बाल मनोविज्ञानलाई ध्यानमा राखेर समाचार र साहित्य लेख्न सुझाव

काठमाडौँ, १८ पुस । बालबालिकासम्बन्धी समाचार र साहित्य सिर्जना गर्दा बाल मनोविज्ञानलाई ख्याल राख्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।

प्रेस काउन्सिल नेपाल, केन्द्रीय बाल कल्याण समितिलगायतले निकै प्रयास गरेर तयार पारेको बालमैत्री सञ्चार निर्देशिका पालना गर्न बालबालिकाको क्षेत्रमा कार्यरत पत्रकार र सञ्चारमाध्यमसँग आग्रह पनि गरिएको छ ।

केन्द्रीय बाल कल्याण समिति, बाल सञ्चार केन्द्र, नेपाल बाल साहित्य समाजले संयुक्त रूपमा आज आयोजना गरेको ‘बाल साहित्य र बाल सञ्चार’ विषयको अन्तक्र्रियामा बालकल्याण समितिका परियोजना संयोजक आत्माराम थापाले पत्रकार र साहित्यकारले बालबालिकासम्बन्धी समाचार र साहित्य सिर्जना गर्दा बालबालिकाको आत्मसम्मानमा ठेस पु¥याउने सामग्री नपस्कन आग्रह गरे ।

त्यस्तै, बालबालिकाको अश्लील सामग्री प्रस्तुत गर्न नहुने, उनीहरूलाई हानि पु¥याउने सामग्री प्रकाशन र प्रसारण गर्न नहुने, बालबालिकाको परिचय खुलाउन नहुनेलगायतका कुरामा ध्यान पु¥याउन आचारसंहितामा उल्लेख गरिएको छ ।

बालअधिकारकर्मी गौरी प्रधानले ‘संघीय संरचनामा बालअधिकार : साहित्य र सञ्चार’ विषयमा एक कार्यपत्र प्रस्तुत गर्दै विश्वका अन्य मुलुकको तुलनामा नेपालको संविधान बालमैत्री हिसाबले उत्कृष्ट रहेको उल्लेख गरे ।

प्रधानले आफ्नो कार्यपत्रमा बालबालिकाले कस्तो समाचार वा साहित्य सिर्जना मन पराउँछन् भनेर खोजी गर्न जरुरी भएको उल्लेख गरेका छन् । स्थानीय सरकार बालमैत्री बनाउन सरकारले १० प्रतिशत छुट्टै रकमको व्यवस्था गरेको छ भने बालमैत्री गाउँपालिका भनेर घोषणा गरेमा १५ प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था रहेको छ ।

बालमैत्री सञ्चारका लागि सिर्जनशील, मनोरञ्जनात्मक, शिक्षाप्रद, सशक्तीकरण र सहभागितामूलक विषयमा ध्यान दिन कार्यपत्रमा आग्रह गरिएको छ ।

बाल साहित्यकार तथा पत्रकार अनन्त वाग्ले ‘बाल साहित्य तथा सञ्चारमा बाल सहभागिता वृद्धि’ विषयमा एक कार्यपत्र प्रस्तुत गर्दै बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक र चारित्रिक विकासमा सहयोग पुग्ने गरी समाचार र साहित्य सिर्जना गर्नुपर्ने बताए ।

घर, विद्यालय, समाजमा बालबालिकाको सहभागिता वृद्धि गर्नाका साथै बालबालिकालाई हरेक काममा संलग्न गराउनुपर्ने उनको कार्यपत्रमा उल्लेख छ । साथै, सञ्चारमाध्यम र साहित्यमार्फत बालबालिकाको संघर्षका कथा,

बाल सञ्चार केन्द्रका सल्लाहकार शुभराज पोखरेलले बालबालिकाको क्षमता, रुचि फरक फरक हुने हुँदा पढाइलाई मात्र केन्द्रमा राखेर अभिभावकले सोच्न नहुने धारणा राखे ।

Loading...