राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु

नुवाकोट, १७ कार्तिक । नुवाकोटमा आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । देशभरबाट आएका तेक्वान्दो खेलाडीहरु प्रतियोगितामा सहभागी बन्न नुवाकोट पुगेका छन् । नेपाल इन्टरनेशलन तेक्वान्दो महासंघको आयोजनामा १७ औँ सिनियर तथा दशैँ जुनियर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । प्रतियोगितामा पाँच विकास क्षेत्र र नेपाली सेनाको त्रिभुवन क्लब, सशस्त्र प्रहरी टोली […]

सौराहामा दुई हजारभन्दा बढी निजी विद्यालयका सञ्चालक

चितवन, १७ कार्तिक । निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)को छैटौँ राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा सुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले महाधिवेशनको उद्घाटन गरेका छन् । ‘शिक्षामा उत्कृष्टता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशन तीन दिनसम्म चल्ने बताइएको छ । महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै नयाँ कार्ययोजना पनि तय […]

प्रदूषण कम गराउने उपाय नअपनाएपछि तिआनजिनका ९ हजार कम्पनी बन्द

एजेन्सी । चीनको उत्तरी क्षेत्रमा पर्ने तिआनजिन नगरपालिकाले यस वर्ष अत्यधिक प्रदूषण गराउने नौ हजार ८१ कम्पनी बन्द गरिदिएको छ । कूल १९ हजार कम्पनीमध्ये वातावरण संरक्षण नीति उलङ्घन गरेको आरोपमा उनीहरुलाई बन्द गरिएको नगरपालिकाको वातावरण संरक्षण विभागले जनाएको छ । सन् २०१७ मा गरिएको परीक्षणका क्रममा उनीहरुले गरेको जमिनको प्रयोग र निर्माण कार्य पनि […]

राती ड्यूटी गरिरहेकै ठाउँमा प्रहरी हवल्दारको मृत्यु

भक्तपुर, १७ कार्तिक । भक्तपुरको मध्यपुर थिमि प्रहरी वृत्तमा कार्यरत एक प्रहरी हवल्दारको गएराति ११ बजे अकस्मात् मृत्यु भएको छ । कार्यालयमै ड्युटीका क्रममा एक्कासि ढलेका ४३ वर्षीय लालबाबु राउतको मृत्यु भएको वृत्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए । ढलेलगत्तै गठ्ठाघरस्थित नागरिक अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । […]

मेसी विरुद्ध लेख्ने पत्रकारलार्इ अदालतले तिरायाे कराेड डलर

एजेन्सी । अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले एक अखबार विरुद्ध दायर गरेको मानहानीको मुद्दा जितेका छन्। अर्जेन्टिनाको अखबार ला राजोन विरुद्वको मेस्सीले २०१४ मा दायर गरेको मानहानीको मुद्दा जितेका हुन्। सन् २०१४ को विश्वकप उक्त पत्रिकाले मेस्सीमाथि प्रतिबन्धात्मक शक्तिबर्धक औषधि प्रयोग गरेको आरोप लगाएपछि मेस्सीले त्यसविरुद्व मानहानीको मुद्या दायर गरेका थिए। पत्रकार अल्फानो युसेनले ब्राजिलमा भएको […]

आठ मन्त्रीहरुलार्इ जवरजस्त हिरासत लगिएपछि

एजेन्सी । स्पेनबाट अलग हुन संघर्ष गरिएकाे क्याटालाेनिया राज्यका मन्त्रीहरुलार्इ स्पेन सरकार जवरजस्त हिरासतमा लिएपछि फेरि साे क्षेत्रमा तनाव छाएकाे छ । क्याटालाेनिया राज्यका ८ जना मन्त्रीलार्इ हिरासतमा लिइएकाे छ । त्यसकाे विराेधमा क्याटालाेनियका बिभिन्न क्षेत्रबाट प्रदर्शन सुरु भएकाे छ । क्याटालाेनियालार्इ स्पेनबाट स्वतन्त्र बनाउन सक्रियपूर्वक लागेकाे अाराेपमा सरकारले ८ जना क्षेत्रीय मन्त्रीहरुलाई हिरासतमा लिएकाे […]

सरकारी सूचना लुकाउन खाेज्ने ६ सय ९९ कर्मचारीका विरुद्ध मुद्दा

काठमाडौँ, १७ कार्तिक । सूचना उपलब्ध नगराउने ६९९ स्थानीय तहका सूचना अधिकारीविरुद्ध उजुरी गरिएको छ । राष्ट्रिय सूचना अधिकार दिवसको सन्दर्भ पारेर अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा सूचना उपलब्ध नगराउने ६९९ स्थानीय तहका सूचना अधिकारीविरुद्ध हुलाकमार्फत सम्बन्धीत निकायका कार्यालय प्रमुखसमक्ष उजुरी गरिएको हो । मुलुकभरका […]

उम्मेदवारी दर्ता नभएपछि यसरी धरधरी डाको छोडेर रोइन यी महिला नेतृ (धरधरी रोएको भिडियोसहित)

काठमाडौँ, १७ कार्तिक। निर्वाचनमा विचित्रका दृष्यहरु देखा परिरहेका छन् । कतै गुण्डाहरु अाफ्नाे दलबलसहित मनाेनयन दर्ता गरिरहेका छन् भने कतै मनाेनयन दर्ता गर्न लाइनमा बस्दा बस्दा अन्तिममा समर्थक र प्रस्तावक नमिलेकाे भन्दै कर्मचारीले मनाेनयन पत्र बुझ‍्न नमानेपछि डाकाे छाेडेर धरधरी राेइरहेका दृष्य बाहिर अाएका छन् । यसैक्रममा काठमाडौंको राष्ट्रिय सभागृहमा पनि उम्मेदवारी दर्ताका क्रममा दुई […]

यसरी बैधानिक हुँदैछ मनाङे, लामा सहितका गुण्डाहरुको राजनीतिक अपग्रेड

काठमाडाैं, १७ कार्तिक । दीपक मनाङे र गणेश लामा याे मंसिरमा हुने निर्वाचनका निकै चर्चाका उम्मेदवार बनेका छन् । उनीहरु उम्मेवार बनेकाे सुन्ने वा थाहा पाउने सबै चकित परेका छन । विभिन्न अपराधिक कार्यबाट बदनाम भएका यस्ता पात्रहरुकाे अबकाे संघीय नेपालमा दवदवा हुने चर्चाले राजनीतिक बजार तातेकाे छ । मनाङे र लामा बिरुद्ध काठमाडौं प्रहरीको […]

मूल्याङ्कन प्रणाली सुधार्न अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा

काभ्रे । काउन्सिल अफ बोर्डस् अफ स्कूल एक्जामिनेशन (कोब्से)को ४६ औं सम्मेलन नेपालमा आयोजना गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आयोजनामा (कोब्से) सम्मेलन नेपालमा आयोजना गरिएको हो ।  बिहिवार  पूर्व राष्ट्रपति रामवरण यादवले सम्मेलनको उद्घाटन गरेका छन् । काभ्रेको धुलिखेल अबस्थित एक होटलमा यादवले सम्मेलनको उद्घाटन गरेका हुन् । परीक्षाको मूल्यांकन प्रणालीलााई गुणस्तरीय र समयसापेक्ष […]