घाइते प्रहरीलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको आरोप लागेका शर्मा मन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन हत्या अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न सोमबार सिफारिस गरेका हुन् । मधेस आन्दोलनका बेला जलेश्वरमा घाइते भएका हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदा गर्दा बाटामै […]

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि खोसियो कानुनमन्त्री तामाङको मन्त्रीपद

काठमाडौं, ८ साउन । कानुनमन्त्री शेरबहादुर तामाङकाे मन्त्रीपद खाेसिएकाे छ । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका कारण विवादमा अाएपछि तामाङकाे पद नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सोमबार बसेको बैठकमा तामाङलाई राजीनामा दिन निर्देशन दिने निर्णय गरेको थियाे । प्रधानमन्त्री केपी शर्मा अाेलीले नै तामाङलार्इ पदबाट राजिनामा दिन जानकारी गराएकाे बताइएकाे छ । प्रम अाेलीले […]

अन्नपूर्ण वाइडवडी जहाजबाट गरियो परिक्षण उडान

काठमाडौँ, ७ साउन । नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले आज परीक्षण उडान गरेको छ । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले आज अपराह्न उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको प्रुभिङ फ्लाइट (परीक्षण उडान) गरेको जानकारी दिए । गत असार २४ गते काठमाडौँ आइपुगेको ‘अन्नपूर्ण’ नाम दिइएको सो जहाजलाई विदेशी चालक फ्रान्सिको […]

आप्रवासी भन्दै आलोचना बढी गरिएपछि ओजिलले गरे जर्मन टिमबाट नखेल्ने घोषणा

काठमाडौं । अर्काे देशबाट जर्मन अाएर खेलेका कारण राम्राे प्रदर्शन नगरेकाे भन्दै निरन्तर अालाेचना हुन थालेपछि जर्मनीका मिडफिल्डर मेसुट ओजिलले अबदेखि जर्मनीकाे राष्ट्रिय टिमबाट फूटबल नखेल्ने घाेषणा गरेका छन् । अाेजिलले आइतबार बेलुकी अाफ्नाे टि्वटर पाेष्ट गर्दै साे घाेषणा गरेका हुन् । तीन पेज लामो मर्मस्पर्शी वक्तव्य दिँदै २९ वर्षीय अाेजिलले जर्मन फुटबल एसोसिएसन (डिएफबी)का […]

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी अझै रोकिएन

काठमाडौं, ७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै पनि सुन तस्करी हुने गरेको पाइएको छ । सरकारले केही समयअघि विमानस्थलबाट सुन तस्करीको जालो तोडिएको दाबी गरेको थियो । पछिल्लो समय तस्करीले झन् परिष्कृत रूप लिन थालेको देखिएको छ । आइतबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा लुकाई ल्याएको दुई केजी ६७० ग्राम सुन बरामद गरेपछि अझै सुन तस्करीको क्रम […]

शिक्षण अस्पतालका निर्देशकले दिए एकाएक राजीनामा

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्रा. डा. दीपक महराले राजीनामा दिएका छन् । उनले चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) का डीन डा. जगदीशप्रसाद अग्रवालसमक्ष राजीनामा बुझाएका हुन् । उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् । प्रा. डा. महराको चार वर्षे कार्यकाल करिब एक महिनाअघि नै सकिएको थियो । तर त्रि. वि कार्यकारी परिषद्ले […]

इन्टरनेटको मूल्य तोक्न सरकारले बनायो समिति

काठमाडौं । सरकारले इन्टरनेट सेवाको मूल्य तय गर्न सिफारिस समति बनाइएको छ । सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार करलाई देखाएर इन्टरनेटको शूल्क बढाएपछि सरकारले नै मूल्य समायोजनको प्रयास थालेको हो । सञ्चार मन्त्रालयको सहसचिव विरेन्द्र मिश्रको नेतृत्वमा समिति गठन गरिएको समितिमा अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र आईएसपी एसोसिएसनका पदाधिकारीहरु सदस्य छन् । समितिले एक हप्ताभित्रै […]

आखिर को थिए जिउँदो मान्छेलाई मरेको भन्दै माइकिङ गर्ने प्रहरी प्रमुख ?

काठमाडौं । विहीबार जुम्लामा डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका समर्थकलाई तितरबितर पार्न प्रहरीले नै जिउँदो मान्छेलाई मरेको भन्दै झूठको खेती गर्नसम्म भ्यायो । गोविन्द केसीलाई काठमाडौँ पठाउन उत्रिएका सुरक्षाकर्मी र डा केसीका समर्थक विद्यार्थीबीच झडपका क्रममा कम्तिमा पनि २ दर्जन घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते थिए एक जना प्रहरी जवान […]

काठमाडौंमा नक्कली सुन देखाएर ठग्नेहरु बढे, यस्तो छ धन्दा

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले चावहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको बिस्कुट र एक थान बेरुवा औँठी बेच्न हिँडेको अवस्थामा सिन्धुपाल्चोकका राज लामा, नुवाकोटका म्याङ्सिङ लामा र सोलुखुम्बुका टासीलाक्पा शेर्पालाई बिहीबार चुच्चेपाटीबाट पक्राउ गरेको हो । परिसरका प्रमुख विश्वराज […]