सगरमाथामाथि रुसले गर्याे दावी

काठमाडाैं, २७ भदाै । प्रशान्त महासागरदेखि आर्कटिकसम्मको क्षेत्रलाई लिएर रुसको कैयौं विवादास्पद र प्रतिस्पर्धात्कम इलाकामाथि दाबी रहँदै आएको छ । तर सोमबार मस्कोका कूटनीतिक शाखाले एन्टरनेटमा एउटा सबैलाई आश्चर्य चकित पार्ने गरी विश्वकै सबैभन्दा अग्लो शिखर माउन्ट एभरेस्ट अर्थात सगरमाथा रुसको भएको दाबी गरेको छ । बेलायतस्थित रुसी दूतावासले ट्विटरमा नियमित पोस्ट गरिएका शुभ प्रभात […]

राज्य काेषबाट साढे चार कराेड खर्चेर अमेरिका जाँदै देउवा

काठमाडाैं, २७ भदाै । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिन अमेरिका जाने भएका छन् । २४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी ३ असोजमा न्युयोर्क जाने देउवा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर १२ असोजमा फर्कनेछन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्रीको टोलीमा न्युयोर्कस्थित नेपाली दूतावासबाट थप २१ सदस्य […]

म्यानमारका मुसलमानमाथि जातीय द्वन्द्व थोपरिएकोे राष्ट्रसंघको भनाई

कायरो, २६ भदौ । हिंसा र चोटपटक खेप्दै आएका रोहिङ्गा मुसलमान समुदायका व्यक्तिहरूले म्यानमारमा जातीय द्वन्द्व खेप्दै आइरहेको राष्ट्रसंघीय अधिकारीले बताएका छन् । राष्ट्रसंघको मानवअधिकार प्रमुख जेइद राड अल हुसेनले सोमबार ‘पाठ्यपुस्तकमा भएको उदाहरण’ जस्तो हिंसा उनीहरूले भोगिरहेको सोमबार बताउनुभएको मेना समाचार संस्थाले जनाएको छ । मानवअधिकार परिषद्को ३६औँ बैठकको शुरुमा बोल्दै उहाँले हिंसा प्रभावित […]

सेप्टम्वर ११ को स्मरण गरिँदै । वल्र्ड ट्रेड टावरमा हजारौँको सहभागिता हुने अपेक्षा

न्यूयोर्क, २६ भदौ । अमेरिकाले विनासकारी आँधीको सामना गरिरहेकै वेला १६ वर्ष पहिले अमेरिकी भूमिमा भएको त्रासदीपूर्ण आक्रमणको स्मरण गरेको छ । आतंककारी हमलाको दुःखद घटनालाई अमेरिकीहरूले इतिहासमै भएको त्रासदीपूर्ण आक्रमणका रूपमा स्मरण गर्दै आएका छन् । अमेरिकाको पेन्टागन तथा सानक्सभिल पेनसिल्विनियामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको उक्त आक्रमणमा आतंककारी समूहले विमान अपहरण […]

सिङ्गापुरको राष्ट्रपतिमा हालिमाह मात्रै योग्य

सिङ्गापुर, २६ भदौ । सिङ्गापुरको राष्ट्रपतीय निर्वाचन आयोगले एक जना उम्मेदवार मात्रै योग्य भएको ठहर छ । निर्वाचन विभागले सोमबार दिएको जानकारी अनुसार पूर्व सभामुख हालिमाह याकोबको उम्मेदवारी मात्रै राष्ट्रपतिका लागि योग्य देखिएको छ । उहाँलाई निर्वाचन विभागमै योग्यताको प्रमाणपत्र दिइएको विभागका अधिकारीहरूले जानकारी दिएका छन् । उहाँको मात्रै उम्मेदवारी योग्य भएकाले अब उहाँलाई नै […]

फुटबलका किरण र व्याडमिन्टनकी नङसल वर्षका उत्कृष्ट खेलाडी

काठमाडाैं, २६ भदौ । राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरणकुमार लिम्बु वर्षको उत्कृष्ट पुरुष तथा व्याडमिन्टनकी नङसलदेवी तामाङ वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएका छन् । मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन गोलरक्षक लिम्बूको भूमिका महत्वपूर्ण थियो । त्यतिबेला उनले सेमिफाइनलमा दुईवटा पेनाल्टी जोगाएका थिए भने फिलिपिन्समा भएको एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्ससँगको खेलमा उनले […]

‘ठाडोभाका’ अभियन्ता भेडिखर्के साँइलाको निधन

लमजुङ, २६ भदौ । ठाडोभाकाका अभियन्ता दीर्घराज अधिकारी अर्थात ‘भेडीखर्के साँइला’को निधन भएको छ । चौरासी वर्षको उमेरमा आज साँझ उहाँको निधन भएको हो । सुन्दरबजार नपास्थित आफ्नै छोरीज्वाँइको निवासमा उहाँको निधन भएको नाति सुबोध लौडारीले बताउनुभयो । चिकित्सकका अनुसार उहाँलाई एक महिनादेखि दमका साथै ज्वरो, खान मन नहुनेलगायत समस्या रहेको र शरीरमा पानीको मात्रा […]

निगमले जग्गा खरिदमा अनियमितता गरेको समितिको ठहर

काठमाडौँ, २६ भदौ । व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा अनियमितता भएको प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकमा जग्गा अध्ययन गर्न गठित उपसमितिले स्थलगत अध्ययनपछि पेश गरेको प्रतिवेदनमा चलेको मूल्यभन्दा १० गुणा बढीसम्म तिरेर खरिद गरिएको उल्लेख छ […]

जुफाल विमानस्थलमा समिट एअरको उडान सुरु

डोल्पा, २६ भदौ । जुफाल विमानस्थलमा समिट एअरको जहाजले आजदेखि उडान भर्न थालेको छ । बिहान ९ बजे समिट एअरको जहाजले जुफाल विमानस्थलमा अवतरण गरेको नागरिक उडड्यनको कार्यालय जुफलले जनाएको छ । समिट एअरका क्याप्टेन रवीन्द्र रोकाया, क्याप्टेन एडी शेर्पा र एअर होस्टेज के थापासहित तीन सदस्यीय चालक दलको टोलीले पहिलो पटक १८ सिट क्षमताको […]

विद्युत प्राधिकरणका पूर्वमहाप्रबन्धक श्रेष्ठविरुद्ध मुद्दा

काठमाडौ, २६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका पूर्वमहाप्रबन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध दुई करोड ८८ लाख ८२ हजार ८९१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । ‘आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरेको र मनासिब कारणविना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको […]