म्यानमारका मुसलमानमाथि जातीय द्वन्द्व थोपरिएकोे राष्ट्रसंघको भनाई

कायरो, २६ भदौ । हिंसा र चोटपटक खेप्दै आएका रोहिङ्गा मुसलमान समुदायका व्यक्तिहरूले म्यानमारमा जातीय द्वन्द्व खेप्दै आइरहेको राष्ट्रसंघीय अधिकारीले बताएका छन् ।

राष्ट्रसंघको मानवअधिकार प्रमुख जेइद राड अल हुसेनले सोमबार ‘पाठ्यपुस्तकमा भएको उदाहरण’ जस्तो हिंसा उनीहरूले भोगिरहेको सोमबार बताउनुभएको मेना समाचार संस्थाले जनाएको छ ।

मानवअधिकार परिषद्को ३६औँ बैठकको शुरुमा बोल्दै उहाँले हिंसा प्रभावित क्षेत्रमा म्यानमारका अधिकारीहरूले अवरोध गरेकाले राष्ट्रसंघको तर्फबाट अनुसन्धान गर्न नसकिएको बताउनुभयो ।

अल हुसेनले म्यानमारको राखिन राज्यमा सुरक्षाकर्मीहरूले गरिरहेको क्रुर सुरक्षा कारबाहीको घोर निन्दा गर्नुभयो ।

राष्ट्रसंघीय प्रवक्ताले हिंसामा परी गत तीन हप्तादेखि अहिलेसम्म तीन लाख १३ हजार जनता छिमेकी मुलुक बङ्गलादेशमा विस्थापित भएको जानकारी दिनुभयो ।

बङ्गलादेशमा विस्थापित भएका तीन लाख रोहिङ्गा मुसलमानहरूलाई खाना, बस्ने सामग्री, पानी, स्वास्थ्य सामग्री र अन्य सहयोग उपलब्ध गराइरहने राष्ट्रसंघले यसअघि नै घोषणा गरेको छ ।

यो वर्षको अन्त्यसम्म यस्तो सहयोग जारी रहने पनि राष्ट्रसंघले स्पष्ट पारेको छ ।

Loading...