रेडबुल बन्यो महिला डबल लिग भलिबल प्रतियोगिताको मुख्य प्रायोजक

काठमाडौं, १८ पुस । ढोरपाटन महिला डबल लिग भलिबलको १३ औ संस्करणलाई रेडबुलले मुख्य प्रायोजन गरेको छ । आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनबीर छन्त्याल र मुख्य प्रायोजक गोर्खाबु्रअरीका मार्केटिङ मेनेजर इन्द्र रेग्मीले आज तीन वर्ष लामो सम्झौतामा हस्ताक्षर गरे। प्रतियोगिताको नाम अब रेडबुल ढोरपाटन ग्: महिला डबल लिग भलिबल रहने छ । मुख्य प्रायोजन […]

माघ २५ गते राष्ट्रिय सभाको निर्वाचन, फागुनमा पनि नयाँ सरकार नबन्ने सम्भावना

काठमाडौं, १८ पुस । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन माघ २५ गते गराउन सरकारलाई प्रस्ताव गरेको छ । राष्ट्रियसभा निर्वाचन माघ २५ गते गराउन आयोगको प्रस्तावमिति घोषणाका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार आयोगसँग गरेको परमार्शमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको उक्त मिति प्रस्ताव गरेका हुन् । आयोग सचिवालयले सरकारबाट मिति घोषणा भएको दिनबाट निर्वाचनको दिनसम्म […]

एमालेसँग एकता छिटो गर्ने भन्दै माओवादी केन्द्रले बनायो कार्यदल, अन्तर्घातकाे छानविन गर्न पनि समिति

काठमाडाैं, १८ पुस । नेकपा एमालेसँगको पार्टी एकता प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने निर्णय माओवादी केन्द्रले गरेको छ । वाम गठबन्धनको एजेन्डा र पार्टी एकतालाई आम जनताले अनुमोदन गरिसकेको भन्दै एकता प्रक्रियालाई गति दिने निर्णय भएको सो पार्टीले जनाएको छ । ललितपुरको खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल निवासमा आज दिउँसो बसेको केन्द्रीय कार्यालय बैठकपछि प्रवक्ता पम्फा […]

पहिलोपटक नेपालले नेत्रहीन विश्वकप क्रिकेट खेल्ने

काठमाडौं, १८ पुस । नेपालले पाँचौँ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा पहिलोपटक सहभागिता जनाउँदै छ । टी–२० विश्वकपको अनुभव बटुलिसकेको नेपालले एकदिवसीय क्रिकेटमा भने पहिलोपटक पाइला टेक्न लागेको हो । टी–२० विश्वकपमा अहिलेसम्म नकआउटचरणमा पुग्न नसकेको नेपालले एकदिवसीय विश्वकपलाई स्मरणीय बनाउने लक्ष्य राखेको छ । ७ देखि २१ जनवरीसम्म सञ्चालन हुने एकदिवसीय विश्वकप पाकिस्तान र दुबईले […]

पुष्पा श्रेष्ठले जितिन नेपालका लागि स्वर्ण पदक

काठमाडौं, १८ पुस । नेपालकी पुष्पा श्रेष्ठले अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा स्वर्णपदक जितेकी छिन् । सोमबारबाट इटहरी रंगशालास्थित कभर्डहलमा सुरु भएको च्याम्पियनसिपमा पुष्पाले महिला ३७ केजी तौल–समूहमा नेपालकै अनुजा परियारलाई पराजित गर्दै स्वर्णपदक जितेकी हुन् । पहिलो दिनको खेलमा महिला ३५ केजी तौल–समूहमा नेपालकी सावित्रा तामाङ र ४६ केजीमा नेपालकी सिमोन सुनुवारले स्वर्ण जितेका […]

नवराज सिलवाललार्इ पक्रन पक्राउ पुर्जी जारी, सिलवालले उपत्यका छाडे, नवराजलार्इ जेल नहाली देउवाले सरकार नछाेड्ने

काठमाडौं, १८ पुस । नवनिर्वाचित सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको छ । तर, पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि सिलवालले मंगलबार बिहानै उपत्यका छाडिसकेका छन् । आइजिपी बढुवासम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको पुष्टि भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सर्वोच्च अदालतले केही […]

अत्याधुनिक चिनियाँ मेसिनबाट भेरी बबई डाइभर्सनको सुरुङ खन्न सुरु

काठमाडौँ, १८ पुस । बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ शुरु गरिएको भेरी–बबई डाइभर्सन आयोजना निर्माणले गति लिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सो आयोजनामा पहिलो पटक ‘टनेल बोरिङ मेशिन’ टिबिएम प्रयोग गरिएको छ । अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबिएम मेशिनको सफलतापूर्वक परीक्षण सम्पन्न भएको […]

पिपुल्स हेल्पफुल सहकारीमा दुई करोड हिनामिना

महोत्तरी, १८ पुस । महोत्तरी सदरमुकाम जलेश्वरमा सञ्चालित पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको दुई करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ । जम्मा गरेको सो रकम हिनामिना गरेको भन्दै उक्त सहकारीका २६ जना प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले जानकारी दिए । जलेश्वर–६ का अजयकुमार साह, […]

बाल मनोविज्ञानलाई ध्यानमा राखेर समाचार र साहित्य लेख्न सुझाव

काठमाडौँ, १८ पुस । बालबालिकासम्बन्धी समाचार र साहित्य सिर्जना गर्दा बाल मनोविज्ञानलाई ख्याल राख्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । प्रेस काउन्सिल नेपाल, केन्द्रीय बाल कल्याण समितिलगायतले निकै प्रयास गरेर तयार पारेको बालमैत्री सञ्चार निर्देशिका पालना गर्न बालबालिकाको क्षेत्रमा कार्यरत पत्रकार र सञ्चारमाध्यमसँग आग्रह पनि गरिएको छ । केन्द्रीय बाल कल्याण समिति, बाल सञ्चार केन्द्र, नेपाल […]

प्रहरीसँगको झडपमा एमालेको विद्यार्थी संगठनका उपाध्यक्ष र महासचिव घाइते

काठमाडौँ, १८ पुस । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।     अनेरास्ववियुले आज दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेपछि झडप भएको हो ।      […]