पर्यटक बोक्ने सवारी चालक अनुशासित नभए पर्यटन फस्टाउन नसक्ने निष्कर्ष

Tourism-Nepal

काठमाडौँ, १८ पुस । पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारी चालकमा अनुशासन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । नेपाल पर्यटन बोर्ड पर्यटक प्रहरी एकाइले आज यहाँ आयोजना गरेको ‘पर्यटक सवारी चालकसँगको अभिमुखीकरण’ कार्यक्रममा सहभागी वक्ताले पर्यटकसँग पहिलो सम्पर्कमा रहने व्यक्ति चालक भएकाले चालक अनुशासित हुनुपर्ने बताएका हुन् । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख […]

नेपाल–भारत संयुक्त टोलीद्वारा सीमाको सर्वेक्षण शुरु

कञ्चनपुर, १८ पुस । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले आजदेखि कञ्चनपुरमा सीमा सर्वेक्षण गर्न थालेको छ । पुनर्वास नगरपालिका–११ स्थित डोकेबजारमा रहेको सीमास्तम्भ नम्बर ७५३ देखि संयुक्त टोलीले सीमा रेखाङ्कन तथा अवलोकन कार्य थालेको हो । संयुक्त टोलीले भीमदत्त नगरपालिकाको बम्हदेवस्थित सीमास्तम्भ नम्बर ८११ सम्म रेखांकनको कार्य गर्ने टोली सदस्य पूर्णबहादुर खड्काले बताए । गत […]

प्राज्ञ र कवि राष्ट्रपतिबाट पुरस्कृत

काठमाडौँ, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सवमा विजयी कविलाई आज आयोजित समारोहमा पुरस्कृत गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा यस वर्षको कविता महोत्सवमा प्रथम चन्द्र रानहँछा र द्वितीय सुवास राई ‘क्याप्टेन’ तथा तृतीय दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला र अमृता ‘स्मृति’ लाई पुरस्कार प्रदान […]

अवधी पाठ्यक्रम सामग्रीका लागि क्षेत्रको नक्साङ्कन

बाँके, १८ पुस । अवधी भाषा पाठ्यक्रम सामग्री निर्माणका विषयमा नेपालगञ्जमा अवधी क्षेत्रको नक्शांकन गरिएको छ । विश्व शिक्षाको सहकार्यमा बाँके युनेस्को क्लबले नेपालगञ्जमा आज आयोजना गरेको कार्यशालामा अवधीविज्ञ, शिक्षक, साहित्यकार तथा अगुवाको सहभागितामा सो नक्शांकन गरिएको हो । नेपालमा अवधी भाषिक भौगोलिक क्षेत्र तथा बोल्ने भाषा र स्थानका विषयमा छलफल गरेर ११ चरण पूरा […]

केपी ओलीको चुनाव खर्च कृष्ण सिटौलाको भन्दा १ लाख बढी, हेर्नुहाेस कसले कति खर्च गरे

झापा, १८ पुस । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए । तिनमा ११ जना प्रतिनिधिसभा […]

शाली नदीमा एकमहिने कठोर माधवनारायण ब्रत सुरु

शालीनदी, साँखु, १८ पुस । मनोकांक्षा पूरा गर्ने कामनाले काठमाडौँ उपत्यकाको पूर्वी भेगमा एकमहिने कठोर माधवनारायण व्रत शुरु भएको छ । स्वस्थानी व्रत सोमबार नै शुरु भए पनि साँखु शालीनदी मेला भने आजदेखि शुरु भएको श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । मेलामा १८८ महिला, १० पुरुष र सात पुजारी सहभागी भएको […]

नागरिक उड्डयन प्राधिकरणलाई टुक्रा पारे दुई बनाइने

काठमाडौँ, १८ पुस । मुुलुकको हवाई सेवा क्षेत्र व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई अब दुई स्वायत्त निकाय बनाइने भएको छ । वायुयान सञ्चालन नियमनकारी निकायका रूपमा रहेको हालको क्यानलाई नियमन गर्ने र पूर्वाधार विकास गर्ने छुट्टै निकाय बनाउने तयारी भएको छ । क्यानको यही पुस १६ गते सम्पन्न १९औँ वार्षिकोत्सवका अवसरमा […]

भूकम्पपीडितका लागि अाएकाे दुई करोडको राहत नष्ट

नुवाकोट, १८ पुस । जिल्लाका भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्नसहितका राहत सामग्री प्रयोगविहीन भएकाले नष्ट गरिएको छ । विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको राहत सामग्रीको म्याद गुज्रिनुका साथै कुहिएर प्रयोगविहीन भएकाले एकसाता लगाएर नष्ट गरिएको हो । विसं २०७२ वैशाख १२ मा विनाशकारी भूकम्प गएलगत्तै वैशाख र जेठ महिनामा विभिन्न संस्था र दातृराष्ट्र प्राप्त राहत […]

जाजरकोटदेखि रुकुम राडीसम्म सिधा यातायात सेवा सुरु

जाजरकोट, पुस १८ । जाजरकोट सदरमुकामदेखि रुकुमको आठबिसकोट नगरपालिकाको राडी बजारसम्म सीधा यातायात सेवा शुरु भएको छ । सोमबार जाजरकोट क्षेत्र नं ‘क’का नवनिर्वाचित प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको नेतृत्वमा सिस्ने हिमाल यातायात समिति रुकुम र भेरी गंगा बस व्यावसायिक समिति जाजरकोटबीच भएको छलफलबाट आज बिहानदेखि धीधा यातायात सञ्चालन गर्ने सहमति भएको थियो । भेरी गंगा […]

जाडोले कठ्याङ्ग्रिएर महिलाको मृत्यु

गौशाला, १८ पुस । महोत्तरी गाउँपालिकामा कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी पासवान रहेको निजका दाजु श्यामले बताए । अविरल चिसो हावा र शीतलहर चलिरहेका बेला सोमबार साँझसम्म आफ्नै माटाको घरको लिपपोत गरेर घर नजिकैको पोखरीमा नुहाउन गएकी उनी नुहाएर घर फर्किंदा कठ्याङ्ग्रिएकी थिइन् । […]