काठमाडौँ, २६ भदौ । राजा गीर्वाणयुद्धविक्रम शाहको शासनकालमा प्रारम्भ भएको हस्तलिखित ग्रन्थ तथा दस्तावेजको संकलनको विकसित रुप पुरातत्व विभागअन्तर्गतको अभिलेख सङ्ग्रहले विश्वविद्यालयको रुप धारण गरेको छ । त्यस्ता अभिलेख, ग्रन्थ, ताडपत्र तथा भोजपत्रको अध्ययन गर्न नेपालसहित भारत, जापान, जर्मनी आदि मुलुकका अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी, प्राध्यापक तथा इतिहासमा चाख राख्नेहरु अभिलेख शाखामा आउने गरेका छन् । […]
Author: Nonstop Khabar
सबै प्रान्तमा कला क्याम्पस स्थापना हुनुपर्ने
काठमाडौँ, २६ भदौ । नेपाली कलाको विकासमा संस्थागत प्रयत्न हुनुपर्ने अग्रज कलाकार गोविन्दलाल सिंह डंगोलले बताउनुभएको छ । ललितपुर, पुल्चोकस्थित पार्क ग्यालरीमा नेपाल ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’ को १७औंँ शृङ्खलामा डंगोलले कलाको विकास र प्रवद्र्धनमा योजनागत रुपमा काम गर्नुपर्ने बताउँदै भन्नुभयो, “नेपाली कलाको विकासमा कला शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । यसमा राज्य […]
चिनी उद्योगबाट ६ मेगावाट विद्युत् खरिद गरिने
काठमाडौँ, २६ भदौ । मुलुकको ऊर्जा क्षेत्रलाई मिश्रित प्रणालीमा लैजाने लक्ष्यका साथ सरकारले दुईवटा चिनी उद्योगबाट विद्युत् खरिद प्रक्रिया शुरु गरेको छ । विद्युत् विकास विभागमा आज आयोजित एक समारोहमा विभागका महानिर्देशक नवीनराज सिंह, इन्दुशंकर सुगर मिल र एभरेष्ट सुगर मिलका प्रतिनिधिबीच विद्युत् खरिद गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो । विभागले उक्त सम्झौतालाई करारनामाका […]
किन पर्यो शुक्लाफाँटा ओझेलमा
भीमदत्तनगर, २६ भदौ । थोरै क्षेत्रफलमा धेरै पाटे बाघ, विश्वमै दुर्लभ बाह्रसिंगाको विशाल झुण्ड, त्यसैमा दुर्लभ एकसिंगे गैँडा र हात्तीको लस्कर । त्यतिमात्र नभई ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी, सीमसार क्षेत्र र ऐतिहासिकस्थल छन् कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र । वन्यजन्तुप्रेमी पर्यटक पक्कै पनि एकैथलोमा अवलोकन गर्न यस्तै गन्तव्यको खोजी गर्छन् होला । तर, पर्याप्त सम्भावना […]
थापाद्वारा लिखित सांगीतिक पुस्तक लोकार्पण
काठमाडौँ, २६ भदौ । अवकाश प्राप्त प्र्रहरी उपरीक्षक हस्तबहादुर थापाद्वारा लिखित सांगीतिक पुस्तक आज यहाँ सार्वजनिक गरिएको छ । उक्त कृति लोकार्पण गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको सांगीतिक विकासमा यस पुस्तकबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘लेखकले बेलायती सेनामा रहदा सिकेको सांगीतिक ज्ञानलाई नेपाल भित्र्याएर नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ब्याण्ड […]
१६ जिल्लामा बाल स्वास्थ्य टोली
काठमाडौँ, २६ भदौ । सरकारले तराईका बाढी प्रभावित १६ जिल्लामा सघन खोप कार्यक्रम प्रभावकारी बनाउन टोली खटाएको छ । झापा, मोरङ ,सुनसरी, सप्तरी, सिराहा, सर्लाही, रौतहट, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली जिल्लामा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र बाल स्वास्थ्य महाशाखाको नेतृत्वमा खटिएको टोलीले खोपको शतप्रतिशत पहुँच बढाउने कार्य थालेको […]
गाउँकै एक्ला एसएलसी उत्तीर्णको पछुतो – ‘छोरीलाई तीन कक्षामाथि पढाउन सकिनँ’
तेह्रथुम, २६ भदौ । तेह्रथुम सदरमुकाम म्याङलुङदेखि करिब १४ कोष पूर्वमा अवस्थित आठराई गाउँपालिका–५, छातेढुंगा वडा कार्यालयबाट करिब दुई घण्टा पैदल हिँडेपछि पुगिन्छ, माझीगाउँ । यो गाउँ तमोर नदीको नक्कले घाटसँगै जोडिएको छ । तमोरमा माछा मार्ने र नाउँ तार्ने माझीकै बाहुल्यता रहेकाले गाउँको नाम नै ‘माझीगाउँ’ राखिएको यो गाउँमा २१ घर माझीसहित १० घर […]
बारेकोटमा औषधि अभाव
जाजरकोट, २६ भदौ । यहाँको बारेकोट गाउँपालिकाको लिम्सा स्वास्थ्य चौकीमा औषधिको अभाव देखिएको छ । लिम्सा स्वास्थ्य चौकीले माग गरेअनुसारको औषधि जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध नगराउँदा औषधि अभाव भएको हो । दैनिक बिरामीको संख्या बढे पनि औषधि नहुँदा औषधि पसलमा गएर खरिद गरेर लिन बाध्य भएको रोकाय गाउँका प्रेम बुढाले बताए । दैनिक ४० भन्दा […]
‘राष्ट्रिय चलचित्र अवार्ड’ दशै अगाडि वितरण गरिने
काठमाडौँ, २६ भदौ । प्राविधिक कारणले यसवर्ष वितरण गर्न नसकिएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ दशँै अगाडि वितरण गरिने भएको छ । नेपाल चलचित्र विकास बोर्डले प्रत्येक वर्ष असार १६ गते संस्थाको वार्षिकोत्सवका अवसरमा वितरण गर्दै आएको सो अवार्ड यसपटक बोर्डका पदाधिकारी रिक्त भएका कारण समयमै निर्णय हुन सकेको थिएन । प्रत्येक वर्ष वैशाख १ गतेदेखि चैत […]
नेपालद्वारा थाइल्याण्ड २५५ रनले पराजित
काठमाडौँ, २६ भदौ । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले थाइलैण्डलाई २५५ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइलैण्ड १० ओभरमा मात्र २६ रनमा समेटियो । टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनायो । नेपालका […]




