रीभन्दा सचिवहरु प्रभावशाली हुने भएका छन् । सेवा सुविधाका हिसाबले पनि मन्त्रीभन्दा सचिवहरु बलिया हुने भएका छन् । संसद सचिवालयको एक समूहले संसदको महासचिव […]

रियल मड्रिडले मेस्सीलाई स्वागत गर्दै भिडियाे पाेस्ट गर्याे

काठमाडौं । स्थानीय समानुसार बिहान साढे ५ बजे रियल मड्रिडको आधिकारिक ट्विटर एकाउन्टमा बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले रियल मड्रिड विरुद्ध गोल गरेको भिडियो पोष्ट गर्दै लेखियो– ‘मेस्सीलाई स्वागत छ।’ आधिकारिक ट्विटर एकाउन्टबाट मेस्सीलाई स्वागत गरिएको पोष्ट देखेपछि मड्रिडका समर्थकहरु अकमक्क परे। कतिपय समर्थकहरुले त मेस्सी रियलमा आएको भन्दै खुसी पनि भए। लेखिएको ४५ मिनेटमै उक्त […]

अन्डर १५ फुटबलमा भारतसँग नेपाल पराजित

काठमाडौँ, ११ भदौ । भारतले नेपाललाई पराजित गर्दै साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको फाइनल खेलमा भारतले नेपाललाई दुई–एक गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । यसअघि समूह चरणमा पनि नेपाललाई भारतले समान दुई–एक गोल अन्तरले नै पराजित गरेको थियो । खेलमा पहिलो अग्रता नेपालले लिएको थियो […]

६ देशमा श्रम सहचारी नियुक्त

काठमाडौँ, ११ भदौ । श्रम तथा रोजगार मन्त्रालयले छ देशमा श्रम सहचारी नियुक्त गरेको छ । दक्षिण कोरियाको काउन्सेलरमा डिल्लीराम बास्तोला, मलेसियाको काउन्सेलरमा बद्रीकुमार कार्की, संयुक्त अरब इमिरेट्स (युयई)को श्रम सहचारीमा मोतिराम भुसाल, ओमनको सहचारीमा कृष्णाकुमारी गौली, कुवेतको सहचारीमा ज्ञानेन्द्र शर्मा र साउदी अरबको जेद्दामा राजु कुँवर सहचारीका रुपमा नियुक्त भएका छन् । काउन्सेलरमा नेपाल […]

३ हजार मेगावाट क्षमताको आयोजना अध्ययनमा

काठमाडौँ, ११ भदौ । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि सरकारले स्थापना गरेको विद्युत् उत्पादन कम्पनीले करिब तीन हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन शुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्तले कम्पनीले फुकोट कर्णाली ४२६ मेगावाट, जगदुल्ला ३०७ मेगावाट, किमाथांका अरुण ४५० मेगावाट, भेरी एक जलाशय ६१७ मेगावाट, बेतन कर्णाली ६८८ मेगावाट र नलगाड […]

हिमाल आरोहणका क्रममा दुर्घटना हुँदा पाँचको मृत्यु

भियना, ११ भदौ । अष्ट्रियामा हिमाल आरोहणमा गएको एक समूह हिमाल चढ्ने क्रममा आइतबार दुर्घटनामा परेका अष्ट्रियाली समाचार संस्था एपीएले जनाएको छ । घटनामा एक जना घाएते भएका छन् । साल्सवर्गको जेल एम सीमा हिमाल चढ्ने क्रममा लडेर उनीहरूको मृत्यु भएको थियो ।

पाकिस्तानको पञ्जाबले गर्यो ६९ जना आतंकवादीको सूची सार्वजनिक

पाकिस्तान, ११ भदौ । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबले आइतबार विभिन्न ६९ जनालाई आतंककारीको अति वाञ्छित (मोस्ट वान्टेड) सूचीमा राख्दै पाकिस्तानको उत्तरपश्चिमी खाइवर पाखथुख्वा (केपीके) प्रान्त सरकारलाई पक्राउ गर्न सहयोगका लागि जानकारी गराएको छ । प्रति व्यक्ति ५०० देखि एक लाख अमेरिकी डलरसम्मको टाउकाको मूल्य तोकी आतंककारीलाई पक्राउ गर्न आग्रह गरेको स्थानीय उर्दू सञ्चारमाध्यमहरूले जनाएका छन् […]

जुवाकाे खालबाट २० लाखसहित ८२ जना गिरफ्तार

पोखरा, ११ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई हप्ताको अवधिमा अवैध जुवा खेलिरहेको अवस्थामा विभिन्न एघार स्थानबाट १३ जना महिलासहित ८२ जनालाई पक्राउ गरेको छ । जिप्रकामा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पोखराको रत्नचोक, महेन्द्रपुल, फूलबारी, शिवचोक, चाउथेचोक, विरौटा, शीतलादेवी, घलेचोक, कालीगण्डकीचोक, भद्रकाली र बेगनासबाट जुवाडे पक्राउ गरिएको हो । जिप्रका कास्कीका प्रमुख […]

देशको आन्तरिक मामलामा देउवाले बाह्यपक्षलार्इ निम्त्याएको भन्दै एमालेले जनायो कडा आपत्ती

काठमाठौं, ११ भदाै । भारत भ्रमणका क्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएकाे अभिव्यक्तिले देशले शिर झुकाउनु परेकाे भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अापत्ती जनाएकाे छ । प्रम देउवाले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेकाे एमालेले जनाएकाे छ । एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको आन्तरिक मामलामा वाह्य पक्षलाई सङ्लग्न गराउने हानीकारक काम गरेकाे […]

एनअारएनद्वारा ४ हजार ५ सय बाढीपीडितलाई राहत वितरण

सप्तरी, ११ भदाै । गैरआवासीय नेपाली संघले २ साता अघि आएको बाढीबाट प्रभावित करिव ४ हजार ५ सय परिवारलाई राहत वितरण गरेकाे छ । गृहमन्त्रालयकाे समन्वयमा एनअारएनएले आपतकालीन राहत सामग्री वितरण गरेको हाे । बाढीबाट सबैभन्दा बढी प्रभावित भएकाे जिल्ला सप्तरीमा पुगेर एनअारएनएकाे टिमले राहत वितरण गरेकाे हाे । सप्तरीको बोदेबसाईन, तिरहुत, तिलाठी, कोहिलारी बसाईन […]